Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

सार्वजनिक बिदामा पनि हुलाक कुरियर सेवा, ‘एक्सप्रेस वे’ प्रणाली लागू

खबरडबली संवाददाता

काठमाडौं।अब सार्वजनिक बिदाका दिनमा पनि हुलाकमार्फत कुरियर सेवा उपलब्ध हुने भएको छ। डा। बिक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले विभिन्न निकायसँगको समन्वयमा आयात–निर्यातसम्बन्धी सेवा थप सहज बनाएको जनाएको छ।

विभागका अनुसार हुलाकमार्फत हुने कुरियर सेवाका लागि अब ‘एक्सप्रेस वे’ (द्रुतमार्ग) प्रणाली प्रयोग गरिनेछ। यसबाट विदेश पठाइने तथा विदेशबाट आयात गरिएका सामानको जाँचपास छिटो, सुरक्षित र भरपर्दो हुने अपेक्षा गरिएको छ।

यो व्यवस्था हुलाक सेवा विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबीचको समन्वयमा लागू गरिएको हो। विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार लामो प्रयासपछि मन्त्रालयको निर्देशनमा यो प्रणाली कार्यान्वयनमा आएको हो।

अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुलाक कुरियरका लागि छुट्टै (डेडिकेटेड) जाँचपास प्रणाली स्थापना गरिनेछ। यससँगै सार्वजनिक बिदाका दिनमा पनि हुलाक कार्यालयबाट विदेश पठाउने र विदेशबाट आएका सामान छुटाउने सेवा उपलब्ध हुनेछ।

यसअघि गोश्वारा हुलाक कार्यालय डिल्लीबजार खुले पनि भन्सार र बैंक बन्द हुँदा सेवा प्रभावकारी हुन सकेको थिएन। अन्तरनिकाय समन्वय अभावका कारण आएको गुनासोपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चासो दिएर सुधार प्रक्रिया अघि बढाएको हो।

विभागका अनुसार गत फागुन महिनामा मात्र डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयबाट १९ हजार २ सयभन्दा बढी पुलिन्दा, पार्सल, साना प्याकेट, साधारण चिट्ठी, रजिस्ट्री चिट्ठी र बुक पोस्ट विदेशबाट आएका थिए। त्यस्तै करिब ११ हजार ७ सय यस्ता सामग्री निर्यात गरिएको थियो। पछिल्लो समय हुलाकमार्फत हुने कुरियर सेवाको माग बढ्दै गएको विभागले जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भीभीआईपी उपचार खर्च फिर्ताबारे ओली मौन, एमालेभित्रै असन्तुष्टि

काठमाडौं । गैरकानुनी रूपमा राज्य कोषबाट व्यहोरेको भीभीआईपी उपचार खर्च एमालेले पार्टी कोषबाट फिर्ता गरेपछि पार्टीभित्रै असन्तुष्टि देखिएको छ। यस विषयमा...

गोकर्णेश्वरका तीन वडामा बर्डफ्लु संक्रमण पुष्टि, नियन्त्रणका लागि विशेष अभियान

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका तीन वडामा घातक ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ (बर्डफ्लु) संक्रमण पुष्टि भएको छ। नगरपालिकाका अ...

तोलामा १३ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु एक हजार ३०० ले घटेको छ । सोमबार प्रतितोला रु दुई लाख ९२ हजार ८०० मा कारोबार भएको छापावा...

चार दिनदेखि हराएकी महिलाको शव फेला

उर्लाबारी। मोरङको उर्लाबारी–१ लक्ष्मीझारकी अन्दाजी ४५ वर्षीया सविता लिम्बूको शव बक्राहा खोला किनारमा फेला परेको छ। लिम्बू चार दिनदेखि हराइेको थिइन्। ...

कपिलवस्तुमा बस दुर्घटना, ३८ जना घाइते

कपिलवस्तु। जिल्लाको महाराजगञ्ज नगरपालिका–४ बरईपुरस्थित तौलिहवा–बहादुरगञ्ज हुलाकी सडकखण्डमा मङ्गलबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भए...

भेरी अस्पताल ‘हाइ अलर्ट’मा, हिटस्ट्रोक जोखिम बढ्यो

नेपालगन्ज। पश्चिम नेपालको बाँके, बर्दिया र कैलाली लगायतका जिल्लामा अत्यधिक गर्मीका कारण ‘हिटस्ट्रोक’ हुने जोखिम बढेपछि भेरी अस्पताललाई २४ सै घण्टा ‘हा...

बागमती प्रदेशसभाको बैठक बस्दै : नीति कार्यक्रम प्रस्तुत हुँदै

बागमती। बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ ।  प्रदेशसभाको आज साँझ ५:०० ब...

एक करोड जरिवाना तोकिएका फरार व्यक्ति पक्राउ

खजुरा। इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेले अदालतबाट एक करोड रुपियाँभन्दा बढी जरिवाना तोकिएर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । विभिन्न मु...

जनकपुरधाममा सुत्केरी मृत्यु प्रकरण: उच्चस्तरीय छानबिन समिति गठन हुने

जनकपुरधाम। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत सुत्केरी महिलाको मृत्युपछि आइतबार उच्चस्तरीय छानबिन ...

धानको समर्थन मूल्य तोकियो, यस्तो छ मन्त्रिपरिषद्को बैठकका चारवटा महत्त्वपूर्ण निर्णय

काठमाडौँ। सरकारले वर्षे धानको समर्थन मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३र८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य त...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending