काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ७६ हजार बचतकर्ताको करिब रु ४६ अर्ब बचत फिर्ता गर्न बाँकी रहेको जनाएको छ।
समितिले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा उक्त तथ्य सार्वजनिक गर्दै समस्याग्रस्त घोषित सहकारीहरूको समस्या पहिचान, समाधान र व्यवस्थापनका लागि आफूहरू प्रतिबद्ध रहेको जनाएको छ। समितिका सदस्य–सचिव रविन ढकालका अनुसार निरन्तर ऋण असुली, बचत मिलान तथा आन्तरिक पुन:संरचनाको काम भइरहेको छ।
समितिले विभिन्न सरोकारवालासँग छलफल, कार्ययोजना निर्माण तथा व्यवस्थापन सुधारका काम अघि बढाइरहेको पनि जनाएको छ। साथै आगामी जेठको पहिलो सातादेखि मागदाबी गरेका बचतकर्ताको बचत फिर्ता प्रक्रिया सुरु गर्ने तयारी रहेको उल्लेख गरिएको छ।
समितिले सार्वजनिक गरेको कार्ययोजनाअनुसार—
- बचत फिर्ता र कर्जा असुलीलाई प्राथमिकता दिइने
- जेठ पहिलो साताबाट बचत फिर्ता प्रक्रिया सुरु गरिने
- मागदाबी छुट भएका बचतकर्तालाई श्रावण पहिलो सातामा पुन: दाबी गर्न मौका दिइने
- वैज्ञानिक र न्यायपूर्ण बचत मिलान कार्यविधि बनाइने
- कोष अपुग भए सरकारको चक्रीय कोषबाट सापटीका रूपमा मात्र प्रयोग गरिने
- कर्जा असुलीका लागि कठोर कानुनी नीति अपनाइने
- किस्ताबन्दीमा कर्जा तिर्ने ऋणीलाई समय दिइने
- ऋणीको तीनपुस्ते विवरण सार्वजनिक तथा परिवार सदस्यसमेत कालोसूचीमा राख्ने व्यवस्था गरिने
- गुनासो व्यवस्थापन र सूचना प्रवाह नियमित गरिने
समितिले बचत फिर्ता प्रक्रिया व्यवस्थित रूपमा अघि बढाइने र कर्जा असुलीमा कडाइ गरिने स्पष्ट पारेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०८३ - १८:०१
किन्शासा। कङ्गोको दुर्गम इटुरी प्रान्तमा नयाँ इबोला प्रकोप पुष्टि भएपछि अफ्रिकी स्वास्थ्य अधिकारी उच्च सतर्कतामा पुगेका छन् । अफ्रिका सीडीसीका अनुसार ...
जेष्ठ १ गते, २०८३ - १७:४९
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सात प्रदेशमध्ये सबैभन्दा बढी बेरुजु मधेस प्रदेश मा देखिएको छ। महालेखा परीक्षकको कार्यालयका अनुसार मधेस प्रदेशको बेरु...
जेष्ठ १ गते, २०८३ - १७:२२
काठमाडौं ।रास्वपा सांसद केपी खनाल ले विद्युत् उपयोग गरेर ग्रीन हाइड्रोजन प्रविधिमार्फत स्वदेशमै रासायनिक मल उत्पादन गर्न सरकार अघि बढ्नुपर्ने बताएका छ...
जेष्ठ १ गते, २०८३ - १७:०७
काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षणबाट कुल ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ बेरुजु कायम भएको छ। तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेल समक्...
जेष्ठ १ गते, २०८३ - १६:४९
काठमाडौं । सरकारी अस्पताल तथा स्वास्थ्य निकायहरूमा ठूलो परिमाणमा औषधि र स्वास्थ्य सामग्री म्याद नाघेर प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको पाइएको छ। ...
जेष्ठ १ गते, २०८३ - १६:३१
बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या ८ मा सीमित गर्ने तयारी अघि बढाएको छ। हाल प्रदेशमा १२ वटा मन्त्रालय रहेका छन्। ...
जेष्ठ १ गते, २०८३ - १६:०५
काठमाडौँ। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि जापानका राजदूत माएडा तोरुले शिष्टाचार भेटवार्ता गरेको छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्ष...
जेष्ठ १ गते, २०८३ - १५:५५
काठमाडौँ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेन्जी प्रतिनिधिहरूसँग आज गर्न लागेको छलफलका विषयमा देखिएका केही अन्योल चिर्दै सकारात...
जेष्ठ १ गते, २०८३ - १५:४९
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा, शर्त तथा सुविधासम्बन्धी नियमावली, २०८३ स्वीकृत गरी जा...
जेष्ठ १ गते, २०८३ - १५:३५
प्युठान । प्युठान–दाङ सडकखण्डअन्तर्गत माण्डवी गाउँपालिका–१ देविस्थानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। लुप्र ०२–००१...



प्रतिकृया लेख्नुहोस्: