काठमाडौं । सम्पत्ति छानबिन आयोगले २०६२ सालदेखि हालसम्म सार्वजनिक पदमा रहेका उच्चपदस्थ पदाधिकारीलाई एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ। आयोगले बिहीबार गोरखापत्रमार्फत दुईवटा सार्वजनिक सूचना जारी गर्दै विवरण बुझाउन आग्रह गरेको हो।
आयोगले प्रधानमन्त्रीदेखि सहायकमन्त्रीसम्म, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, सांसद, संवैधानिक निकायका पदाधिकारी, न्यायाधीश, सहसचिव र सोभन्दा माथिका कर्मचारीलगायतलाई सम्पत्ति विवरण बुझाउन भनेको छ। प्रत्येक वर्ष नियमित रूपमा सम्पत्ति विवरण बुझाउँदै आएका पदाधिकारीले समेत आयोगमा पुन: विवरण पेश गर्नुपर्नेछ।
आयोगका अनुसार विवरण आयोगमै उपस्थित भएर, प्रतिनिधिमार्फत वा इमेलमार्फत बुझाउन सकिनेछ। सम्पत्ति विवरण फाराम आयोगको वेबसाइटमा उपलब्ध गराइएको छ।
सूचनामा जानीजानी अपूर्ण वा झुट्टा विवरण बुझाउने तथा तोकिएको समयभित्र विवरण नबुझाउने व्यक्तिमाथि कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।
यी पदाधिकारी छानबिनको दायरामा
आयोगले १६ प्रकारका सार्वजनिक पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउनुपर्ने सूचीमा राखेको छ। तीमध्ये:
बहालवाला तथा पूर्व प्रधानमन्त्री, मन्त्री र सांसद
संविधानसभा सदस्यसहित पूर्व तथा वर्तमान संघीय सांसद
प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्री तथा प्रदेशसभा सदस्य
संवैधानिक निकायका बहालवाला र पूर्व पदाधिकारी
पूर्वन्यायाधीश तथा महान्यायाधिवक्तादेखि प्रदेश मुख्यन्यायाधिवक्तासम्म
स्थानीय तहका प्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा उपप्रमुख
जिल्ला विकास समिति र जिल्ला समन्वय समितिका पदाधिकारी
सहसचिवदेखि मुख्यसचिवसम्मका निजामती कर्मचारी
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारी
नेपाली राजदूतावास तथा कूटनीतिक नियोगका प्रमुख र कर्मचारी
सल्लाहकार, स्वकीय सचिव तथा निजी सचिव
यदि कुनै उपसचिव वा सो सरहका कर्मचारी कार्यालय प्रमुखका रूपमा कार्यरत रहेको अवस्थामा उनीहरू पनि छानबिनको दायरामा पर्ने आयोगले जनाएको छ।
राष्ट्रपति र उपराष्ट्रपति भने आयोगले सार्वजनिक गरेको सूचीमा समावेश छैनन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २६ गते, २०८३ - १७:४७
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध पर्सा जिल्ला अदालतमा दायर गरिएको मुद्दामा लगाइएको संगठित अपराधसम्बन्धी ...
जेष्ठ २६ गते, २०८३ - १७:३५
काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी रूपमा सुझाव सङ्कलन कार्यक्रम सञ्च...
जेष्ठ २६ गते, २०८३ - १७:१४
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सुधन गुरुङले गृहमन्त्री तथा महावीर पुनले व...
जेष्ठ २६ गते, २०८३ - १७:०३
तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, देउरालीमा मङ्गलबार दिउँसो कार दुर्घटना हुँदा तीन जना भारतीय पर्यटक घाइते भएका छन् । डुम...
जेष्ठ २६ गते, २०८३ - १६:५९
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–७, गल्छी बजारमा पर्यटक माइक्रो र कार आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्। मङ्गलबार दिउँ...
जेष्ठ २६ गते, २०८३ - १६:४६
काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएलगत्तै नेपाली कांग्रेसले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक अहिले जारी ...
जेष्ठ २६ गते, २०८३ - १६:३०
काठमाडौं । मन्त्रिपरिषद् विस्तारअन्तर्गत गृह मन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले आज पद तथा गोपनीयताको शपथ लि...
जेष्ठ २६ गते, २०८३ - १६:०२
काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)का उत्पादन वितरण गर्दै स्वदेशी वस्तुको प्रवर्द्धन र किसान...
जेष्ठ २६ गते, २०८३ - १५:४१
हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेशस्तरीय अधिवेशनको सुरुवात बागमती प्रदेशबाट गरेको छ। हेटौंडा उपमहानगरपालिका–१ स्थित हिमालयन दरबा...
जेष्ठ २६ गते, २०८३ - १५:१४
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक मंगलबार दिउँसो सवा ३ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको...



प्रतिकृया लेख्नुहोस्: