Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank

ढिलाइले विकास महँगो, लगानीमा प्रश्न उठ्दैछ: ऊर्जामन्त्री

खबरडबली संवाददाता

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विकास निर्माणमा हुने ढिलासुस्तीका कारण परियोजनाहरूको लागत अस्वाभाविक रूपमा बढ्दै गएको बताएको छन् ।

शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले समयमै काम सम्पन्न नहुने प्रवृत्तिका कारण विकास महँगो मात्र नभई लगानीको सान्दर्भिकतामाथि पनि प्रश्न उठ्ने अवस्था आएको बताए।

मन्त्री श्रेष्ठका अनुसार अन्तर्राष्ट्रिय कारणले हुने मुद्रास्फीतिसँगै आन्तरिक ढिलासुस्तीका कारण विकासको लागत बढिरहेको छ । जुन मूल्यमा काम सम्पन्न भइसक्नुपर्ने थियो, त्यसमा ढिलाइ हुँदा अहिले लागत झन् बढ्दै गएको उनको भनाइ छ ।

विशेषगरी जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको लगानी पनि महँगो हुँदै गएमा एक बिन्दुमा पुगेर यसको सान्दर्भिकतामाथि ठुलो बहस हुने अवस्था आउन सक्ने उहाँले उल्लेख गरे।

बैठकमा मन्त्री श्रेष्ठले सार्वजनिक खरिद प्रक्रिया र ठेक्का व्यवस्थापनमा रहेका जटिलताहरू औँल्याउँदै बिचमै ठेक्का रद्द हुने र काम रोक्ने अवस्थाले अन्योल सिर्जना गरेको बताए । यस्ता कानुनी तथा प्रक्रियागत “लुपहोल्स” बन्द गर्न बजेटपछि गहन छलफल आवश्यक रहेको उनको भनाइ थियो ।

उनले भने, “हामीले धेरै नै इन्फ्लेसन ९मुद्रास्फीति० को कुरा गर्‍यौँ, मूल्यवृद्धिको कुरा गर्‍यौँ । बाह्य कारणसँगै समय लाग्ने प्रक्रियाका कारण हाम्रो विकास निर्माण ढिलो मात्र होइन, महँगो पनि भइरहेको छ । जुन काम पहिले नै सम्पन्न हुनुपर्ने थियो, ढिलाइका कारण लागत बढ्दै गएको छ । हाइड्रोपावरको कुरा गर्दा निजी क्षेत्रको लगानी समयमै सम्पन्न नहुँदा यसको सान्दर्भिकतामाथि भविष्यमा प्रश्न उठ्न सक्छ । तर अहिले पनि समय छ । ठेक्का रद्द हुने, बिचमा रोक्ने जस्ता प्रक्रियागत समस्याले ठुलो अन्योल सिर्जना गरेको छ । त्यसैले यस्ता कमजोरी कसरी हटाउने भन्ने विषयमा बजेटपछि गम्भीर छलफल आवश्यक छ । यसले वैदेशिक लगानी र निजी क्षेत्रको लगानीमा पनि असर गर्छ ।”

मन्त्री श्रेष्ठले विकास निर्माण कार्यलाई गुणस्तरीय बनाउन पूर्वाधार समितिलाई सक्रिय अनुगमन गर्न पनि आग्रह गरे। समितिले योजनाको अनुगमन गर्ने प्रणाली विकास गरे काममा जिम्मेवारी बढ्ने र जवाफदेहिता सुनिश्चित हुने उनको धारणा थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सप्तरीमा कर्फ्यु खुकुलो

सप्तरी। सप्तरीमा आम नागरिकहरूको दैनिक अत्यावश्यक कामलाई मध्यनजर गर्दै सप्तरीको राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकामा जारी कर्फ्युमा केही खुकुलो ...

ब्रड पिक दुर्घटना : निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव क्याम्प–१ तर्फ ल्याइँदै

काठमाडौं । पाकिस्तानको कराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रड पिकमा हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जासहितका दिवंगत आरोही...

बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, कतिमा किनबेच भइरहेको छ ?

काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ८०० र चाँदी रु ४५ ले घटेको हो ।  नेपाल सुनचाँदी ...

शान्ति सद्भाव र्‍यालीपछि जनकपुरधामको अवस्था सामान्य

जनकपुरधाम। गृहमन्त्री सुधन गुरुङले पीडित पक्षसँग शुव्रmबार राति सहमति गरेपछि मधेश प्रदेशको अवस्था सामान्य बन्दै गएको छ । सुनसरीमा धार्मिक विषयलाई लिएर...

कर्फ्यु खुकुलो भएपछि राजविराजमा निकालियो बृहत् सद्भाव र्‍याली

राजविराज । पेशागत सञ्जाल ९पापड० सप्तरीले जिल्लामा शान्ति, सामाजिक सद्भाव तथा आपसी भाइचारालाई सुदृढ बनाउने उद्देश्यले आइतबार बिहान राजविराजमा बृहत्  सद...

सामाजिक सद्‌भाव भाँड्न खोजेको अभियोगमा ४ जना पक्राउ

काठमाडौँ । सामाजिक सद्‌भाव खल्बल्याएको अभियोगमा पर्साबाट ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार उ...

शान्ति, सामाजिक सद्भाव र न्यायको माग गर्दै राजधानीमा नागरिक सभा

काठमाडौँ। देशमा शान्ति, सामाजिक सद्भाव र न्याय सुनिश्चित गर्नुपर्ने मागसहित शनिबार राजधानीमा नागरिक सभा आयोजना गरिएको छ। बृहत् नागरिक आन्दोलनको अगु...

कालापानीमा प्रशासन–आन्दोलनकारीबीच मौखिक सहमति, बीपी राजमार्ग पुन: सञ्चालन

महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीमा स्थानीयको आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग प्रशासन र आन्दोलनकारीबीच भएको मौखिक सहमतिपछि ...

जनकपुरमा आन्दोलनरत पक्षसँग गृहमन्त्री गुरुङले सुरु गरे छलफल

काठमाडौं। तराई–मधेशका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्था समाधानका लागि गृहमन्त्री सुधन गुरुङले आन्दोलनरत पक्षसँग जनकपुरमा संवाद सुरु गरेका छन्।...

कालापानी प्रकरण फेरि तातियो, मुद्दा फिर्ताको माग गर्दै स्थानीयले बीपी राजमार्ग अवरुद्ध

महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीमा जेठ ११ गते भएको आन्दोलनपछि प्रशासन र आन्दोलनकारीबिच भएको सहमति कार्यान्वयन नगरी स्थानीयविरुद्ध मु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending