Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri

मनसुनमै खडेरीको संकेत, पानी कम र गर्मी बढी हुने चेतावनी

खबरडबली संवाददाता

काठमाडौं । यस वर्षको मनसुनले राहतभन्दा बढी चिन्ता दिने संकेत देखिएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी चार महिनाको मनसुन अवधिमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने र गर्मी भने औसतभन्दा बढी हुने पूर्वानुमान सार्वजनिक गरेको छ ।

विभागका अनुसार जेठ १८ देखि असोज १४ सम्म रहने मनसुनमा विशेषगरी लुम्बिनी, मधेस, कोशी र कर्णालीका धेरै भूभागमा पानी कम पर्ने सम्भावना उच्च छ । केही क्षेत्रमा ६५ प्रतिशतसम्म कम वर्षाको सम्भावना औँल्याइएको छ ।

यसको सीधा असर खेतीपाती, खानेपानी र जनजीवनमा पर्न सक्ने देखिन्छ । विशेषगरी धान रोपाइँको समयमा पर्याप्त वर्षा नहुँदा किसान सबैभन्दा बढी प्रभावित हुन सक्छन् । विगत केही वर्षयता अस्वाभाविक गर्मी र अनियमित वर्षाले कृषि प्रणाली नै प्रभावित भइरहेका बेला यसपटकको पूर्वानुमानले थप चिन्ता बढाएको छ ।

विभागले पानी मात्रै होइन, देशभर अधिकतम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी रहने जनाएको छ । अर्थात् राति पनि गर्मी कम नहुने र दिउँसोको तापक्रम अझ चर्किने संकेत छ ।

सुदूरपश्चिम, कर्णाली, मधेस, कोशी, गण्डकी र बागमतीका धेरै भूभागमा तापक्रम औसतभन्दा धेरै माथि पुग्ने सम्भावना देखाइएको छ । तराई क्षेत्रमा त तातो हावा र सुख्खापन अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

पूर्वानुमान तयार गर्दा विश्व मौसम संगठन, दक्षिण एसियाली जलवायु फोरम, एल निनो–साउदर्न असिलेसन (इन्सो) र हिन्द महासागरको तापक्रमीय अवस्थालाई आधार बनाइएको विभागले जनाएको छ । हाल प्रशान्त महासागर ‘तटस्थ’ अवस्थामा रहे पनि विस्तारै एल निनोतर्फ उन्मुख देखिएको छ, जसले सामान्यतया वर्षा घटाउने र तापक्रम बढाउने प्रभाव पार्ने गर्छ ।

यद्यपि विभागले मौसम पूर्वानुमान शतप्रतिशत निश्चित नहुने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । समुद्री प्रणाली, वायुमण्डलीय परिवर्तन, हिउँको अवस्था र भू–उपयोगजस्ता कारणले मौसममा उतारचढाव आउन सक्ने विभागको भनाइ छ ।

गत वर्ष पनि विभागले धेरै क्षेत्रमा बढी वर्षाको अनुमान गरेको थियो । तर वास्तविकतामा धेरै स्थानमा अपेक्षाभन्दा कम पानी परेको थियो । तापक्रमको पूर्वानुमान भने धेरै हदसम्म मिलेको विभागले जनाएको छ ।

यसपालि पनि पानी कम र गर्मी बढी हुने संकेतले सरकार, स्थानीय तह र किसानलाई समयमै तयारी गर्न दबाब बढाएको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाढीपहिरोका कारण अवरुद्ध पाँच राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण अवरुद्ध भएका देशका विभिन्न राजमार्गमध्ये पाँचवटा एकतर्फी रूपमा सञ्चालन भएका छन् ।  ...

प्रधानन्यायाधीश सिफारिस विवाद : रिट नै दर्ता गर्न मानेन सर्वोच्च

काठमाडौं । प्रधानन्यायाधीश सिफारिस प्रक्रियामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालत पुगेका रिट निवेदन नै दर्ता हुन नपाएपछि न्यायालयभित्र नयाँ विवाद सुरु भए...

हराएको चार दिनपछि कर्णाली नदीमा भेटियो टोमाको शव

मुगु । मुगुम कार्मारोङ गाउँपालिका–६ की ४१ वर्षीया टोमा लामाको शव चार दिनपछि कर्णाली नदीमा फेला परेको छ।   वैशाख २२ गते रातिदेखि सम्पर्कविहीन उनी शुक्र...

मनसुनमै खडेरीको संकेत, पानी कम र गर्मी बढी हुने चेतावनी

काठमाडौं । यस वर्षको मनसुनले राहतभन्दा बढी चिन्ता दिने संकेत देखिएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी चार महिनाको मनसुन अवधिमा देशका अधिकांश क्षे...

२४ घण्टामै लाइसेन्स ! कसरी बदलियो वर्षौँदेखिको झन्झट ?

काठमाडौं । वर्षौँदेखि लाइसेन्सको कार्ड कुर्दाकुर्दै हैरान सेवाग्राहीका लागि सरकारले अहिले नयाँ व्यवस्था लागू गरेको छ । अब ट्रायल पास गरेर राजस्व तिरेप...

सुशीला कार्कीले फिर्ता गरिन् सरकारी गाडी

काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारी गाडी फिर्ता गरेकी छन् । उनले शुक्रबार दिउँसो गाडी फिर्ता गराएकी हुन् । कार्कीले प्रयोग गर्दै आ...

सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले सरकारका नाममा सुकुम्वासी बस्ती नहटाउन अन्तरिम आदेश दिएको छ । गोपाल रन पहेलीसमेतले दायर गरेको रिट न्यायाधीशद्वय कुमार रे...

होल्डिङ सेल्टरभित्रै उकुसमुकुस : सुकुम्बासी भन्छन्– ‘जेलजस्तो जीवन बिताइरहेका छौँ’

काठमाडौं । सरकारले डोजर लगाएर हटाएका सुकुम्बासीलाई अस्थायी रूपमा राखिएको कीर्तिपुरस्थित होल्डिङ सेल्टरभित्रको अवस्था झन् कष्टकर बन्दै गएको गुनासो बाहि...

मनोज शर्माको सिफारिस निर्णयमा २ जनाको ‘नोट अफ डिसेन्ट’

काठमाडौं । सर्वोच्च अदालतको प्रधान्यायाधीशमा डा. मनोज कुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयमा दुई सदस्यले नोट अफ डिसेन्ट लेखेका छन् ।...

प्रधानमन्त्रीले विधि मिचेर हठात् प्रधानन्यायाधीशको प्रस्ताव ल्याउनुभयोः अध्यक्ष दाहाल

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वरिष्ठताक्रम मिचेर प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि संवैधानिक परिषद्‌मा राष्ट्रिय सभाका...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending