काठमाडौँ । नेपालबाट अन्तरराष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित शेन्जेन सहरसँग राजधानी काठमाडौँलाई प्रत्यक्ष हवाई सेवामार्फत जोड्ने भएको छ ।
कम्पनीले यही जेठ २१ गतेदेखि काठमाडौँ–शेन्जेन–काठमाडौँ सिधा उडान सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको हो । नयाँ उडान सेवाअन्तर्गत काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र चीनको शेन्जेन बाओआन अन्तरराष्ट्रिय विमानस्थलबीच साप्ताहिक दुई उडान सञ्चालन गरिनेछ । कम्पनीका अनुसार काठमाडौँबाट शेन्जेनका लागि उडान प्रत्येक मङ्गलबार र बिहीबार हुनेछ भने शेन्जेनबाट काठमाडौँ फर्कने उडान बुधबार र शुक्रबार सञ्चालन हुनेछ ।
हिमालय एयरलाइन्सले यो सेवा नेपाल–चीन हवाई सम्पर्क विस्तारको दिशामा महत्वपूर्ण कदम भएको जनाउँदै यात्रुको मागका आधारमा भविष्यमा उडान सङ्ख्या थप्ने योजना पनि बनाएको उल्लेख गरेको छ । कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ गन्तव्य थपिनु हिमालय एयरलाइन्सको अन्तरराष्ट्रिय सञ्जाल विस्तारको रणनीतिक उपलब्धि भएको बताउनुभयो । उहाँले काठमाडौँ–शेन्जेन उडानले दुई देशका नागरिकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै पर्यटन, व्यापार तथा लगानीका अवसर विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
‘हिमालय एयरलाइन्सले चीनका विभिन्न सहरसँग नेपाललाई जोड्ने प्रयास निरन्तर गर्दै आएको छ । शेन्जेन उडानले नेपाल र चीनबीचको आर्थिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउनेछ,’ उपाध्यक्ष श्रेष्ठले भने ।
चीनको ‘सिलिकन भ्याली’ का रूपमा परिचित शेन्जेन विश्वका प्रमुख प्रविधि, उत्पादन तथा नवप्रवर्तन केन्द्रमध्ये एक मानिन्छ । नयाँ हवाई सेवाले व्यापारिक यात्रु, पर्यटक, विद्यार्थी तथा लगानीकर्तालाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । हिमालय एयरलाइन्सले यात्रुलाई सुरक्षित, सहज र गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ । कम्पनीले नयाँ उडान सञ्चालनसँगै नेपाल र चीनबीच पर्यटन प्रवद्र्धन, व्यापार विस्तार तथा जनस्तरको सम्बन्ध सुदृढ हुने अपेक्षा गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १९ गते, २०८३ - ०९:००
काठमाडौं । मंगलबार मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अध्यक्षतामा मध्याह्न १२ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । ...
जेष्ठ १९ गते, २०८३ - ०८:५६
पोखरा । बैंकिङ कसुर मुद्दामा पक्राउ परेका भोटेकोशी हेली रिसोर्ट एण्ड स्पा लिमिटेडका सञ्चालक सुवास प्रधान धरौटी रकम बुझाउन नसकेपछि कारागार चलान भएका छन...
जेष्ठ १९ गते, २०८३ - ०८:४६
काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्...
जेष्ठ १९ गते, २०८३ - ०८:३७
काठमाडौं । प्रधानन्यायाधीश मनाेज कुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश तथा जिल्ला अदालतका प्रमुख न्यायाधीशलाई न्याय सम्पादनलाई थप प्रभावकारी, पार...
जेष्ठ १९ गते, २०८३ - ०८:३४
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त दिएका २८ जना उम्मेदवारहरूको दरखास्त स्वीकृत ...
जेष्ठ १९ गते, २०८३ - ०८:२९
काठमाडौँ । नेपालबाट अन्तरराष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित शेन्जेन सहरसँग राज...
जेष्ठ १९ गते, २०८३ - ०८:२६
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि सामान्य छलफल प्रारम्भ गर्ने का...
जेष्ठ १९ गते, २०८३ - ०८:०५
रोल्पा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) जिल्ला कमिटी रोल्पाले भारतद्वारा नेपाली भूमि अतिक्रमण गरिएको भन्दै त्यसको विरोधमा सदरमुकाम लिबाङमा मशाल जुल...
जेष्ठ १९ गते, २०८३ - ०७:५७
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रु...
जेष्ठ १९ गते, २०८३ - ०७:५४
काठमाडौं । नेपालको इतिहासकै सबैभन्दा रहस्यमय र दुःखद घटनामध्ये एक मानिने दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा भएको छ। वि.सं. २०५८ साल जेठ १९ गते राति ना...



प्रतिकृया लेख्नुहोस्: