काठमाडौं । नेपाल प्रहरी ले गत वैशाख महिनाभर देशव्यापी रूपमा सञ्चालन गरेको अभियानमा हातहतियारसम्बन्धी मुद्दामा संलग्न ४० जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरू विभिन्न प्रदेशबाट रहेका छन् । सबैभन्दा धेरै गण्डकी प्रदेश बाट १४ जना पक्राउ परेका छन् भने लुम्बिनी प्रदेश बाट ९ जना र कर्णाली प्रदेश बाट ८ जना समातिएका छन् ।
त्यस्तै काठमाडौं उपत्यका बाट ३ जना, कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश बाट एक–एक जना तथा सुदूरपश्चिम प्रदेश बाट ३ जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्ले का अनुसार पक्राउ परेकाबाट विभिन्न प्रकारका २९ थान हतियार बरामद गरिएको छ ।
बरामद हतियारमा एक थान चाइनिज पेस्तोल, एक थान पेस्तोल, एक थान रिभल्वर, दुई थान कटुवा पेस्तोल, २१ थान भरुवा बन्दुक, एक थान बन्दुक र दुई थान एयरगन रहेका छन् ।
त्यस्तै प्रहरीले ठूलो परिमाणमा गोलीसमेत बरामद गरेको जनाएको छ । चाइनिज पेस्तोलको एक राउण्ड गोली, एसएलआरका २६३ राउण्ड र विभिन्न बन्दुकमा प्रयोग हुने ७० राउण्ड गोली फेला परेको प्रहरीले जनाएको छ ।
प्रवक्ता काफ्लेले अपराध नियन्त्रण र समाजलाई सुरक्षित बनाउन अवैध हातहतियार कारोबारी तथा प्रयोगकर्ताविरुद्ध अभियान जारी रहने बताएका छन् । प्रहरीले अवैध हतियार लुकाइराखेको वा प्रयोग भइरहेको जानकारी भए तुरुन्त सूचना दिन सर्वसाधारणलाई आग्रह गरेको छ ।
नेपालमा पछिल्लो समय विभिन्न आपराधिक गतिविधिसँग अवैध हतियारको प्रयोग जोडिन थालेपछि प्रहरीले निगरानी र अपरेशन दुवै बढाएको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ८ गते, २०८३ - १९:५५
काठमाडौं । नेकपा एमाले को सचिवालय बैठकमा नेतृत्वबारे गम्भीर मतभेद देखिएपछि आजको बैठक तनावपूर्ण बनेर स्थगित भएको छ । बैठकमा सहभागी उपाध्यक्षहरूले पार्ट...
जेष्ठ ८ गते, २०८३ - १९:५३
काठमाडौं । रातो मच्छिन्द्रनाथ जात्रा मा प्रयोग हुने रथको एक ऐतिहासिक ‘पाता’ हराएको घटना सार्वजनिक भएपछि प्रहरी अनुसन्धानमा जुटेको छ । जिल्ला प्रहरी...
जेष्ठ ८ गते, २०८३ - १९:५१
काठमाडौं । दुर्गा प्रसाईंलाई आइतबारपछि हिरासतमा नराख्न सर्वोच्च अदालत ले सरकारका नाममा आदेश जारी गरेको छ । सर्वोच्चले पछिल्लोपटक थपिएको म्यादभित्र अनु...
जेष्ठ ८ गते, २०८३ - १९:४८
काठमाडौं । सामाजिक सञ्जालमा भाइरल हुने रहरले राजधानीको व्यस्त सडकलाई ‘स्टन्ट मैदान’ बनाउने एक युवक अन्ततः प्रहरीको फन्दामा परेका छन् । बागमती प्रदे...
जेष्ठ ८ गते, २०८३ - १९:४४
काठमाडौं । राजधानीको व्यस्त क्षेत्र पिंगलास्थान मा संसाँझै एक व्यापारीलाई बन्धक बनाएर अपहरण, लुटपाट र फिरौती असुली गरिएको घटना सार्वजनिक भएको छ । क...
जेष्ठ ८ गते, २०८३ - १९:३८
काठमाडौं । नेपाल प्रहरी ले गत वैशाख महिनाभर देशव्यापी रूपमा सञ्चालन गरेको अभियानमा हातहतियारसम्बन्धी मुद्दामा संलग्न ४० जनालाई पक्राउ गरेको छ । प्र...
जेष्ठ ८ गते, २०८३ - १९:३७
सरकारको अनुगमन, अस्पताललाई दैनिक विवरण बुझाउन निर्देशन
जेष्ठ ८ गते, २०८३ - १९:३२
नेताहरू लामो बोलेपछि बैठक भोलिपनि जारी रहहने
जेष्ठ ८ गते, २०८३ - ०९:२३
काठमाडौं । नेपाली राजनीतिमा पछिल्ला केही वर्षयता एउटा नयाँ शैली उदाएको छ । परम्परागत दल र नेताप्रति तीव्र आक्रोश, सामाजिक सञ्जालमार्फत सीधा जनतासँग सं...
जेष्ठ ८ गते, २०८३ - ०९:१३
रामेछाप । भूकम्पपछि गाउँमा स्वास्थ्य सेवा सहज बनाउने भन्दै सुरु गरिएको स्वास्थ्य चौकी निर्माण अहिले आफैं बिरामीजस्तै बनेको छ । रामेछापको उमाकुण्ड गाउँ...



प्रतिकृया लेख्नुहोस्: