झापा । झापाको कमल गाउँपालिकामा रहेका भूमिहीन तथा सुकुम्वासीहरुले सोमबार विरोध प्रदर्शन गरेका छन् । सरकारले काठमाडौंसहित देशका विभिन्न स्थानमा सुकुम्वासी बस्तीमा जवरजस्ती डोजर चलाएर उठीबास लगाउने काम गरेको तथा दैनिक जीवन नै कष्टकर बनाएको भन्दै भुमि अधिकार तथा श्रमिक संगठनको आयोजनामा नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।
याे पालिका प्रधानमन्त्री वालेन्द्र शाहकाे निर्वाचन क्षेत्र झापा ५ मा पर्छ । कमल गाउँपालिकाको विभिन्न स्थानबाट सहभागी भएका भूमिहीन, सुकुम्वासी तथा श्रमिकहरूले आफ्नो बसोबासको अधिकार सुनिश्चित गर्नुपर्ने, वैकल्पिक व्यवस्थाबिना बस्ती हटाउन नहुने र भूमिहीन नागरिकलाई राज्यले सम्मानजनक जीवनको ग्यारेन्टी गर्नुपर्ने माग राखेका छन् ।
गाउँपालिकाका कार्यालयमा पुगेर उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीलाई ज्ञापन पत्र बुझाएको संगठनका अध्यक्ष दिपक गौतमले जनाएका छन् । र्यालीपछि आयोजित कोणसभामा वक्ताहरूले केही व्यक्तिले सार्वजनिक जग्गा अतिक्रमण गरेको घटनालाई आधार बनाएर समग्र भूमिहीन तथा सुकुम्वासी समुदायलाई अपराधीकरण गर्न खोजिएको आरोप लगाए । उनीहरूले वास्तविक भूमिहीन र वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकको समस्या समाधान गर्न राज्य गम्भीर हुनुपर्ने बताए । कार्यक्रमका वक्ताहरूले सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोगमार्फत वास्तविक सुकुमबासीको पहिचान गरी व्यवस्थित बसोबासको व्यवस्था गर्नुपर्ने माग पनि गरेका छन् ।
उनीहरूले गरीब तथा विपन्न समुदायमाथि बल प्रयोग गरेर समस्या समाधान नहुने भन्दै सरकारलाई सुकुमबासीहरु प्रति मानवोचित व्यभार गर्न आग्रह गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २१ गते, २०८३ - २१:०५
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकारलाई भिडियो खिच्न अवरोध पुर्याइएकोमा नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको जनाएको छ। ...
बैशाख २१ गते, २०८३ - २१:०३
काठमाडौँ । विपी राजमार्ग अन्तरगत रोशिखोलाको बहावमा ४ वटा माइक्रोबस फसेका छन् । साेमबार नदीको दुई वटा धारकोबिचमा माईक्रोबस फसेका हुन् । काभ्रेपलाञ्...
बैशाख २१ गते, २०८३ - २०:५८
डोल्पा । डोल्पाको मुड्केचुलामा जिप दुर्घटना भएकाे छ । सोमबार साँझ रुकुम पश्चिमको त्रिवेणीदेखि डोल्पाको मुड्केचुला खर्क जाँदै गरेको कर्णाली प्रदेश ०२–०...
बैशाख २१ गते, २०८३ - २०:५५
काठमाडौं । गण्डकी प्रदेशका संरक्षित क्षेत्रहरूमा पर्यटकको चाप उल्लेख्य रूपमा बढ्न थालेको छ। विशेषगरी अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा चालु आर्थिक...
बैशाख २१ गते, २०८३ - २०:५१
काठमाडौँ । अंश पाएकी विधवाले अर्को बिहे गरे उक्त सम्पत्ति आफैँले राख्ने कानुनी व्यवस्था सर्वोच्च अदालतले बदर गरिदिएको छ । सर्वोच्च अदालतका कामु प्...
बैशाख २१ गते, २०८३ - २०:४३
काठमाडौं । संवैधानिक मर्यादा र शक्ति सन्तुलनको बहसबीच सरकार र राष्ट्रपतिबीचको दूरी खुला रूपमा सतहमा आएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले ‘पुनर्विचार ग...
बैशाख २१ गते, २०८३ - २०:३८
गुल्मी । गुल्मीकाे छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ । गाउँपालिका–३ स्थित भेँडुवामा निर्मित सो भवनबाट सेवा सु...
बैशाख २१ गते, २०८३ - २०:३५
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अविभाज्य भू–भाग भएको पुनः स्पष्ट गर्दै राष्ट...
बैशाख २१ गते, २०८३ - २०:२६
मुस्ताङ। घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदीको किनारमा यही वैशाख ७ गतेदेखि सुरु भएको पन्ध्रदिने मूर्तिकला कार्यशाला आज सम्पन्न भएको छ। ल...
बैशाख २१ गते, २०८३ - २०:२४
दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा ईलाका प्रशासन कार्यालय स्थापना गरिएको छ। साेमबार आयोजित एक औपचारिक कार्यक्रममा सुदूरपश्चिम...


प्रतिकृया लेख्नुहोस्: