Khabar Dabali ८ जेष्ठ २०८३ शुक्रबार | 22nd May, 2026 Fri
Investment bank

क्यान्सर बिरामीमाथि औषधि संकट : जीवरक्षक औषधि अब तीन सातालाई मात्रै पुग्ने

सरकारको अनुगमन, अस्पताललाई दैनिक विवरण बुझाउन निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । नेपालमा क्यान्सर उपचारका लागि अत्यावश्यक मानिने जीवरक्षक औषधिको गम्भीर अभाव देखिएको छ । किमोथेरापीमा प्रयोग हुने ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ नामक औषधि अब बढीमा तीन सातालाई मात्रै पुग्ने मौज्दात रहेको भन्दै नेपाल औषधि आयातकर्ता संघ ले सरकारसँग तत्काल भन्सार सहजीकरण र मूल्य समायोजनको माग गरेको छ ।

विशेषगरी प्लोटिनम समूहका यी औषधि क्यान्सर बिरामीका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छन् । फोक्सो, अण्डासय, स्तन, पेट, ठूलो तथा सानो आन्द्रालगायत विभिन्न प्रकारका क्यान्सर उपचारमा प्रयोग हुने यी औषधि अभाव हुन थालेपछि बिरामी र अस्पताल दुवै त्रसित बनेका छन् ।

औषधिको संकट गहिरिँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समेत सक्रिय भएको छ । मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभाग ले औषधि आयातकर्ता संघलाई पत्राचार गर्दै ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’सँगै नर्मल स्लाइन र डीएनएसजस्ता अत्यावश्यक औषधिको नियमित आपूर्ति सुनिश्चित गर्न आग्रह गरेको छ ।

संघका अध्यक्ष पवन आचार्य का अनुसार अहिले प्राथमिक तहमा यी औषधिको मौज्दात करिब एक साताका लागि मात्रै छ भने बजार तहमा बढीमा दुई साताको स्टक बाँकी छ ।

“अत्यधिक प्रयास गर्दा पनि जम्मा तीन हप्तासम्म मात्रै धान्न सक्ने अवस्था देखिन्छ,” संघले जनाएको छ ।

विदेशमा युद्ध, नेपालमा औषधि संकट

यी दुवै औषधि नेपालमा उत्पादन हुँदैनन् । पूर्ण रूपमा विदेशबाट आयात गरिने भएकाले अन्तर्राष्ट्रिय बजारमा देखिएको संकटको असर सिधै नेपालमा परेको छ ।

संघका अनुसार विश्व बजारमा कच्चा पदार्थको मूल्यवृद्धि, पश्चिमी मुलुकहरूमा जारी द्वन्द्व, ढुवानी तथा बिमा खर्चमा भएको वृद्धि र आपूर्ति शृंखला अवरुद्ध हुँदा औषधिको आयात कठिन बन्दै गएको छ ।

त्यसमाथि सरकारले एक दशकभन्दा लामो समयदेखि औषधिको मूल्य समायोजन नगरेको भन्दै आयातकर्ताले असन्तुष्टि जनाएका छन् ।

“अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि नेपाल सरकारले पुरानै मूल्य कायम राख्दा उत्पादक कम्पनीहरू नेपालमा औषधि पठाउन इच्छुक छैनन्,” संघको भनाइ छ ।

‘रेसनल डिस्ट्रिब्युसन मनिटरिङ युनिट’ गठन

औषधिको सीमित मौज्दातलाई व्यवस्थित रूपमा वितरण गर्न संघले अध्यक्ष आचार्यकै नेतृत्वमा ‘रेसनल डिस्ट्रिब्युसन मनिटरिङ युनिट’ गठन गरेको जनाएको छ ।

यस एकाइले बजारमा पारदर्शी र न्यायोचित वितरण सुनिश्चित गर्ने दाबी गरिएको छ । तर संघले दीर्घकालीन समाधानका लागि सरकारले तत्काल मूल्य समायोजन नगरे आयातकर्ताले निरन्तर औषधि ल्याउन नसक्ने चेतावनी दिएको छ । 

सरकारको अनुगमन, अस्पताललाई दैनिक विवरण बुझाउन निर्देशन

यता औषधि व्यवस्था विभाग ले पनि सहज आपूर्तिका लागि पहल भइरहेको जनाएको छ । विभागका अनुसार अहिले औषधिको मौज्दात, उपलब्धता र आपूर्ति व्यवस्थाको निरन्तर अनुगमन भइरहेको छ ।

यससँगै विभागले औषधि उत्पादक, आयातकर्ता र अस्पताललाई हरेक दिन बिहान १० देखि ११ बजेसम्म क्यूआर कोड स्क्यान गरी गुगल फर्ममार्फत मौज्दात विवरण पठाउन निर्देशन दिएको छ ।

तर बिरामी र परिवारको चिन्ता भने एउटै छ । उपचारको बीचमै औषधि सकियो भने के गर्ने ? नेपालमा क्यान्सर उपचार पहिले नै महँगो र कठिन मानिन्छ, अब औषधिको संकट थपिएपछि हजारौं बिरामी थप असुरक्षामा परेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहकारी ठगी प्रकरणमा दुई फरक फैसला: कसैलाई सजाय, कसैलाई मुद्दा फिर्ता विवाद

काठमाडौं । नेपालमा पछिल्ला वर्षहरूमा चर्चामा रहेको सहकारी ठगी र सम्पत्ति शुद्धीकरण प्रकरण फेरि न्यायिक र राजनीतिक बहसको केन्द्रमा पुगेको छ । एउटै प्रक...

एमाले सचिवालयमा ‘ओली राजीनामा’ मागपछि तनाव : बैठक स्थगित

काठमाडौं । नेकपा एमाले को सचिवालय बैठकमा नेतृत्वबारे गम्भीर मतभेद देखिएपछि आजको बैठक तनावपूर्ण बनेर स्थगित भएको छ । बैठकमा सहभागी उपाध्यक्षहरूले पार्ट...

रातो मच्छिन्द्रनाथ रथको ऐतिहासिक ‘पाता’ गायब, प्रहरीमा उजुरी

काठमाडौं । रातो मच्छिन्द्रनाथ जात्रा मा प्रयोग हुने रथको एक ऐतिहासिक ‘पाता’ हराएको घटना सार्वजनिक भएपछि प्रहरी अनुसन्धानमा जुटेको छ । जिल्ला प्रहरी...

दुर्गा प्रसाईंलाई आइतबारपछि थुनामा नराख्न सर्वोच्चको आदेश

काठमाडौं । दुर्गा प्रसाईंलाई आइतबारपछि हिरासतमा नराख्न सर्वोच्च अदालत ले सरकारका नाममा आदेश जारी गरेको छ । सर्वोच्चले पछिल्लोपटक थपिएको म्यादभित्र अनु...

भाइरल बन्न खोज्दा प्रहरीको फन्दामा : सडकमा सुतेर बाइक कुदाउने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा भाइरल हुने रहरले राजधानीको व्यस्त सडकलाई ‘स्टन्ट मैदान’ बनाउने एक युवक अन्ततः प्रहरीको फन्दामा परेका छन् । बागमती प्रदे...

राजधानीमै फिरौती गिरोह सक्रिय : पिंगलास्थान घटनाले तर्सियो काठमाडौं

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र पिंगलास्थान मा संसाँझै एक व्यापारीलाई बन्धक बनाएर अपहरण, लुटपाट र फिरौती असुली गरिएको घटना सार्वजनिक भएको छ । क...

अवैध हतियारविरुद्ध प्रहरीको देशव्यापी अपरेशन : एक महिनामै ४० जना पक्राउ

काठमाडौं । नेपाल प्रहरी ले गत वैशाख महिनाभर देशव्यापी रूपमा सञ्चालन गरेको अभियानमा हातहतियारसम्बन्धी मुद्दामा संलग्न ४० जनालाई पक्राउ गरेको छ । प्र...

क्यान्सर बिरामीमाथि औषधि संकट : जीवरक्षक औषधि अब तीन सातालाई मात्रै पुग्ने

सरकारको अनुगमन, अस्पताललाई दैनिक विवरण बुझाउन निर्देशन

एमाले सचिवालय बैठकमा ‘समीक्षामाथि समीक्षा’

नेताहरू लामो बोलेपछि बैठक भोलिपनि जारी रहहने

भाइरल राजनीतितर्फ रास्वपा : ‘बालेन प्रवृत्ति’ कति खतरनाक ?

काठमाडौं । नेपाली राजनीतिमा पछिल्ला केही वर्षयता एउटा नयाँ शैली उदाएको छ । परम्परागत दल र नेताप्रति तीव्र आक्रोश, सामाजिक सञ्जालमार्फत सीधा जनतासँग सं...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending