काठमाडौं । लामो समयदेखि विवाद, हस्तक्षेप र आन्तरिक खिचातानीमा फसेको नेपाल रेडक्रस सोसाइटी फेरि नेतृत्वविहीन बनेको छ । केन्द्रीय तदर्थ समितिका अध्यक्ष विनोदकुमार शर्मा ले बुधबार पदबाट राजीनामा दिएका छन् ।
शर्माले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पुगेर राजीनामा बुझाएका हुन् । केही दिनअघि मात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौंले रेडक्रसको सबै तहको निर्वाचन प्रक्रिया रोक्न आदेश दिएको थियो । त्यसपछि संस्थाभित्रको विवाद थप चर्किएको थियो ।
तदर्थ समितिका सदस्य गंगाधर अधिकारी का अनुसार समितिभित्रकै छलफलपछि अध्यक्षले मार्गप्रशस्त गर्ने निर्णय लिएका हुन् ।
उनले सरकारको हस्तक्षेपप्रति असन्तुष्टि जनाउँदै “स्वायत्त संस्थालाई सरकारी स्वार्थअनुसार चलाउन खोजिएको” बताएका छन् ।
प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, महिला मन्त्रालय र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरूले रेडक्रसको विधान संघीय संरचनाअनुसार परिमार्जन हुन नसकेको भन्दै नेतृत्व परिवर्तन आवश्यक रहेको संकेत दिएका थिए ।
शर्माले भने आफूहरू संक्रमणकाल अन्त्य गरेर असारभित्र निर्वाचन गराउने तयारीमा रहेको अवस्थामा सरकारले उल्टै संस्था थप अन्योलमा धकेलेको गुनासो गरेका छन् ।
गत वर्ष एमाले–कांग्रेस गठबन्धन सरकारले शर्माको नेतृत्वमा ९ सदस्यीय तदर्थ समिति बनाएको थियो । तीन महिनाभित्र नयाँ नेतृत्व चयन गर्ने जिम्मेवारी दिइए पनि विवाद र शक्ति संघर्षकै बीच प्रक्रिया अड्किँदै आएको थियो ।
अन्तर्राष्ट्रिय रेडक्रस महासंघले समेत नेपाल रेडक्रसको अवस्था सुधार्न पटक–पटक चेतावनी दिँदै आएको थियो । सुधार नभए निलम्बनसम्मको जोखिम रहेको संकेत पनि दिइएको थियो ।
अब प्रश्न उठेको छ—नेपालकै सबैभन्दा पुरानो मानवीय संस्थामध्ये एक मानिने रेडक्रसलाई राजनीतिक भागबन्डा र प्रशासनिक हस्तक्षेपबाट बाहिर निकालेर फेरि संस्थागत लयमा फर्काउन सकिएला ?
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २५ गते, २०८३ - २१:४८
सरकारविरुद्ध विपक्षी मोर्चाबन्दीको तयारी
बैशाख २५ गते, २०८३ - २१:२२
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि स्थानीय तहहरूले पनि कम्पनी दर्ता गर्न र सेयर खरिद गर्...
बैशाख २५ गते, २०८३ - २१:१६
काठमाडौं । पूर्वमन्त्री सुदन किराँती अन्ततः हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा हर्क साम...
बैशाख २५ गते, २०८३ - २१:०५
काठमाडौं । लामो समयदेखि विवाद, हस्तक्षेप र आन्तरिक खिचातानीमा फसेको नेपाल रेडक्रस सोसाइटी फेरि नेतृत्वविहीन बनेको छ । केन्द्रीय तदर्थ समितिका अध्यक्ष ...
बैशाख २५ गते, २०८३ - २०:५७
काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण अवरुद्ध भएका देशका विभिन्न राजमार्गमध्ये पाँचवटा एकतर्फी रूपमा सञ्चालन भएका छन् । ...
बैशाख २५ गते, २०८३ - २०:४९
काठमाडौं । प्रधानन्यायाधीश सिफारिस प्रक्रियामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालत पुगेका रिट निवेदन नै दर्ता हुन नपाएपछि न्यायालयभित्र नयाँ विवाद सुरु भए...
बैशाख २५ गते, २०८३ - २०:४२
मुगु । मुगुम कार्मारोङ गाउँपालिका–६ की ४१ वर्षीया टोमा लामाको शव चार दिनपछि कर्णाली नदीमा फेला परेको छ। वैशाख २२ गते रातिदेखि सम्पर्कविहीन उनी शुक्र...
बैशाख २५ गते, २०८३ - २०:०५
काठमाडौं । यस वर्षको मनसुनले राहतभन्दा बढी चिन्ता दिने संकेत देखिएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी चार महिनाको मनसुन अवधिमा देशका अधिकांश क्षे...
बैशाख २५ गते, २०८३ - २०:००
काठमाडौं । वर्षौँदेखि लाइसेन्सको कार्ड कुर्दाकुर्दै हैरान सेवाग्राहीका लागि सरकारले अहिले नयाँ व्यवस्था लागू गरेको छ । अब ट्रायल पास गरेर राजस्व तिरेप...
बैशाख २५ गते, २०८३ - १९:११
काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारी गाडी फिर्ता गरेकी छन् । उनले शुक्रबार दिउँसो गाडी फिर्ता गराएकी हुन् । कार्कीले प्रयोग गर्दै आ...


प्रतिकृया लेख्नुहोस्: