Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

रमेश लेखक अदालतमा उपस्थित, ओलीलाई पनि आजै पेश गरिने

खबरडबली संवाददाता

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।

शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आइतबार मात्र अदालतमा पेश गरिएको हो। आजै पूर्वप्रधानमन्त्री तथा नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओलीलाई पनि अदालतमा उपस्थित गराइने जनाइएको छ।

गत भदौ २३–२४ गते जेनजी पुस्ताको प्रदर्शन हिंसात्मक बन्दा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो भने दुई हजार चार सयभन्दा बढी प्रदर्शनकारी गम्भीर घाइते भएका थिए। उक्त प्रदर्शनका क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रहरी कार्यालय, व्यापारिक प्रतिष्ठान तथा निजी निवासमा आगजनी, तोडफोड र लुटपाट भएका थिए।

घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको थियो।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि चैत १३ गते प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो। त्यसअनुसार चैत १४ गते बिहान प्रहरीले ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट र लेखकलाई कटुन्जेस्थित निवासबाट नियन्त्रणमा लिएको थियो।

नियन्त्रणपछि ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो र चिकित्सकको सल्लाहअनुसार त्यहीँ भर्ना गरिएको छ। लेखकलाई भने महाराजगञ्जस्थित प्रहरीको दुई नम्बर गणमा राखिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुन्धारा कारागारबाट जन्मकैद सजाय भोगिरहेकी महिला फरार

काठमाडौं । सुन्धारा कारागार बाट जन्मकैद सजाय भोगिरहेकी एक महिला कैदी मध्यराति फरार भएकी छन्। फरार हुनेमा विदुर नगरपालिका निवासी २५ वर्षीया सपना ताम...

पेन्टीभित्र ब्राउनसुगर लुकाएर ल्याउने पक्राउ

बिर्तामोड। भारतबाट पेन्टीभित्र लागूऔषध लुकाएर ल्याउने एक युवक मेचीनगरबाट पक्राउ परेका छन् । मेचीनगर ६ पुरानो मेची पुलमुनि पैदल मार्ग हुँदै भारतबाट ...

युवा पुस्ताको भावना सम्बोधन गर्न संविधान संशोधन आवश्यक: उपसभापति शर्मा

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको समृद्धि र नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न संविधान संशोधनको प्रक्रियालाई गम्भीरताप...

देशका मुद्दामा केन्द्रित हुन कांग्रेस तयार हुनुपर्छ - गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसभित्रको आन्तरिक विवादभन्दा देशका प्रमुख मुद्दामा केन्द्रित हुने समय आएको बताएका छन्। आइत...

एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति

काठमाडौँ। आर्थिक वर्ष  २०९२ /९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत...

ललितपुरको विचार गोष्ठी कार्यक्रममा तनावग्रस्त, कमल थापाले अँठ्याए एक युवकको घाँटी

काठमाडौं । ललितपुरस्थित हिमालय होटलमा आयोजित “वैदिक सनातन हिन्दु अधिराज्य नेपाल” विषयक विचार गोष्ठीमा राप्रपा पूर्वअध्यक्ष कमल थापा सहभागी हुँदा कार्य...

बुटवलमा सुकुमवासीको प्रदर्शन, वैकल्पिक व्यवस्था बिना बस्ती हटाएको आरोप

बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौँदेखि बसोबास गर्दै आएका बस्तीहरू वैकल्पिक व्यवस्था बिना हटाएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोबा...

कांग्रेसका सांसदसँग संसदीय मामिलाबारे छलफल

काठमाडौं । नेपाली कांग्रेसले आज आफ्ना संघीय सांसदहरूसँग समसामयिक राजनीतिक घटनाक्रम तथा संसदीय गतिविधिबारे छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय स...

भानु नगरपालिकामा कृषकलाई नै अनुगमनको जिम्मेवारी

तनहुँ। तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीमा पूर्ण पारदर्शिता ल्याउन नयाँ नीति अघि सारेको छ । नगरपालिकाले आर्थिक ...

दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएको छन्। टोखा नगरपालिकाले आज आय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending