Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

फेवाताल जग्गा प्रकरणमा ठगिँए, कानुनी प्रक्रियामा अगाडि बढ्नेछौं: गृहमन्त्री गुरुङ

खबरडबली संवाददाता

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले फेवातालको जग्गा प्रकरणमा आफूनै ठगिएको दाबी गर्दै न्यायका लागि अदालत जाने बताएका छन्।

फेवातालको किनारमा ‘एड्भेन्चर स्पोर्ट्स नेपाल’ सञ्चालन गर्न मन्त्री गुरुङसहित तीन जनाले जग्गा लिजमा लिएका थिए। तर उक्त जग्गा फेवातालको मापदण्ड बाहिर रहेको भन्दै आफूलाई झुक्याएर लिजमा दिइएको उनको भनाइ छ। फेवाताल अतिक्रमण गरिएको जग्गा स्वयं गृहमन्त्रीले लिजमा लिएको तथ्य सार्वजनिक भएपछि उनी विवादमा तानिएका छन्।

फेवाताल क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचनामा पोखरा महानगरपालिकाले भत्काउने काम सुरु गरेपछि मन्त्री गुरुङले आफ्नो स्पष्टीकरण दिएका हुन्।

उनका अनुसार जग्गाधनीहरूले उक्त जग्गा ६५ मिटर मापदण्डभित्र नपर्ने भन्दै विश्वास दिलाएका थिए। “लालपूर्जामा समेत जग्गा सुरक्षित रहेको देखाइयो, तर पछि नगरपालिकाबाट बुझ्दा त्यो मापदण्डभित्र पर्ने रहेछ,” उनले बताएका छन्।

अतिक्रमित जग्गा भन्ने तथ्य लुकाएर लिजमा दिइँदा आफू र साझेदार ठगिएको गुरुङको दाबी छ। उनले यस्तो जानकारी पाएलगत्तै निर्माण कार्य र लगानी रोकिएको पनि बताएका छन्।

मन्त्री गुरुङले ठगीविरुद्ध कानुनी उपचार खोज्ने स्पष्ट पारेका छन्। “हामीमाथि भएको अन्याय र ठगीविरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्नेछौं,” उनले भने।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भीभीआईपी उपचार खर्च फिर्ताबारे ओली मौन, एमालेभित्रै असन्तुष्टि

काठमाडौं । गैरकानुनी रूपमा राज्य कोषबाट व्यहोरेको भीभीआईपी उपचार खर्च एमालेले पार्टी कोषबाट फिर्ता गरेपछि पार्टीभित्रै असन्तुष्टि देखिएको छ। यस विषयमा...

गोकर्णेश्वरका तीन वडामा बर्डफ्लु संक्रमण पुष्टि, नियन्त्रणका लागि विशेष अभियान

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका तीन वडामा घातक ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ (बर्डफ्लु) संक्रमण पुष्टि भएको छ। नगरपालिकाका अ...

तोलामा १३ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु एक हजार ३०० ले घटेको छ । सोमबार प्रतितोला रु दुई लाख ९२ हजार ८०० मा कारोबार भएको छापावा...

चार दिनदेखि हराएकी महिलाको शव फेला

उर्लाबारी। मोरङको उर्लाबारी–१ लक्ष्मीझारकी अन्दाजी ४५ वर्षीया सविता लिम्बूको शव बक्राहा खोला किनारमा फेला परेको छ। लिम्बू चार दिनदेखि हराइेको थिइन्। ...

कपिलवस्तुमा बस दुर्घटना, ३८ जना घाइते

कपिलवस्तु। जिल्लाको महाराजगञ्ज नगरपालिका–४ बरईपुरस्थित तौलिहवा–बहादुरगञ्ज हुलाकी सडकखण्डमा मङ्गलबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भए...

भेरी अस्पताल ‘हाइ अलर्ट’मा, हिटस्ट्रोक जोखिम बढ्यो

नेपालगन्ज। पश्चिम नेपालको बाँके, बर्दिया र कैलाली लगायतका जिल्लामा अत्यधिक गर्मीका कारण ‘हिटस्ट्रोक’ हुने जोखिम बढेपछि भेरी अस्पताललाई २४ सै घण्टा ‘हा...

बागमती प्रदेशसभाको बैठक बस्दै : नीति कार्यक्रम प्रस्तुत हुँदै

बागमती। बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ ।  प्रदेशसभाको आज साँझ ५:०० ब...

एक करोड जरिवाना तोकिएका फरार व्यक्ति पक्राउ

खजुरा। इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेले अदालतबाट एक करोड रुपियाँभन्दा बढी जरिवाना तोकिएर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । विभिन्न मु...

जनकपुरधाममा सुत्केरी मृत्यु प्रकरण: उच्चस्तरीय छानबिन समिति गठन हुने

जनकपुरधाम। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत सुत्केरी महिलाको मृत्युपछि आइतबार उच्चस्तरीय छानबिन ...

धानको समर्थन मूल्य तोकियो, यस्तो छ मन्त्रिपरिषद्को बैठकका चारवटा महत्त्वपूर्ण निर्णय

काठमाडौँ। सरकारले वर्षे धानको समर्थन मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३र८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य त...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending