काठमाडौँ। नेकपा एमालेका नेताहरूले पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि सरकारको गिरफ्तारीलाई ‘राजनीतिक प्रतिशोध’ भन्दै कडा आपत्ति जनाएका छन्।
उपाध्यक्ष गोकर्ण विष्टले शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारमाध्यमसँग कुरा गर्दै सरकारको कदमको कडा निन्दा गरे । उनले भने, “यो राजनीतिक प्रतिशोध हो। म यसको निन्दा गर्दछु र अविलम्ब हाम्रो पार्टीको अध्यक्षलाई रिहा गर्न माग गर्दछु।” विष्टले कार्यकर्ताहरूलाई संयमित रहँदै न्यायको पक्षमा उभिन पनि आग्रह गरे।
यसैगरी, एमालेका नेता एवम् पूर्वमन्त्री प्रदीप ज्ञवालीले पार्टी अध्यक्ष ओलीलाई पक्राउ गरेर ‘राजनीतिक प्रतिशोध’ साँधेको बताएको छन् । उनले सरकारका कदमहरू पूर्वाग्रही रहेको भन्दै यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिए । ज्ञवालीले एमाले विरुद्ध भइरहेका घेराबन्दीलाई चिर्न पार्टीले देशव्यापी अभियान सञ्चालन गर्ने समेत संकेत गरे । यसबाट सत्तापक्ष र प्रतिपक्षबिचको दूरी अझ बढ्ने देखिएको छ ।
उनले भने, ‘‘यो प्रतिशोध हो । यसको हामीले कानुनी र राजनीतिक दुवै ढङ्गले प्रतिवाद गर्छौं । हामीले आफ्नो धारणा भनिसकेका छौँ, यो राजनीतिक प्रतिशोध हो । र प्रतिशोधको कानुनी र राजनीतिक दुवै ढङ्गले प्रतिवाद हुन्छ ।’’
यसैगरी, अर्का एमाले नेता विशाल भट्टराईले पनि सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै प्रतिशोधपूर्ण कदम चालेको आरोप लगाए। उनले भने, “प्रतिवेदन आफैँ विवादित छ। यसले २३ गतेको घटनालाई मात्र दोषी ठहर गर्छ, २४ गतेको ठूलो विध्वंशलाई बेवास्ता गर्छ। आयोगको संयोजक गौरीबहादुर कार्की पूर्वाग्रही हुनुहुन्छ।
यस्तो प्रतिवेदनलाई आधार बनाएर अघि बढ्नु भनेको प्रतिशोध बाहेक केही होइन।” भट्टराईले सरकारको कदमले स्थायी शान्ति र स्थिरता सुनिश्चित नहुने पनि बताए।
एमाले नेता एवं पूर्वगृहमन्त्री खगराज अधिकारीले पनि गिरफ्तारीलाई ‘गैरकानुनी र प्रतिशोधपूर्ण’ भन्दै आलोचना गरे। उनले भने, “अध्यक्ष ओलीलाई बिना शर्त तुरुन्त रिहा गर्नुपर्छ। यो गिरफ्तारी संविधान, कानुन र न्यायको हिसाबले पूर्णतया विपरीत छ। सरकारको यस कदमले देशमा द्वन्द्वको आगो बलाउँछ। एमाले कानुनी र सडक दुवै मोर्चाबाट यसको प्रतिवाद गर्न तयार छ।”
यसैबिच, सरकारले ओलीलाई ज्यानसम्बन्धी कसुरमा शनिबार बिहान गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८३ - १७:५६
काठमाडौं । नेपाल बार एशोसिएशन ललितपुर को २९औं कार्यसमिति निर्वाचनमा नेकपा निकट कानुन व्यवसायीहरूले प्रभावशाली जित हासिल गरेका छन्। शनिबार सम्पन्न निर्...
जेष्ठ ३ गते, २०८३ - १७:२७
काठमाडौं । सुन्धारा कारागार बाट जन्मकैद सजाय भोगिरहेकी एक महिला कैदी मध्यराति फरार भएकी छन्। फरार हुनेमा विदुर नगरपालिका निवासी २५ वर्षीया सपना ताम...
जेष्ठ ३ गते, २०८३ - १७:११
बिर्तामोड। भारतबाट पेन्टीभित्र लागूऔषध लुकाएर ल्याउने एक युवक मेचीनगरबाट पक्राउ परेका छन् । मेचीनगर ६ पुरानो मेची पुलमुनि पैदल मार्ग हुँदै भारतबाट ...
जेष्ठ ३ गते, २०८३ - १६:३०
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको समृद्धि र नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न संविधान संशोधनको प्रक्रियालाई गम्भीरताप...
जेष्ठ ३ गते, २०८३ - १५:५३
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसभित्रको आन्तरिक विवादभन्दा देशका प्रमुख मुद्दामा केन्द्रित हुने समय आएको बताएका छन्। आइत...
जेष्ठ ३ गते, २०८३ - १५:४०
काठमाडौँ। आर्थिक वर्ष २०९२ /९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत...
जेष्ठ ३ गते, २०८३ - १५:११
काठमाडौं । ललितपुरस्थित हिमालय होटलमा आयोजित “वैदिक सनातन हिन्दु अधिराज्य नेपाल” विषयक विचार गोष्ठीमा राप्रपा पूर्वअध्यक्ष कमल थापा सहभागी हुँदा कार्य...
जेष्ठ ३ गते, २०८३ - १४:३८
बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौँदेखि बसोबास गर्दै आएका बस्तीहरू वैकल्पिक व्यवस्था बिना हटाएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोबा...
जेष्ठ ३ गते, २०८३ - १३:५६
काठमाडौं । नेपाली कांग्रेसले आज आफ्ना संघीय सांसदहरूसँग समसामयिक राजनीतिक घटनाक्रम तथा संसदीय गतिविधिबारे छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय स...
जेष्ठ ३ गते, २०८३ - १३:३८
तनहुँ। तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीमा पूर्ण पारदर्शिता ल्याउन नयाँ नीति अघि सारेको छ । नगरपालिकाले आर्थिक ...



प्रतिकृया लेख्नुहोस्: