काठमाडौँ। सङ्घीय संसद्को सार्वजनिक लेखा समितिको सभापति चयनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहितका विपक्षी दलहरू साझा उम्मेदवार तय गर्न जुटेका छन् । सिंहदरबारस्थित संसद् सचिवालयमा आज बसेको नेपाली काँग्रेस, नेकपा (एमाले) र नेपाल कम्युनिष्ट पार्टीको संयुक्त बैठकमा यसबारे छलफल भएको हो ।
बैठकमा नेपाली काँग्रेसका तर्फबाट नेता अर्जुननरसिंह केसी र भीष्मराज आङ्दाम्बे, नेकपा (एमाले) का तर्फबाट पद्मा अर्याल र गुरु बराल तथा नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट युवराज दुलाल लगायतका शीर्ष नेताको सहभागिता रहेको छ । बैठकमा संसदीय परम्पराअनुसार प्रतिपक्षी दलले पाउने लेखा समितिको नेतृत्वका लागि सबै विपक्षी दलले स्वीकार गर्ने साझा व्यक्तित्वको खोजी गर्ने विषयमा संवाद केन्द्रित भएको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेताले विपक्षी दलबीचको यो सहकार्यले संसद्मा सरकारलाई थप जिम्मेवार र जवाफदेही बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । संसदीय अभ्यासमा सार्वजनिक लेखा समितिको सभापति विपक्षी दललाई दिने प्रचलन रहिआएको छ ।
सोही पदका लागि श्रम संस्कृति पार्टीले पनि आफ्नो उम्मेदवारी दिने तयारी गरिरहेको छ । हालको अङ्कगणित अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन प्राप्त गर्ने उम्मेदवारले नै समितिको नेतृत्व सम्हाल्ने सम्भावना देखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३१ गते, २०८३ - १७:०४
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवा रोजगारी र आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता अन्त्य गर्ने कार्यको सुरुवात आगामी आर्थिक वर्ष...
जेष्ठ ३१ गते, २०८३ - १६:५१
विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला ले पार्टीभित्र बढ्दो आन्तरिक कलह, कार्यशैलीगत समस्या र महाधिवेशनसम्बन्धी अन्योललाई तत्काल अन्त्य ...
जेष्ठ ३१ गते, २०८३ - १६:१०
विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला ले पार्टी व्यवहारिक रूपमा फुटिसकेको बताएका छन्। आइतबार विराटनगरमा संस्थापन इतर पक्षले ‘...
जेष्ठ ३१ गते, २०८३ - १५:५३
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका नेता डा. धवलशमशेर राणाले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा स्थापित गर्न नयाँ राष्ट्रवादी पार्...
जेष्ठ ३१ गते, २०८३ - १५:३९
विराटनगर । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत ले विशेष महाधिवेशनबाट बनेको वर्तमान नेतृत्वले पार्टीलाई इतिहासकै कमजोर अवस्थामा पुर्याएको आरोप लग...
जेष्ठ ३१ गते, २०८३ - १५:२७
काठमाडौं । काठमाडौँको माइतीघर मण्डलामा माइतीघर मण्डलामा वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन नेपालले विरोध प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा उनीह...
जेष्ठ ३१ गते, २०८३ - १५:१८
काठमाडौं । काठमाडौं महानगरपालिका ले आगामी आर्थिक वर्षका लागि सहरी विकास, विपद् व्यवस्थापन र सार्वजनिक सेवासम्बन्धी महत्वपूर्ण नीति तथा कार्यक्रम अघि स...
जेष्ठ ३१ गते, २०८३ - १५:०२
काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको छ। मन्त्रालयगत छलफलका क्र...
जेष्ठ ३१ गते, २०८३ - १४:३३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कैलाली जिल्ला अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचन प्रक्रिया तथा त्यसको नतिजा बदर गरिएको छ। रास्वपाक...
जेष्ठ ३१ गते, २०८३ - १४:२२
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई नयाँ राजनीतिक दल गठनको तयारीमा रहेका पूर्वसांसद तथा नेता डा। धवलशमशेर राणाले राप्रपाले उठ...



प्रतिकृया लेख्नुहोस्: