Khabar Dabali १९ जेष्ठ २०८३ मंगलवार | 2nd June, 2026 Tue
Investment bank

वर्षा घट्यो, तराईमा विस्तारै तातो बढ्दै

खबरडबली संवाददाता

काठमाडौँ । विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन ठाउँठाउँमा वर्षा भएकाले तापक्रम घटेपछि अब विस्तारै फेरि तातो बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तीन दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम ३७ डिग्रीबाट माथि नचढेकामा अब फेरि तापक्रम विस्तारै उकालो लाग्ने भएको छ। 

आजबाटै वर्षा कम भएकाले तराईका केही क्षेत्रमा तातो लहर बढ्ने बताइएको छ । आज भैरहवामा अधिकतम तापक्रम ३७।५ डिग्री पुगेको छ । अहिले राति १०ः०० बजेको ताजा अवस्थामा पछिल्लो एक घण्टामा देशको कुनै पनि ठाउँमा वर्षा भएको छैन । 

पछिल्लो २४ घण्टामा पनि दैलेखलगायत केही जिल्लामा हल्का वर्षा भए पनि अन्य क्षेत्रमा खास वर्षा रोकिएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार जेठ १९ गते मधेस प्रदेशमा तथा कोशी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको छ ।

देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने छ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ । 

बुधबार देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

मधेस प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको विभागले आज साँझ बुलेटिन जारी गरी जानकारी दिएको छ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको बताइएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रेमा विभिन्न मुद्दाका ६ फरार प्रतिवादी पक्राउ

काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्...

इमान्दार र प्रभावकारी न्याय सम्पादनमा केन्द्रित हुन प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन

काठमाडौं । प्रधानन्यायाधीश मनाेज कुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश तथा जिल्ला अदालतका प्रमुख न्यायाधीशलाई न्याय सम्पादनलाई थप प्रभावकारी, पार...

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि २८ जनाको दरखास्त स्वीकृत (सूचीसहित)

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त दिएका २८ जना उम्मेदवारहरूको दरखास्त स्वीकृत ...

हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्ने

काठमाडौँ । नेपालबाट अन्तरराष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित शेन्जेन सहरसँग राज...

संसदमा आजबाट बजेटमाथि छलफल, सदन सञ्चालनमा अझै अन्योल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि सामान्य छलफल प्रारम्भ गर्ने का...

भूमि अतिक्रमणविरुद्ध रोल्पामा माओवादीको मशाल जुलुस

रोल्पा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) जिल्ला कमिटी रोल्पाले भारतद्वारा नेपाली भूमि अतिक्रमण गरिएको भन्दै त्यसको विरोधमा सदरमुकाम लिबाङमा मशाल जुल...

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रु...

दरबार हत्याकाण्डको २५ वर्ष : अझै रहस्यमै राजा वीरेन्द्रको वंश विनाश

काठमाडौं । नेपालको इतिहासकै सबैभन्दा रहस्यमय र दुःखद घटनामध्ये एक मानिने दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा भएको छ। वि.सं. २०५८ साल जेठ १९ गते राति ना...

सुनको भन्सार दोब्बर हुँदा सीमावर्ती बजार संकटमा, व्यवसायी चिन्तित

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनमा लाग्ने भन्सार शुल्क १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याएपछि सुनचाँदी व्यवसायीहरूले सीमावर्त...

पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति भएको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। जिप सडकबाट करिब पाँच सय मिटर तल खसे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending