काठमाडौं । केपी शर्मा ओली हाल त्रिवि शिक्षण अस्पताल मा उपचाररत रहेका छन्। शनिबार बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल लगिएको थियो।
आकस्मिक कक्षमा प्रारम्भिक परीक्षण गरिएपछि चिकित्सकको सल्लाहअनुसार उनलाई भर्ना गरिएको हो। ओली हाल ‘एनेक्स वान’ भवनको ५०१ नम्बर बेडमा उपचार गरिरहेका छन् र थप स्वास्थ्य परीक्षण जारी रहेको छ।
उपचारमा संलग्न एक चिकित्सकका अनुसार ओलीको स्वास्थ्य अवस्थाबारे विभिन्न शारीरिक परीक्षण भइरहेको छ। उनलाई मिर्गौला र मुटु रोग विशेषज्ञहरूको निगरानीमा राखिएको छ। अस्पताल ल्याउँदा उनको मुटुको चाल बढेको र पेट दुखेको गुनासो रहेको चिकित्सकले बताएका छन्।
एक्सरे परीक्षण गर्दा पेटमा ढुंगा देखिएको र सोही कारण पेट दुखेको हुनसक्ने अनुमान गरिएको छ। हाल पेट रोग विशेषज्ञले पनि उनको उपचार गरिरहेका छन्। मुटुको अवस्था मूल्यांकन गर्न ‘इको’ परीक्षण गरिएको छ भने मिर्गौलासम्बन्धी परीक्षणहरू पनि भइरहेको छ।
ओलीले यसअघि दुई पटक मिर्गौला प्रत्यारोपण गराइसकेका छन् र नियमित रूपमा इम्युनोसप्रेसिभ औषधि सेवन गर्दै आएका छन्। साथै, मुटुको एन्जियोप्लास्टिकपछि सम्बन्धित औषधि, एन्टिबायोटिक तथा थाइरोइडका औषधिहरू पनि सेवन गरिरहेका छन्।
प्रत्यारोपण गराएका बिरामीमा संक्रमणको जोखिम उच्च हुने भएकाले उनलाई अस्पतालको क्याबिनमा राखेर निगरानीसहित उपचार भइरहेको चिकित्सकले जनाएका छन्। सबै परीक्षणको रिपोर्ट आएपछि मात्र डिस्चार्ज गर्ने वा थप उपचार आवश्यक पर्ने निर्णय गरिनेछ।
आज सार्वजनिक बिदा परेकाले उनीहरूलाई आइतबार अदालतमा पेस गर्ने तयारी गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८३ - १७:२७
काठमाडौं । सुन्धारा कारागार बाट जन्मकैद सजाय भोगिरहेकी एक महिला कैदी मध्यराति फरार भएकी छन्। फरार हुनेमा विदुर नगरपालिका निवासी २५ वर्षीया सपना ताम...
जेष्ठ ३ गते, २०८३ - १७:११
बिर्तामोड। भारतबाट पेन्टीभित्र लागूऔषध लुकाएर ल्याउने एक युवक मेचीनगरबाट पक्राउ परेका छन् । मेचीनगर ६ पुरानो मेची पुलमुनि पैदल मार्ग हुँदै भारतबाट ...
जेष्ठ ३ गते, २०८३ - १६:३०
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको समृद्धि र नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न संविधान संशोधनको प्रक्रियालाई गम्भीरताप...
जेष्ठ ३ गते, २०८३ - १५:५३
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसभित्रको आन्तरिक विवादभन्दा देशका प्रमुख मुद्दामा केन्द्रित हुने समय आएको बताएका छन्। आइत...
जेष्ठ ३ गते, २०८३ - १५:४०
काठमाडौँ। आर्थिक वर्ष २०९२ /९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत...
जेष्ठ ३ गते, २०८३ - १५:११
काठमाडौं । ललितपुरस्थित हिमालय होटलमा आयोजित “वैदिक सनातन हिन्दु अधिराज्य नेपाल” विषयक विचार गोष्ठीमा राप्रपा पूर्वअध्यक्ष कमल थापा सहभागी हुँदा कार्य...
जेष्ठ ३ गते, २०८३ - १४:३८
बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौँदेखि बसोबास गर्दै आएका बस्तीहरू वैकल्पिक व्यवस्था बिना हटाएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोबा...
जेष्ठ ३ गते, २०८३ - १३:५६
काठमाडौं । नेपाली कांग्रेसले आज आफ्ना संघीय सांसदहरूसँग समसामयिक राजनीतिक घटनाक्रम तथा संसदीय गतिविधिबारे छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय स...
जेष्ठ ३ गते, २०८३ - १३:३८
तनहुँ। तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीमा पूर्ण पारदर्शिता ल्याउन नयाँ नीति अघि सारेको छ । नगरपालिकाले आर्थिक ...
जेष्ठ ३ गते, २०८३ - १३:२३
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएको छन्। टोखा नगरपालिकाले आज आय...



प्रतिकृया लेख्नुहोस्: