Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

विराटनगर महानगरमा कर संकलन चुनौती

खबरडबली संवाददाता

विराटनगर। कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकाको आन्तरिक आयको मुख्य स्रोत मानिएको घरबहाल तथा सम्पत्ति कर संकलनमा चुनौती देखिएको छ। सर्वोच्च अदालतले संस्थागत घरबहाल कर स्थानीय तहले नै उठाउन पाउने गरी स्पष्ट फैसला गरे पनि यहाँका ठुला व्यावसायिक प्रतिष्ठान र सरकारी निकायले नै कर बुझाउन आनाकानी गर्दा महानगरको वार्षिक आय अनुमान नै प्रभावित हुने गरेको छ ।

ठुला करदाताको अटेरीपनका कारण राजस्व संकलन गत वर्षको तुलनामा घटेको महागनरले जनाएको छ । चालू आर्थिक वर्ष २०८२र८३ को वैशाख १६ गतेसम्म महानगरले ३७ करोड रुपियाँ मात्र आन्तरिक राजस्व संकलन गरेको छ । गत वर्षको सोही अवधिमा ३८ करोड ५० लाख रुपियाँ संकलन भएको थियो । महानगरले चालू आवका लागि एक अर्ब ४० करोड आन्तरिक राजस्वको लक्ष्य राखेकोमा संकलनको अवस्था निराशाजनक देखेपछि त्यसलाई संशोधन गरी एक अर्ब १० करोडमा झारेको छ ।

महानगरपालिकाका राजस्व महाशाखा प्रमुख सरोजकुमार गौतमका अनुसार सर्वोच्च अदालतले २०८२ जेठ २० गते स्थानीय तहको पक्षमा परमादेश जारी गर्दै संस्थागत बहाल कर उठाउने बाटो खोलिदिएको थियो । “अदालतको फैसलापछि वार्षिक २० करोड रुपियाँ थपिने अनुमान थियो,” गौतम भन्न्छन्, “तर ठुला व्यावसायिक घरानाहरू अझै पनि संघीय सरकारलाई नै कर बुझाउने बहाना बनाउँदै स्थानीय सरकारलाई कर तिर्न पन्छिरहेका छन् ।”

महानगरको तथ्याङ्कअनुसार निजी क्षेत्रको ठूलो स्वास्थ्य संस्था नोबेल मेडिकल कलेजले सम्पत्ति कर बुझाए पनि करोडौँ रुपियाँ बराबरको संस्थागत बहाल कर बुझाएको छैन । अस्पताल परिसरभित्रका पसल, क्यान्टिन र अन्य संरचनाको बहाल कर महानगरले प्राप्त गर्न सकेको छैन । त्यस्तै, विराटनगर बजारको मेन रोडमा सञ्चालित सेन्ट्रल मलले समेत आफ्नो बहाल करको विवरण उपलब्ध गराएको छैन ।

निजी व्यवसायी तथा व्यापारिक घरानाहरुमात्र होइन सरकारी निकायहरूसमेत कर बक्यौताको सूचीमा देखिएका छन् । नेपाल खाद्य संस्थानले पाँच करोड २१ लाख ५० हजार रुपियाँभन्दा बढी कर तिर्न बाँकी छ । नेपाल विद्युत् प्राधिकरणको तीन करोड ८७ लाख र रघुपति जुटमिलको दुई करोड ९७ लाख रुपियाँ बक्यौता देखिएको छ । नेपाल खानेपानी संस्थानको नाममा दुई करोड ८३ लाख रुपियाँ बक्यौता छ ।

विराटनगर विमानस्थल (नागरिक उड्डयन कार्यालय) ले त आफ्नो टर्मिनल भवनको नक्सासमेत पास नगराएको महानगरको दाबी छ । विमानस्थलबाट मात्र पाँचदेखि सात करोड रुपियाँ कर उठ्न बाँकी रहेको महानगरले जनाएको छ । अन्य बक्यौता हुनेहरूमा कृषि सामग्री संस्थान, नेपाल व्यापार कम्पनी र केही शैक्षिक प्रतिष्ठानहरू रहेका छन् । विमानस्थलले टर्मिनल भवन निर्माण गर्दा नक्सा पास नै नगरेका कारण पनि महानगरलाई लाखौं नोक्सानी भएको छ ।

महानगरभित्रका करिब ५० हजार सम्भावित करदातामध्ये ६० प्रतिशत मात्र करको दायरामा समेटिएका छन् । साना व्यवसायीलाई करको दायरामा ल्याउन सक्रिय महानगरपालिका ठूला करदाता र सरकारी निकायबाटै असहयोग भएपछि विकास निर्माणका योजना कार्यान्वयनमा समेत समस्या पर्ने देखिन्छ । केही संस्था जस्तै नेपाल टेलिकम, एनसेल र साल्ट ट्रेडिङ, नेपाल आयल निगम लिमिटेड, दुग्ध विकास संस्था आदिले भने नियमित रूपमा कर बुझाउँदै आएका छन् ।

विराटनगर विमानस्थलको निर्माणाधीन टर्मिनल भवन जसको नक्सासमेत पास भएको छैन भने अहिलेसम्म महानगरलई करोडौं सम्पत्ति कर बुझाउन बाँकी छ । अर्को भवन निजी क्षेत्रबाट सञ्चालित नोबेल मेडिकल कलेज हो उसले पनि कर नबुझाएको महानगरपालिकाले जनाएके छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

काराकास। भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुगेको छ । मृतकमध्ये विभिन्न देशका नागरिक पनि रहेको सम्बन्धित देशहरू...

काठमाडौँमा बर्डफ्लु बढ्दै, एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर। काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ एन-वान) सङ्क्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ। पशुसेवा विभागका अनुसार हाल...

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौँ। न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम  विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा शनिबार भएक...

विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ

विराटनगर। विराटनगरका नेपाली कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन्। शनिबार बिहान प्रहरीले उनको घरमा छापा मारेर खानतलासी गरेपछि उनलाई नियन्त्रणमा ल...

म्याग्दीमा टिप्परको ठक्करबाट मजदुरको मृत्यु

म्याग्दी। म्याग्दीको धवलागिरी गाउँपालिका–४ राताखोला स्थित ६५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनामा टिप्परको ठक्करबाट एक मजदुरको मृत्यु भए...

रवि लामिछानेलाई पूर्णबहादुर खड्काको बधाई

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट क...

भक्तपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु

काठमाडौं । भक्तपुरमा आफ्नै छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। उदयपुरको कटारी नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–९...

डे ब्रुएनाको गोलमा बेल्जियम न्युजिल्यान्डविरुद्ध ३–० ले अगाडि

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार जारी समूह ‘जी’ को खेलमा बेल्जियमले न्युजिल्यान्डविरुद्ध ३–० को सहज अग्रता बनाएको छ। बेल्जियमका लागि पहि...

सार्वजनिक बिदामा पनि खुल्ने मोदी गाउँपालिका कार्यालय

पर्वत । आर्थिक वर्षको अन्त्यमा बजेट तथा कार्यक्रमहरूको भुक्तानी प्रक्रिया प्रभावकारी बनाउन पर्वतको मोदी गाउँपालिकाले सार्वजनिक बिदाको दिन पनि गाउँपालि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending