Khabar Dabali १९ जेष्ठ २०८३ मंगलवार | 2nd June, 2026 Tue
Investment bank

संसदमा आजबाट बजेटमाथि छलफल, सदन सञ्चालनमा अझै अन्योल

खबरडबली संवाददाता

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको छ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार सभामुख डिपी आर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराउनेछन्।

त्यसपछि अर्थमन्त्री स्वर्णीम वाग्ल्ले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। प्रस्तावमाथि सांसदहरूले बजेटका विभिन्न पक्षबारे धारणा राख्नेछन्।

तर, नेपाल–भारत सीमा सम्बन्धमा प्रधानमन्त्री बालेन साहले संसदमा दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा जारी राजनीतिक विवाद अझै समाधान हुन सकेको छैन।

विपक्षी दलहरूले उक्त अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन माग गर्दै आएका छन्। अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन सञ्चालन हुन नदिने अडान विपक्षी दलहरूको छ।

सत्तापक्ष र विपक्षी दलबीच अहिलेसम्म सहमति नजुटेकाले आजको बैठक पनि अवरोधमुक्त रूपमा सञ्चालन हुने वा नहुने भन्ने विषयमा अन्योल कायम रहेको छ। बजेटमाथिको छलफल सुरु गर्ने सरकारको तयारी भए पनि राजनीतिक सहमतिबिनाको अवस्था संसद्को कार्यसूची कार्यान्वयनमा चुनौती बन्न सक्ने देखिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिंहदरबारमा सत्ता केन्द्रित बैठक आज, मन्त्रिपरिषद्को निर्णयलाई सबैको नजर

काठमाडौं । मंगलबार मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अध्यक्षतामा मध्याह्न १२ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । ...

४० लाख धरौटी बुझाउन नसक्दा भोटेकोशी हेली रिसोर्ट सञ्चालक सुवास प्रधान कारागार चलान

पोखरा । बैंकिङ कसुर मुद्दामा पक्राउ परेका भोटेकोशी हेली रिसोर्ट एण्ड स्पा लिमिटेडका सञ्चालक सुवास प्रधान धरौटी रकम बुझाउन नसकेपछि कारागार चलान भएका छन...

काभ्रेमा विभिन्न मुद्दाका ६ फरार प्रतिवादी पक्राउ

काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्...

इमान्दार र प्रभावकारी न्याय सम्पादनमा केन्द्रित हुन प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन

काठमाडौं । प्रधानन्यायाधीश मनाेज कुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश तथा जिल्ला अदालतका प्रमुख न्यायाधीशलाई न्याय सम्पादनलाई थप प्रभावकारी, पार...

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि २८ जनाको दरखास्त स्वीकृत (सूचीसहित)

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त दिएका २८ जना उम्मेदवारहरूको दरखास्त स्वीकृत ...

हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्ने

काठमाडौँ । नेपालबाट अन्तरराष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित शेन्जेन सहरसँग राज...

संसदमा आजबाट बजेटमाथि छलफल, सदन सञ्चालनमा अझै अन्योल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि सामान्य छलफल प्रारम्भ गर्ने का...

भूमि अतिक्रमणविरुद्ध रोल्पामा माओवादीको मशाल जुलुस

रोल्पा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) जिल्ला कमिटी रोल्पाले भारतद्वारा नेपाली भूमि अतिक्रमण गरिएको भन्दै त्यसको विरोधमा सदरमुकाम लिबाङमा मशाल जुल...

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रु...

दरबार हत्याकाण्डको २५ वर्ष : अझै रहस्यमै राजा वीरेन्द्रको वंश विनाश

काठमाडौं । नेपालको इतिहासकै सबैभन्दा रहस्यमय र दुःखद घटनामध्ये एक मानिने दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा भएको छ। वि.सं. २०५८ साल जेठ १९ गते राति ना...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending