काठमाडौँ। पुतलीबजार नगरपालिकाका सब–इन्जिनियर समित जिरेलमाथि कार्यकक्षमै प्रवेश गरी कुटपिट गरिएको छ । उनलाई नगरपालिकाभित्रै प्रवेश गरेर वडा नं। ३ का बाबुराम शर्माले कुटपिट तथा अभद्र व्यवहार गरेको नगरपालिकाले जनाएको छ ।
प्रदेश तथा संघमा योजना माग्ने क्रममा इस्टिमेट बनाउन आग्रह गर्न पुगेका शर्माले सोही विषयलाई लिएर कुटपिट गरेको नगरपालिकाको भनाइ छ । जिरेलमाथि कुटपिट गर्ने शर्मालाई उजुरीपछि प्रहरीले पक्राउ गरी अभद्र व्यवहार मुद्दामा अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक अमृत त्रिपाठीले बताए।
कुटपिट तथा अभद्र व्यवहारको घटनाप्रति पुतलीबजार नगरपालिकाले गम्भीर आपत्ति जनाएको छ । नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्नमाथि कानुनअनुसार कडा कारबाहीको माग गरेको छ ।
विज्ञप्तिमा नियमित कार्यालयको काम गरिरहेका बेला सब–इन्जिनियरको कार्यकक्षमै प्रवेश गरी कुटपिट तथा अभद्र व्यवहार गरिएको उल्लेख गरिएको छ ।
नगरपालिकाले कर्मचारीको कार्यविवरणभन्दा बाहिरको विषयलाई लिएर घटना भएको जनाएको छ । सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयभित्रै राष्ट्रसेवक कर्मचारीमाथि भएको यस्तो हिंसात्मक तथा अराजक गतिविधि कुनै पनि दृष्टिले स्वीकार्य नहुने नगरपालिकाले स्पष्ट पारेको छ ।
यस्ता घटनाले कर्मचारीको मनोबल कमजोर बनाउनुका साथै कार्यालयको सुरक्षित र मर्यादित वातावरणमा असर पर्ने नगरपालिकाको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३१ गते, २०८३ - १६:१०
काठमाडौँ । विश्वप्रकाश शर्माले नेपाली कांग्रेसभित्रको गुटबन्दी र भागबन्डाको राजनीति अन्त्य गरेर पूर्ण एकताका साथ अघि बढ्नुपर्ने बताएका छन्। पोखरामा...
बैशाख ३१ गते, २०८३ - १५:५८
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले विशेष महाधिवेशनमा सहभागी भए–नभएको आधारमा पार्टीभित्र कसैलाई पनि काखा–पाखा नगरिने बताएका छन्। क...
बैशाख ३१ गते, २०८३ - १५:३१
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले सरकारको सुशासनको परिभाषा र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छन् । सङ्घीय संस...
बैशाख ३१ गते, २०८३ - १५:१६
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा।डा। सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ। अध्...
बैशाख ३१ गते, २०८३ - १५:०३
काठमाडौं । सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा शंकास्पद अवस्थामा मृत्यु भएका श्रीकृष्ण विक घटनाको छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्य...
बैशाख ३१ गते, २०८३ - १४:२८
तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पताललाई विभिन्न सङ्घसंस्था तथा व्यवसायीले करिब रु ४० लाख बराबरका आधुनिक स्वास्थ्य उपकरण सहयोग ग...
बैशाख ३१ गते, २०८३ - १४:१८
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट छनोट प्रक्रिया अघि बढाएको छ...
बैशाख ३१ गते, २०८३ - १४:००
गौरवका आयोजना सम्पन्न गर्न काठमाडौँ । नेकपा (एमाले)का संसदीय दलका उपनेता पद्मा अर्यालले आर्थिक रूपान्तरणका लागि राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न हु...
बैशाख ३१ गते, २०८३ - १३:३२
काठमाडौँ। विश्व बैँकले नेपालको शिक्षा क्षेत्रमा लगानी गर्न चासो देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग बिहीबार मन्त्रालयमा ने...
बैशाख ३१ गते, २०८३ - १३:२०
काठमाडौं । सरकारले वास्तविक सुकुमवासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण नभएसम्म अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपल...



प्रतिकृया लेख्नुहोस्: