Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

सेन्सर बोर्डले ल्यायो नयाँ कार्यविधिः अब फिल्ममा कैँची नचल्ने, वर्गीकरण गरिने

खबरडबली संवाददाता

काठमाडौँ । केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड)ले नयाँ कार्यविधि ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ लागु गरेको छ । सेन्सरमा फिल्म काँटछाँट भन्दा पनि वर्गीकरणलाई जोड दिने उदेश्यसहित यो कार्यविधि ल्याइएको हो ।

अब सेन्सरले फिल्मको सेन्सर गर्दा कुन समूहका दर्शकले हेर्न पाउने वर्गीकरणमा जोड दिनेछ । कार्यविधिको बुँदा नम्बर ५ मा वर्गीकरणको विषय समेटिएको छ । जसमा भनिएको छ, ‘समितिले चलचित्रको विषयवस्तु, संवाद, दृश्य तथा बालबालिका एवं किशोर किशोरीको मनोस्वास्थ्यलाई चलचित्र प्रयोग भएका हिंसा, यौन, नग्नता, लागुपदार्थ, भाषा, कथाको सन्दर्भ, उद्देश्य र कथाको मूल थिम समेतलाई मध्यनजर गरि चलचित्र हेर्न दर्शकको उमेर समूह लक्षित वर्गीकरण गरी चलचित्रलाई सार्वजनिक प्रदर्शन गर्न देहाय बमोजिमको लोगो अङ्कित प्रमाण पत्र दिनुपर्नेछ ।’

यसै बुँदाको क, ख ग र घमा फिल्मको वर्गीकरण गरिएको छ ।

चलचित्र सेन्सर प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र झन्झटमुक्त बनाउन ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धि कार्यविधि २०८२’ ल्याइएको सेन्सर बोर्ड सदस्य कुबेर गिरीले बताए । सेन्सर बोर्डमा अहिले अध्यक्ष, विज्ञदेखि सबै समितिका सदस्य नयाँ भएको र फिल्मको सेन्सर समेत नयाँ तरिकाबाट हुँदै आएको गिरीको भनाई छ ।

‘हाम्रो टिम आएदेखिनै फिल्मको सेन्सरमा सहज गर्दै आएका छौँ’, गिरीले भने ‘सेन्सरमा कैची होइन, वर्गीकरणमा जोड दिइन्छ ।’ पछिल्लो समय कुनै पनि फिल्ममा सेन्सरले कैची नचलाएको गिरीले दाबी छ ।

‘आफ्नो फिल्म कस्तो बन्छ भनेर निर्माता निर्देशकलाई स्क्रिप्ट देखि नै थाहा हुन्छ । तर उहाँहरु एकथरी फिल्म ल्याएर एकथरी सर्टिफिकेट माग्नुहुन्छ ’, गिरीले भने ‘हामीले जस्तो फिल्म त्यस्तैबर्गिकरण भन्दा आफै फिल्मको यो योे सिन हटाउछु भन्दै काटेर ल्याउनु हुन्छ ।’ सेन्सर सर्टिफिकेट पाएपछि बाहिर गएर सेन्सर काट्यो भनेर हल्ला फिजाउने गरेको गिरीले सुनाए ।

समितिले ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ मा पुसदेखि लागु भएको ‘चलचित्र जाँच सम्बन्धी कार्यविधि २०८२’ को सातौँ  बुँदामा रहेको ‘समितिले चलचित्र जाँच गरि प्रदर्शन गर्न अधिकार प्रत्यायोजन गरेको अवस्थामा बाहेक समितिबाट जाँचपास भएका चलचित्र मात्र महोत्सवमा प्रदर्शन गर्न पाइनेछ’लाई पनि हटाएको छ ।

केहीअघि ल्याएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’का केही बुँदामा विवादित बनेपछि समितिले नयाँ कार्यविधि ल्याएको हो ।

समितिको नयाँ कार्यबिधिले पनि सेल्फ सेन्सर पद्धतिलाई जोड दिएको छ । फिल्मकर्मीलाई सेन्सर गर्न सजिलो होस् भनेर स्वयंले जाँच गर्ने (सेल्फ सेन्सर) पद्धतिअगाडि बढाइएको हो । त्यसका लागि बोर्डले एउटा फारमको समेत व्यवस्था गरेको छ । जसबाट चलचित्रकर्मीले आफ्नो फिल्ममा सेन्सरबाट देखिने त्रुटि आफैंले पत्ता लगाउन सक्नेछन् । सेल्फ सेन्सर अन्तर्गत रहेर चलचित्रकर्मीले आफ्नो फिल्म बुझाउँदा फिल्म सेन्सर सहज हुने र चलचित्रकर्मीले व्यहोर्नुपर्ने विभिन्न झन्झटबाट मुक्त भई सेन्सर बोर्ड र चलचित्रकर्मी दुवैको समय बचत बोर्ड सदस्य गिरीले जानकारी दिए ।

‘सेल्फ सेन्सर पद्धती अघिबढेसँगै पछिल्लो समय फिल्म सेन्सर गर्ने फिल्मकर्मीले सहजमहसुस गरेका छन्’, गिरीभन्छन् ‘यसले सेन्सर बोर्ड र चलचित्रकर्मीलाई अनावश्यक झन्झट व्यहोर्नुपर्ने अवस्थाबाट मुक्त गर्छ ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेन्सर बोर्डले ल्यायो नयाँ कार्यविधिः अब फिल्ममा कैँची नचल्ने, वर्गीकरण गरिने

काठमाडौँ । केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड)ले नयाँ कार्यविधि ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ लागु गरेको छ । से...

कांग्रेसको आधिकारिकता विवादमाथि आयोगको अध्ययन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा पक्षको आधिकारिकता दाबीमाथि निर्वाचन आयोगले अध्ययन सुर...

यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।   समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...

कार्यवाहक सभापति खड्काले आज २ बजे पत्रकार सम्मेलन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । खड्काले नेता शेखर कोइरालासहित आज...

कांग्रेस संस्थापन पक्ष आयोगमा, ८८५ प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको दाबी

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले आफूहरू नै आधिकारिक पार्टी भएको दाबीसहित निर्वाचन आयोगमा निवेदन दिएको छ । कार...

आजपनि बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो...

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु, एक घाइते

काठमाडौँ । झापा, नवलपरासी र कञ्चनपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । झापाको बिर्ताम...

कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

पाेखरा । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ ।  कास्कीका सहायक प्रमुख जि...

प्रदर्शनकारीका शव फिर्ता गर्न इरानी अधिकारीले करोडौँ तोमान मागेको खुलासा

काठमाडाैं । इरानमा हालै भएका विरोध प्रदर्शनका क्रममा मारिएका व्यक्तिहरूका शव परिवारलाई फिर्ता दिन सरकारी सुरक्षा निकायले ठुलो रकम मागिरहेको खुलासा भएक...

निर्वाचन आयोगमा सुरक्षाकर्मीको संख्या बढाइयो

काठमाडौँ । निर्वाचन आयोग परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली कांग्रेसभित्र चर्किँदै गएको आन्तरिक विवाद र सोही सन्दर्भमा नेता–कार्यकर्ताहरू...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending