काठमाडौं । वर्षौँदेखि लाइसेन्सको कार्ड कुर्दाकुर्दै हैरान सेवाग्राहीका लागि सरकारले अहिले नयाँ व्यवस्था लागू गरेको छ । अब ट्रायल पास गरेर राजस्व तिरेपछि २४ घण्टाभित्रै लाइसेन्स प्रिन्ट हुने व्यवस्था सुरु गरिएको छ ।
यसअघि लाइसेन्स लिन महिनौँ कुर्नुपर्ने, ‘प्रिन्टिङमा छ’ भन्ने एउटै जवाफ सुन्नुपर्ने अवस्था थियो । तर अहिले यातायात व्यवस्था विभागले ‘सिम्पल सिस्टम’ लागू गरेपछि प्रक्रिया डिजिटल र छिटो भएको दाबी गरिएको छ ।
विभागका अनुसार सेवाग्राहीले राजस्व तिरेपछि सिस्टमले स्वतः सम्बन्धित विवरण तानेर सुरक्षण मुद्रण केन्द्रमा पठाउँछ । त्यसपछि केन्द्रले कार्ड प्रिन्ट गरेर सम्बन्धित यातायात कार्यालयमा पठाउने गर्छ । यही प्रक्रियाले २४ घण्टाभित्र लाइसेन्स प्रिन्ट सम्भव भएको विभागको भनाइ छ ।
यातायात व्यवस्था विभागका वरिष्ठ कम्प्युटर इन्जिनियर केशव खतिवडाका अनुसार अहिले ट्रायल पास गरेलगत्तै लाइसेन्स आउने होइन, तर राजस्व तिरेपछि भने प्रक्रिया तुरुन्तै सुरु हुन्छ ।
उनले भने, “राजस्व तिरेपछि सिस्टमले पास भएको डेटा तान्छ, त्यसलाई भिपिएनमार्फत सुरक्षण मुद्रण केन्द्र पठाइन्छ । त्यहाँ प्रिन्ट भएपछि सम्बन्धित कार्यालयमा पठाइन्छ ।”
यसअघि विभाग आफैँले चिपयुक्त लाइसेन्स छाप्दै आएको थियो । तर सीमित मेसिन र क्षमताका कारण दैनिक दुई–तीन हजारभन्दा बढी कार्ड छाप्न सकिँदैनथ्यो । त्यसमाथि जेनजी आन्दोलनका क्रममा प्रयोग हुँदै आएको मेसिनमा आगजनी भएपछि छपाइ प्रक्रिया झन् अस्तव्यस्त बनेको थियो ।
त्यसपछि सरकारले सुरक्षण मुद्रण केन्द्रमार्फत लाइसेन्स छपाइ गर्ने निर्णय लिएको हो । गत वर्ष जेठमै सम्झौता भए पनि विभिन्न अवरोधका कारण प्रक्रिया ढिलो भएको थियो । अहिले भने केन्द्रले क्युआर कोडयुक्त नयाँ लाइसेन्स छाप्न थालेपछि कामले गति लिएको छ ।
विभागका अनुसार केही समयअघि मात्रै २९ लाख लाइसेन्स ‘ब्याकलग’ मा थिए । तीमध्ये १२ लाख वितरण भइसकेका छन् भने बाँकी १७ लाख कार्ड छपाइ र वितरणकै चरणमा छन् ।
सरकारले थप बजेट व्यवस्था गरेपछि अब असार मसान्तभित्र सबै बाँकी लाइसेन्स छापिसक्ने लक्ष्य राखिएको छ ।
अहिलेको नयाँ व्यवस्थाले सेवाग्राहीले वर्षौँ कुर्नुपर्ने बाध्यता घटाउने अपेक्षा गरिएको छ । तर प्रश्न अझै बाँकी छ । २४ घण्टामा लाइसेन्स प्रिन्ट त हुँदैछ, सबै कार्यालयबाट त्यत्तिकै छिटो सेवाग्राहीको हातमा पुग्छ त ?
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २५ गते, २०८३ - २०:५७
काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण अवरुद्ध भएका देशका विभिन्न राजमार्गमध्ये पाँचवटा एकतर्फी रूपमा सञ्चालन भएका छन् । ...
बैशाख २५ गते, २०८३ - २०:४९
काठमाडौं । प्रधानन्यायाधीश सिफारिस प्रक्रियामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालत पुगेका रिट निवेदन नै दर्ता हुन नपाएपछि न्यायालयभित्र नयाँ विवाद सुरु भए...
बैशाख २५ गते, २०८३ - २०:४२
मुगु । मुगुम कार्मारोङ गाउँपालिका–६ की ४१ वर्षीया टोमा लामाको शव चार दिनपछि कर्णाली नदीमा फेला परेको छ। वैशाख २२ गते रातिदेखि सम्पर्कविहीन उनी शुक्र...
बैशाख २५ गते, २०८३ - २०:०५
काठमाडौं । यस वर्षको मनसुनले राहतभन्दा बढी चिन्ता दिने संकेत देखिएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी चार महिनाको मनसुन अवधिमा देशका अधिकांश क्षे...
बैशाख २५ गते, २०८३ - २०:००
काठमाडौं । वर्षौँदेखि लाइसेन्सको कार्ड कुर्दाकुर्दै हैरान सेवाग्राहीका लागि सरकारले अहिले नयाँ व्यवस्था लागू गरेको छ । अब ट्रायल पास गरेर राजस्व तिरेप...
बैशाख २५ गते, २०८३ - १९:११
काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारी गाडी फिर्ता गरेकी छन् । उनले शुक्रबार दिउँसो गाडी फिर्ता गराएकी हुन् । कार्कीले प्रयोग गर्दै आ...
बैशाख २५ गते, २०८३ - १९:०७
काठमाडौं । सर्वोच्च अदालतले सरकारका नाममा सुकुम्वासी बस्ती नहटाउन अन्तरिम आदेश दिएको छ । गोपाल रन पहेलीसमेतले दायर गरेको रिट न्यायाधीशद्वय कुमार रे...
बैशाख २४ गते, २०८३ - १९:४३
काठमाडौं । सरकारले डोजर लगाएर हटाएका सुकुम्बासीलाई अस्थायी रूपमा राखिएको कीर्तिपुरस्थित होल्डिङ सेल्टरभित्रको अवस्था झन् कष्टकर बन्दै गएको गुनासो बाहि...
बैशाख २४ गते, २०८३ - १९:४१
काठमाडौं । सर्वोच्च अदालतको प्रधान्यायाधीशमा डा. मनोज कुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयमा दुई सदस्यले नोट अफ डिसेन्ट लेखेका छन् ।...
बैशाख २४ गते, २०८३ - १९:३९
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वरिष्ठताक्रम मिचेर प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि संवैधानिक परिषद्मा राष्ट्रिय सभाका...


प्रतिकृया लेख्नुहोस्: