काठमाडौँ । सर्लाही जिल्ला र सिन्धुली जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
सर्लाहीको कविलासी नगरपालिका–७ गैरस्थित सडकमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको हो। गैरबाट कविलासीतर्फ जाँदै गरेको बीआर ३० एपी २३१५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका कविलासी नगरपालिका–८ का २३ वर्षीय पपु साहको प्रादेशिक अस्पताल मलंगवामा उपचारका क्रममा मृत्यु भएको हो।
उक्त दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक जना पनि घाइते भएका छन्। उनलाई थप उपचारका लागि वीरगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ।
यस्तै, सिन्धुलीको कमलामाई नगरपालिका–९ इनारपानीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। सिन्धुलीबाट दुधौली नगरपालिकातर्फ जाँदै गरेको प्र।१–०५–००१ प ९५५७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही स्थानकी ८२ वर्षीया कौशिला माया गिरी गम्भीर घाइते भएकी थिइन्।
घाइते गिरीलाई उपचारका लागि शुभस्वस्तिक अस्पताल बर्दीबास पुर्याइएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २५ गते, २०८२ - १४:०३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापा जिल्ला क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित...
फाल्गुन २५ गते, २०८२ - १३:४५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि 'सम्पत्ति शुद्धीकरण' र संगठित अपराध महान्यायाधिवक्ता कार्यालयको निर्...
फाल्गुन २५ गते, २०८२ - १३:३४
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले निर्वाचन मार्फत जनताले पार्टीको नीति र नेतृत्व अस्वीकृत गरेको बताएका छन्। भट्टराईले सामाजिक सञ्ज...
फाल्गुन २५ गते, २०८२ - १३:१२
काठमाडौँ । भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शन र उच्छृङ्खल गतिविधिको छानबिन गर्न गठित आयोगले तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङलाई फौजदारी कानुनअनुसार म...
फाल्गुन २५ गते, २०८२ - १३:०२
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणतर्फ पुग्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप...
फाल्गुन २५ गते, २०८२ - १२:२०
काठमाडौं । सोमबार सेयर बजारमा लगातार तीन पटक सकारात्मक सर्किट ब्रेक लागेसँगै आजका लागि कारोबार स्थगित गरिएको छ। कुल ६ प्रतिशतले बजार बढेपछि तेस्रो सर्...
फाल्गुन २५ गते, २०८२ - १२:०४
काठमाडौँ । सर्लाही जिल्ला र सिन्धुली जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। सर्लाहीको कविलासी नगरपालिका–७ गैरस्थित सड...
फाल्गुन २५ गते, २०८२ - ११:४२
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी बजारमा सुनको मूल्य तोलामा ३ हजार ७०० रुपैयाँले घट्दै ३ लाख १३ हजार २०० रुपैयाँ ...
फाल्गुन २५ गते, २०८२ - ११:३२
काठमाडौं । सोमबार सेयर बजारमा दोस्रो पटक सर्किट ब्रेक लागेको छ। पहिलो सर्किट ब्रेक लागेर २० मिनेटपछि खुलेको बजारमा पुन: तीव्र वृद्धि भएपछि दोस्रो स...
फाल्गुन २५ गते, २०८२ - ११:२५
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका मातृकाप्रसाद यादवलाई विजयी भएको प्र...



प्रतिकृया लेख्नुहोस्: