Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

लमजुङमा बाहिरबाट कुखुरा–अण्डा ल्याउन प्रतिबन्ध

खबरडबली संवाददाता

लमजुङ। लमजुङमा बर्ड फ्लू रोगको सम्भावित जोखिमलाई मध्यनजर गर्दै बाह्य जिल्लाबाट कुखुरा र अण्डा आयातमा प्रतिबन्ध लगाउने निर्णय गरिएको छ । मंगलबार जिल्लास्थित पोल्ट्री व्यवसायीहरूसँगको छलफलपछि बसेको जिल्ला बर्डफ्लू नियन्त्रण समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालको अध्यक्षतामा सम्पन्न बैठकमा सदस्य सचिव एवम् भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा। सुनिल न्यौपानेले बर्डफ्लू संक्रमणको जोखिम, सम्भाव्यता र जिल्लाको अवस्थाबारे जानकारी गराउनुभएको थियो । हाल चितवन लगायतका विभिन्न स्थानमा देखिएको बर्डफ्लू संक्रमण जिल्लामा फैलिन नदिन तयारी कुखुरा, अण्डा तथा अन्य मासुजन्य वस्तुहरूको आयातमा रोक लगाउने निर्णय गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. सुनिल न्यौपानेले जानकारी दिए । यद्यपि, जिल्ला बाहिरबाट कुखुराका चल्ला ल्याउनुपरेमा अनिवार्य रूपमा भेटेरिनरी जाँच प्रमाणपत्र लिनुपर्ने व्यवस्था गरिएको छ ।

जिल्लामा पछिल्ला वर्षहरूमा कुनै पनि पन्छीमा बर्डफ्लू संक्रमण नदेखिएको उल्लेख गर्दै आगामी दिनमा पनि रोग फैलिन नदिन उच्च सतर्कता अपनाउने निर्णय बैठकले गरेको छ । रोग नियन्त्रणका लागि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लाका कुखुरा फार्महरूमा नियमित नमुना परीक्षणलाई निरन्तरता दिने जनाएको छ । यसका अतिरिक्त, बर्डफ्लूसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र सञ्चार माध्यममार्फत सूचना प्रवाह गर्ने योजना पनि बनाइएको छ ।

बर्ड फ्लू भाइरसजन्य पन्छी रोग हो, जुन मुख्यत: जंगली पन्छीहरूमा स्वाभाविक रूपमा पाइन्छ । यो कुखुरामा अत्यन्तै संक्रामक रोगका रूपमा फैलिन्छ र संक्रमित पन्छीसँगको सम्पर्कबाट सजिलै सर्ने गर्दछ । यस रोगका कारण विभिन्न समयमा कुखुरा पालन व्यवसायले ठूलो क्षति बेहोर्नुपरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ।  अख्तियार निकट स्रोतका अनुसार राहदानी ...

सुनको भाउ बढ्यो, चाँदी घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन सयले बढेको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु २५ ले घटेको छ । सोमबार प्रतितोला रु दुई लाख ९८...

सेफ सन्तोष साह साधारण तारेखमा रिहा

काठमाडौं । बैंकिङ कसुर तथा ठगीको आरोपमा पक्राउ परेका चर्चित सेफ सन्तोष साह साधारण तारेखमा रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी ...

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

बारा । बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय सोभालाल चौधरी रहेका छन् ।...

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौँ । चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन ९सिपिपिसिसी०को राष्ट्रिय समितिका अध्यक...

रास्वपा कर्णाली अधिवेशनमा प्यानलगत मत मागिएको भन्दै विवाद

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कर्णाली प्रदेश अधिवेशनमा प्यानलगत रूपमा मत मागिएको नमूना मतपत्र वितरण भएपछि सभापति पदका प्रतिस्पर्धी ...

‘बिवाइडी’ विद्युतीय सवारी साधन फुकुवा

मुस्ताङ । मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बिवाइडी कम्पनीको चाइनिज विद्युतीय सवारी साधनलाई फुकुवा गरिएको छ । सशस्त्र प्रहरी ...

सामुदायिक वनको आम्दानी, संरक्षणसँगै गाउँको विकास

अर्घाखाँची। अर्घाखाँचीका सामुदायिक वनले काठदाउरा बिक्रीबाट हुने आम्दानीलाई विकासनिर्माण, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना र सामाजिक सेवामा लगानी गर्दै...

रातभर बसेर करका दर चलायो भन्ने आरोपप्रति मेरो खेद छ: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटमा करका दर हेरफेर गरिएको विषयमा उठेका विवादप्रति प्रतिक्रिया दिँदै विगतका अर्थमन्त्रीहरूले समेत यस्ता ...

५० हजार मेट्रिक टन रासायनिक मल आयात अन्तिम चरणमा

काठमाडौँ । सरकारले भारतसँगको सरकार–देखि–सरकार (जीटूजी) सम्झौताअन्तर्गत पहिलो चरणमा ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अन्तिम चरणमा पु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending