Khabar Dabali २५ फाल्गुन २०८२ सोमबार | 9th March, 2026 Mon
Investment bank

रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधनविरुद्ध रिटको सुनुवाइ आज

खबरडबली संवाददाता

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि 'सम्पत्ति शुद्धीकरण' र संगठित अपराध महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटको सुनुवाइ आज हुने भएको छ।

सुनुवाइका लागि नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा पेशी तोकिएको छ। रिट निवेदक अधिवक्ता दिनेश त्रिपाठी, युवराज सफल लगायतले महान्यायाधिवक्ताको उक्त निर्णय बदर गर्न सर्वोच्चमा रिट दायर गरेका हुन्।

रिटमा महान्यायाधिवक्ता कार्यालय, विभिन्न सरकारी वकिल कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय लगायत विपक्षी बनाइएका छन्। निवेदकहरूले लामिछानेविरुद्धको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी अभियोग कमजोर नबनाउने र कानुनी प्रक्रियामा अवरोध नपर्ने परमादेश माग गरेका छन्।

साथै, रिट निवेदकहरूले महान्यायाधिवक्ता कार्यालयको निर्णय अन्तिम फैसला नभएसम्म कार्यान्वयन नगर्न र कुनै कानुनी प्रक्रिया अपनाउन नदिने अन्तरिम आदेशको माग समेत गरेका छन्।

महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते लामिछानेमाथिको उक्त अभियोग संशोधन गर्ने निर्णय गरेको थियो। त्यसबेला महान्यायाधिवक्ता सविता भण्डारीले आसन्न निर्वाचनलाई लक्षित गर्दै लामिछानेलाई उम्मेदवारी दिने र निर्वाचित भएमा राजनीतिक अधिकार उपभोग गर्ने बाटो खुल्ने गरी निर्णय गरेकी थिइन्।

लामिछानेले आफूविरुद्ध लगाइएका मुद्दामध्ये सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन निवेदन गरेपछि महान्यायाधिवक्ताले संशोधन निर्णय फिर्ता लिएको थियो। उक्त निर्णयलगत्तै सर्वोच्चमा रिट परेको हो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापामा गौरादह मेयर छत्रपति सुवेदीमाथि हातपात, आरोपी पक्राउ

विराटनगर। झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि आइतबार साँझ अभद्र व्यवहारसहित हातपात भएको छ। प्रहरीका अनुसार, गौरादह–५, राजपति चोक, चप्...

राष्ट्रिय सभाका निर्वाचित सांसदले गरे शपथ ग्रहण

काठमाडौँ । माघ ११ गतेको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा पद तथा गोपनीयताको ...

धनुषा–१ मा किशोरी साह कमलको उम्मेदवारी खारेजविरुद्ध सर्वोच्चमा प्रारम्भिक सुनुवाइ

काठमाडौँ । किशोरी साह कमलले राष्ट्रिय स्वतन्त्र पार्टी तर्फबाट धनुषा–१ मा उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट नि...

प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकमा तीन लाख कटायो

काठमाडौँ । प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिक मतमा करिब तीन लाख आठ हजार ६५६ मत प्राप्त गरेको छ। कुल ८८ लाख ४८ हजार १४८ मत ...

बालेनले यो निर्वाचनमा कति पैसा खर्च गरे ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापा जिल्ला क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित...

रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधनविरुद्ध रिटको सुनुवाइ आज

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि 'सम्पत्ति शुद्धीकरण' र संगठित अपराध महान्यायाधिवक्ता कार्यालयको निर्...

कमरेडहरू, हामी ढलेका मात्र हौ, मरेका होइनौं, पार्टी नीति र नेतृत्व पुनर्गठन गरौं: योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले निर्वाचन मार्फत जनताले पार्टीको नीति र नेतृत्व अस्वीकृत गरेको बताएका छन्। भट्टराईले सामाजिक सञ्ज...

जेनजी आयोगको प्रतिवेदन : तत्कालीन आईजीपी खापुङलाई फौजदारी मुद्दा चलाउन सिफारिस

काठमाडौँ । भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शन र उच्छृङ्खल गतिविधिको छानबिन गर्न गठित आयोगले तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङलाई फौजदारी कानुनअनुसार म...

समानुपातिकमा रास्वपाको वर्चस्व, झण्डै आधा मत प्राप्त, माटोले पनि कटायो ३ लाख

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणतर्फ पुग्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप...

सेयर बजारमा लगातार तीन सर्किट ब्रेक, सोमबारका लागि कारोबार स्थगित

काठमाडौं । सोमबार सेयर बजारमा लगातार तीन पटक सकारात्मक सर्किट ब्रेक लागेसँगै आजका लागि कारोबार स्थगित गरिएको छ। कुल ६ प्रतिशतले बजार बढेपछि तेस्रो सर्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE