धनगढी । कैलालीको धनगढीस्थित सशस्त्र प्रहरीको बडिमालिका जवान तालिम शिक्षालयमा तालिम लिइरहेका एक प्रशिक्षार्थी जवानको मृत्यु भएको छ। दार्चुलाको नौगाड गाउँपालिका–१ घर भएका महेश महताको सोमबार बिहान उपचारका क्रममा निधन भएको हो।
शिक्षालयका अनुसार आइतबार राति करिब साढे १ बजे अचानक टाउको र छाती दुखेपछि उनलाई उपचारका लागि अत्तरियास्थित सशस्त्र प्रहरीको फिल्ड अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई तत्कालै अत्तरिया अस्पताल सारिएको थियो।
उपचारकै क्रममा सोमबार बिहान साढे ४ बजे उनी बेहोस भएका थिए। चिकित्सकले बिहान करिब सवा ५ बजे उनलाई मृत घोषणा गरेका हुन्। स्वस्थ अवस्थामा रहेका महता एक्कासी बिरामी परेका सशस्त्र प्रहरीले जनाएको छ।
फागुनदेखि बडिमालिका तालिम शिक्षालयमा प्रशिक्षार्थी जवानका रूपमा तालिम लिइरहेका महताको शव हाल सेती प्रादेशिक अस्पतालमा राखिएको छ। दार्चुलाबाट उनका बुबा आइरहेका छन्। बुबा पुगेपछि मात्र पोस्टमार्टम लगायतका थप प्रक्रिया अघि बढाइने जनाइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३१ गते, २०८३ - १०:४१
काठमाडौं । सम्पत्ति छानबिन आयोगले २०६२ सालदेखि हालसम्म सार्वजनिक पदमा रहेका उच्चपदस्थ पदाधिकारीलाई एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको ...
बैशाख ३१ गते, २०८३ - १०:१८
स्याङ्जा। स्याङ्जा जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा चार विद्यालयको नतिजा शून्य आएको छ । जिल्लाका १७२ माध्यमिक विद्यालयबाट एसइईमा सह...
बैशाख ३१ गते, २०८३ - १०:०६
भैरहवा। रुपन्देहीको सीमानाकाबाट हुने तस्करीको जालो अझै रोकिन सकेको छैन । प्रहरीले दैनिक जसो तस्करीका अवैध सामान बरामद गर्दै आएको छ । भारतसँग खुला स...
बैशाख ३१ गते, २०८३ - ०९:५७
सर्लाही। महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–११, मा बुधबार मध्यराति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गाईघाटबाट काठमाडौँतर्फ ग...
बैशाख ३० गते, २०८३ - १८:२९
काठमाडौं । संसद्मा प्रधानमन्त्रीको खोजी भइरहेका बेला सडकमा पनि युवाहरूले सरकार र प्रधानमन्त्री बालेन शाहको कार्यशैलीविरुद्ध प्रदर्शन गरेका छन्। मुख...
बैशाख ३० गते, २०८३ - १८:२३
काठमाडौँ। राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेस गरिएको छ ।...
बैशाख ३० गते, २०८३ - १८:०७
काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा भ्रातृ संगठनमा आबद्ध नहुन कडा निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्र...
बैशाख ३० गते, २०८३ - १८:०२
काठमाडौँ। प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूको अवरोध कायमै रहेपछि बिहीबार ११ बजेसम्मका लागि संसद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री वाले...
बैशाख ३० गते, २०८३ - १३:११
काठमाडौं । नेपाली कांग्रेसले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिने भए प्रतिनिधिसभा बैठक बहिष्कार गर्ने चेतावनी दि...
बैशाख ३० गते, २०८३ - १२:५९
काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह उपस्थित नभएपछि श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठक बहिष्का...



प्रतिकृया लेख्नुहोस्: