काठमाडौं । गृहमन्त्री सुधन गुरूङले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई फेवातालको जग्गाबारे जबाफ दिएका छन्।
अध्यक्ष साम्पाङले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् गृहमन्त्री जोडिएको फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरी जानकारी गराउन भनेका थिए।
गृहमन्त्री गुरूङले आफ्नो सचिवालयमार्फत् साम्पाङलाई जबाफ दिएका छन्।
यस्तो छ जबाफ-
प्रिय माननीय हर्क सम्पाङज्यू,
तपाईं र मेरोबीच विगत लामो समयदेखि रहेको सम्बन्ध, देशको हितका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मुद्दाहरूमा सँगै अघि बढ्दै आएको यात्रा र दाजुभाइको आत्मीय सम्बन्धले अझ मजबुत बनाएको छ। यस्तो गरिमामय पदमा रहि रहँदा तपाईं र नगरिकलाई जवाफ दिनु मेरो जिम्मेवारी पनि हो।
आजभन्दा करिब ८–१० वर्ष अघि, हामी तीन जना युवा साथीहरूले मिलेर पोखराको पर्यटन विकासका लागि,विशेष गरी गाउँको विकास गर्ने उद्देश्यले, एकदमै विकट र विकास नपुगेको ठाउँ रोज्यौं। सो क्षेत्रलाई छनोट गर्नुको मुख्य कारण नै त्यहाँ पूर्वाधार र विकासको कमी हुनु थियो, र हामीले आफ्नो पहलले त्यहाँको समग्र विकासमा योगदान पुर्याउन सकिन्छ भन्ने विश्वास गरेका थियौं।
सोही क्रममा, हामीले उक्त जग्गा मेरो नाममा नभई भाडामा लिएर काम अगाडि बढाएका थियौं। त्यसबेला उक्त जग्गा ६५ मिटर क्षेत्रमा नपर्ने भनी जानकारी दिइयो, लालपुर्जा समेत देखाइयो, र त्यसैअनुसार हामीले लगानी सुरू गर्यौं। तर पछि नगरपालिकाबाट उक्त जग्गा ६५ मिटर क्षेत्रमा पर्ने तथ्य थाहा पाएपछि हाम्रो लगानी जोखिममा पर्यो।
यसले गर्दा निर्माण कार्य समेत रोक्नुपर्ने अवस्था आयो। हाम्रो लगानी र सपना दुवै डुब्यो र हामी ठगीमा परेको बल्ल हामीले महसुस गर्यौ। ठगीमा परे तापनि अरूलाई दु:ख नदिने उद्देश्यले हामी चुप्प लागेरै बस्यौँ। अवैध मानिएको जग्गामा यति ठूलो लगानी गरेर फेरि भाडा तिर्नु पर्ने अवस्था उपयुक्त देख्दैनौँ।
त्यसैले, त्यस समयमा हाम्रो युवावस्थाको आशा र विश्वासमाथि ठगी भएको महसुस गर्दै, हामी अब यस विषयमा कानुनी उपचारको बाटो रोज्ने निर्णयमा पुगेका छौं।
साथै यस विषयमा संलग्न सबै मित्रहरू तथा सञ्चारमाध्यमहरूलाई पूर्ण तथ्य नबुझी हतारमा एकतर्फी रूपमा समाचार प्रकाशन नगर्नु हुन पनि विनम्र आग्रह गर्न चाहन्छु। यथार्थ बुझेर मात्र जिम्मेवार ढंगले विषय प्रस्तुत गरिदिनुहुन अनुरोध गर्दछु। धन्यवाद।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २३ गते, २०८२ - १२:३०
काठमाडौं।अब सार्वजनिक बिदाका दिनमा पनि हुलाकमार्फत कुरियर सेवा उपलब्ध हुने भएको छ। डा। बिक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले विभिन्न निका...
चैत्र २३ गते, २०८२ - १२:२३
भिएना। तेल निर्यात गर्ने मुलुकहरूको सङ्गठन ९ओपेक० र उसका सहयोगी देशहरूले मे महिनामा दैनिक दुई लाख ६ हजार ब्यारेल तेल उत्पादन बढाउने निर्णय गरेका छन् ।...
चैत्र २३ गते, २०८२ - १२:०५
काठमाडौं। कम्बोडियामा बिनाभिसा बसिरहेका ७ जना नेपाली नागरिकको उद्धार गरिएको छ। नेपाली दूतावास बैंककले कम्बोडिया सरकार र गैरआवसीय नेपाली संघसँगको सहकार...
चैत्र २३ गते, २०८२ - ११:५७
फुङलिङ। काठमाडौँ–ताप्लेजुङ–काठमाडौँको हवाई भाडादर ३३ प्रतिशतले वृद्धि भएको छ । सोमबारबाट लागू हुनेगरी काठमाडौँ–ताप्लेजुङ–काठमाडौँको हवाई भाडादर ३३.२६ ...
चैत्र २३ गते, २०८२ - ११:४०
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले फेवातालको जग्गा प्रकरणमा आफूनै ठगिएको दाबी गर्दै न्यायका लागि अदालत जाने बताएका छन्। फेवातालको किनारमा ‘एड्भेन्च...
चैत्र २३ गते, २०८२ - ११:२२
काठमाडौं । सोमबार सुनको भाउ प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९१ ...
चैत्र २३ गते, २०८२ - ११:१३
काठमाडौं । गृहमन्त्री सुधन गुरूङले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई फेवातालको जग्गाबारे जबाफ दिएका छन्। अध्यक्ष साम्पाङले आज सामाजिक ...
चैत्र २३ गते, २०८२ - ११:०१
लहान। स्थानीयवासीहरूले कञ्चनपुर–कमला सडक निर्माण आयोजना अन्तर्गत लहान नगरपालिकाको सहरी क्षेत्रमा निर्माण कार्यले तीव्र गति लिनुपर्ने माग गरेका छन् । ...
चैत्र २३ गते, २०८२ - १०:५१
रौतहट। एसइई परीक्षाको तेस्रो दिन आइतवार रौतहटबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–६, मोतियाहीका २१ वर्षीय रंजित कुमार साह ...
चैत्र २२ गते, २०८२ - २१:०१
चितवन। रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिने भएको छ । आगामी शैक्षिक सत्रदेखि शिशु कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीलाई नि: शुल्क श...


प्रतिकृया लेख्नुहोस्: