Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

नाकामा भारत झन् कठोर

\"birjungकाठमाडौं । मधेस आन्दोलले असुरक्षा बढाएको बहानामा भारतले १३ दिनदेखि लगाउँदै आएको नाकाबन्दी अझै खुलेको छैन ।   सबै नाका खुलाएर आपूर्ति अवरोध हटाउट भारतीय विदेश मन्त्रालयले मातहत भन्सार कार्यालयलाई निर्देशन दिएको भनिए पनि नाकामा भारतीय अधिकारीको व्यवहार झन् कठोर देखिँदै गएको छ । अाजकाे नागरिक दैनिकमा खबर छ– वीरगन्ज नाका पूर्ण रुपमै ठप्प छ भने खुलेका केही नाकाले पनि विभिन्न बहानामा अलमलाउँदै नेपाली ट्यांकर रोक्दै आएका छन् । भन्सारमा सुरक्षा अधिकारीले एउटा ट्यांकर जाँच्न कम्तीमा एक घन्टा लगाउँदै आएका छन् । सोमबार विभिन्न नाकाबाट पेट्रोलियम पदार्थका ४५ ट्यांकर छाडेको भारतीय पक्षले मंगलबार रातिसम्म २७ वटा मात्र ट्यांकर छाडेको छ । सोमबारभन्दा मंगलबार खाद्यान्न, कपडा, निर्माण सामग्री, अटोमोबाइल्सलगायत सामग्री बोकेर नेपाल भित्रिएका गाडीको संख्यासमेत कम रहेको नेपाली भन्सार अधिकारीको भनाइ छ । सोमबार काँकडभिट्टा, जोगबनी, रुपैडिहा र गौरीफन्टा नाकाबाट १ सय ९० वटा मालवाहक गाडी भित्रिएकामा मंगलबार १३४ वटा मात्र यता आउन पाए । पूर्वी नेपालको काँकडभिट्टा, नेपालगन्जको रुपैडिहा र कैलालीको गौरीफन्टाबाहेक अन्य नाकाबाट पेट्रोलियम पदार्थ बोकेका ट्यांकर भित्रिएनन् । सोमबार जोगबनी नाकाबाट ३२ वटा पेट्रोलियम पदार्थ बोकेका ट्यांकर छाडेको भारतीय पक्षले मंगलबार विभिन्न बहाना बनाउँदै एउटा मात्र छाडेको छ । बेलहिया नाकामा मंगलबार भारतीय भूमिबाट नेपालतर्फ खटिएका सुरक्षाकर्मीलाई प्रदर्शनकारीले ढुंगामुढा गरेपछि उक्त नाकाबाट मालवाहक गाडी तथा इन्धन ट्यांकर आउन सकेनन् । राजधानीमा इन्धन तथा दैनिक उपभोग्य वस्तु आपूर्तिका लागि प्रमुख मानिएको वीरगन्जको रक्सौल नाकाबाट १३ दिनदेखि कुनै पनि मालवाहक गाडी भित्रिएका छैनन् । आन्दोलनकारीको धर्ना र अवरोधबिनै ठप्प पूर्वी नाका भने मंगलबार केही खुकुलो भयो । अन्य सबै सामान पठाइरहे पनि इन्धन आउन पूरै रोक लागेको काँकडभिट्टा नाकाबाट बल्ल इन्धन भित्रिन थालेको छ । मंगलबार पेट्रोलियम पदार्थ बोकेका १० वटा ट्यांकर उक्त नाकाबाट नेपाल भित्रिएका छन् । सोमबार राति १० बजे इन्धन बोकेका ६ ट्यांकर नेपाल भित्रिन दिएको भारतले मंगलबार थप ३० ट्यांकरमा तेल भरिदिएको थियो । नाकाबन्दी खोलेको बताएको दुई दिनसम्म पनि पूर्वी नाका काँकडभिट्टाबाट इन्धन आउन सकेको थिएन । \'भारतीय आयल कर्पोरेसनले मंगलबार ३० ट्यांकरमा सबैखाले इन्धन भरिदिएको छ,\' मेची पेट्रोलियम डिलर्स एसोसिएसनका वरिष्ठ उपाध्यक्ष नवीन कोइरालाले मंगलबार भने, \'ती ट्यांकर बाटामा छन् । मंगलबार राति वा बुधबार बिहानसम्म काँकडभिट्टा प्रवेश गर्ने सम्भावना छ ।\' काँकडभिट्टा प्रहरी प्रमुख डिएसपी श्यामकृष्ण अधिकारीका अनुसार भारतीय आयल कर्पोरेसनको सिलिगुडीस्थित डिपोमा १० दिनभन्दा लामो समयदेखि पालो कुरेर बसेका नेपालबाट पुगेका ट्यांकरमा तेल भरिएको छ । ती साधन आइपुग्न केही समय लाग्न सक्ने उनले बताए । आउँदै गरेका ट्यांकर पूर्वमै राख्ने कि काठमाडौं पठाउने भन्नेबारे छलफल जारी रहेको नेपाल आयल निगम स्रोतले जनाएको छ । नेपालतर्फ समस्या नभए पनि छाडेन जोगवनी नाकाबाट आयात–निर्यात सहज बनाउनेबारे नेपाल–भारत दुवै पक्षका स्थानीय अधिकारी र सुरक्षा निकायका प्रमुखबीचको सहमतिविपरीत भारतीय भन्सारले पेट्रोलियमका ट्यांकर तथा ग्यासका बुलेट आयातको अवरोध कायमै राखेको छ । नेपाल आउने सवारीमा अवरोध नगर्ने र आउन सहज बनाउने सहमति आइतबारको दुवै पक्षको बैठकले गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending