Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका खेलाडी करण केसीलाई एक खेलको प्रतिबन्ध र शतप्रतिशत म्याच शुल्क जरिवाना गर्ने निर्णय गरेको छ । जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका क्रममा अम्पायरको निर्णयप्रति सामाजिक सञ्जालमार्फत अशोभनीय अभिव्यक्ति दिएको ठहर गर्दै सङ्घले सो कारबाही गरेको हो ।

सङ्घद्वारा आइतबार जारी विज्ञप्ति अनुसार, प्रतियोगिताका खेलहरू सञ्चालन भइरहेको अवस्थामा केसीले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणा खेल भावना विपरीत रहेको पाइएको छ । सो अभिव्यक्तिप्रति सङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सम्बन्धित सरोकारवालासँगको समन्वयमा अनुशासनको कारबाही अगाडि बढाएको जानकारी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, 'नेपाल पुलिस क्लबका खेलाडी करण केसीले अम्पायर प्रति सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्ति खेल भावना अनुरूप नभएको ठहर गरिएको छ । सोही बमोजिम उनलाई प्रधानमन्त्री कपको एक खेलका लागि प्रतिबन्ध लगाउनुका साथै १०० प्रतिशत म्याच शुल्क जरिवाना गर्ने निर्णय गरिएको छ ।'

यस कारबाहीसँगै केसीले जारी प्रतियोगिताको आगामी एक खेल खेल्न पाउने छैनन् भने उक्त खेलबापत प्राप्त हुने पारिश्रमिक गुमाउने छन् । खेलको मर्यादा र अनुशासन कायम राख्नका लागि यस्तो कदम चालिएको सङ्घका प्रवक्ता छुम्बी लामाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, नीति तथा कार्यक्रम पारित गरिने

काठमाडौँ।नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।  सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आज बिहा...

लोमन्थाङ गाउँपालिकाले आइतबार पनि सेवा दिने

मुस्ताङ। उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिकाले आइतबार पनि सेवा दिने भएको छ । जाडोयाममा कात्तिकदेखि फागुन महिनासम्म विकास निर्माण, शैक्षिक गतिविधि समे...

सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन...

जटिल भूगोल र अव्यवस्थित सडकका कारण दुर्घटना बढिरहेको छ: आइजीपी कार्की

काठमाडौँ । नेपाली प्रहरीका प्रमुख (आइजीपी) दानबहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताए। नेप...

झापामा च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी

झापा। जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका –२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली ...

पार्टी सांसदलाई गुटबन्दीमा नलाग्न सभापति लामिछानेको निर्देशन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिएको छन्। आइतबार पार्टीका सां...

बोलपत्र प्रणाली ह्याक गरी ठेक्का मिलेमतो गरेको आरोपमा विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘बोलपत्र डटकम डट एनपी’ वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यव...

कामु प्रधानन्यायाधीशलाई रविको चुनौती: मेरो रिस गर्नुहुन्छ भने मेरो गर्धन त्यहीँ छ, चलाइदिनुस् हतियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले कानुन दिवसका अवसरमा दिएको अभिव्यक्तिप...

मन्त्री वा प्रधानमन्त्री बन्नु ठूलो कुरा होइन, हामी इतिहास लेख्ने यात्रामा छौं- रवि लामिछाने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफूहरू व्यक्तिगत जीवनी लेख्न नभई इतिहास निर्माण गर्ने यात्रामा अघि बढिरहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र...

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

बेइरुट। लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक १२ वर्षी...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending