काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणतर्फ पुग्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वर्चस्व कायम देखिएको छ।
निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार हालसम्म कुल ८५ लाख ९३ हजार ४४० मत गणना भइसकेको छ। गणना गरिएको मतमध्ये रास्वपाले झण्डै आधा अर्थात् ४८.३१ प्रतिशत मत प्राप्त गर्दै सबैभन्दा ठूलो दल बन्ने निश्चित देखिएको छ। घण्टी चुनाव चिन्हमा हालसम्म ४१ लाख ५१ हजार २५७ मत प्राप्त भएको छ, जुन नेपाली निर्वाचन इतिहासमा समानुपातिकतर्फ कुनै पनि दलले पाएको ठूलो जनमत मानिएको छ।
परम्परागत शक्ति मानिने नेपाली कांग्रेस र नेकपा (एमाले)को मत परिणाम भने यसपटक उल्लेख्य रूपमा घटेको देखिएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६.१७ प्रतिशत अर्थात् १३ लाख ८९ हजार ९६६ मत प्राप्त गरेको छ। त्यस्तै तेस्रो स्थानमा रहेको नेकपा (एमाले)ले १३.६६ प्रतिशत मतका साथ ११ लाख ७३ हजार ५६१ मत प्राप्त गरेको छ।
अन्य दलमध्ये नेपाली कम्युनिस्ट पार्टीले ७.०९ प्रतिशत मतका साथ ६ लाख ९ हजार २०८ मत प्राप्त गरेको छ। नयाँ शक्तिको रूपमा देखिएको श्रम संस्कृति पार्टीले ३.५० प्रतिशत अर्थात् ३ लाख १ हजार १२९ मत प्राप्त गर्दै राष्ट्रिय दलको मान्यता पाउन आवश्यक थ्रेसहोल्ड पार गर्ने देखिएको छ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ३.२८ प्रतिशत मतसहित २ लाख ८२ हजार ५५ मत प्राप्त गर्दै छैटौँ स्थानमा रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २५ गते, २०८२ - १४:३८
काठमाडौँ । किशोरी साह कमलले राष्ट्रिय स्वतन्त्र पार्टी तर्फबाट धनुषा–१ मा उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट नि...
फाल्गुन २५ गते, २०८२ - १४:२२
काठमाडौँ । प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिक मतमा करिब तीन लाख आठ हजार ६५६ मत प्राप्त गरेको छ। कुल ८८ लाख ४८ हजार १४८ मत ...
फाल्गुन २५ गते, २०८२ - १४:०३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापा जिल्ला क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित...
फाल्गुन २५ गते, २०८२ - १३:४५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि 'सम्पत्ति शुद्धीकरण' र संगठित अपराध महान्यायाधिवक्ता कार्यालयको निर्...
फाल्गुन २५ गते, २०८२ - १३:३४
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले निर्वाचन मार्फत जनताले पार्टीको नीति र नेतृत्व अस्वीकृत गरेको बताएका छन्। भट्टराईले सामाजिक सञ्ज...
फाल्गुन २५ गते, २०८२ - १३:१२
काठमाडौँ । भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शन र उच्छृङ्खल गतिविधिको छानबिन गर्न गठित आयोगले तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङलाई फौजदारी कानुनअनुसार म...
फाल्गुन २५ गते, २०८२ - १३:०२
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणतर्फ पुग्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप...
फाल्गुन २५ गते, २०८२ - १२:२०
काठमाडौं । सोमबार सेयर बजारमा लगातार तीन पटक सकारात्मक सर्किट ब्रेक लागेसँगै आजका लागि कारोबार स्थगित गरिएको छ। कुल ६ प्रतिशतले बजार बढेपछि तेस्रो सर्...
फाल्गुन २५ गते, २०८२ - १२:०४
काठमाडौँ । सर्लाही जिल्ला र सिन्धुली जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। सर्लाहीको कविलासी नगरपालिका–७ गैरस्थित सड...
फाल्गुन २५ गते, २०८२ - ११:४२
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी बजारमा सुनको मूल्य तोलामा ३ हजार ७०० रुपैयाँले घट्दै ३ लाख १३ हजार २०० रुपैयाँ ...



प्रतिकृया लेख्नुहोस्: