कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगतप्रसाद जोशी कैलाली क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बझाङको दुर्गम गाउँबाट सुरु भएको जीवनयात्रा अहिले संसद्सम्म पुगेको छ ।
विसं २०४३ असार २८ गते सुदूरपश्चिम प्रदेश बझाङको जयपृथिबी नगरपालिका–२ बाँझगाउँमा जन्मिएका जोशी शिक्षक परिवारका सदस्य हुन् । जोशीले प्रारम्भिक शिक्षा बाँझगाउँस्थित बालविकास प्राथमिक विद्यालयबाट प्राप्त गरे ।
पछि २०५३ पुस ५ गते परिवारसहित कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुर बसाइँ सरेपछि उहाँले कान्ति राज्यलक्ष्मी माध्यमिक विद्यालयबाट कक्षा ६ देखि १० सम्मको अध्ययन पूरा गरे ।
त्यसपछि सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरबाट आइएससी तथा कैलाली बहुमुखी क्याम्पस धनगढीबाट उच्च शिक्षा अध्ययन गरेका जोशीले घोडाघोडी बहुमुखी क्याम्पसबाट बीए र एमएसम्मको अध्ययन पूरा गरेका छन् ।
जोशीले २०५६ सालदेखि विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए । विभिन्न विद्यार्थी सङ्गठनका पदमा सक्रिय रहँदै सिद्धनाथ विज्ञान क्याम्पसको इकाइ समिति अध्यक्ष, केन्द्रीय पार्षदलगायतका जिम्मेवारी पाएका थिए । राष्ट्रिय जनमोर्चामा आबद्ध भई कैलाली जिल्लामा सदस्य, सहसचिव, सचिव र अध्यक्षसम्मको जिम्मेवारी निभाइसकेका थिए । । उनी पार्टीको केन्द्रीय पार्षद तथा प्रदेश सदस्य पनि थिए ।
विसं २०६२÷६३ को जनआन्दोलनका क्रममा जोशी घाइते भएका थिए । उहाँ त्यसबोला संयुक्त विद्यार्थी जनआन्दोलन परिचालन समितिका सदस्य थिए । शिक्षक जोशीलाई २०७० सालको संविधानसभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाले उम्मेदवार बनाएको थियो, तर उनी पराजित भए ।
२०७४ को निर्वाचनमा सुदूरपश्चिम प्रदेशसभा सदस्यका लागि समानुपातिक उम्मेदवार पनि बनेका थिए, तर सांसद बन्न पाएनन् ।
२०७९ को स्थानीय तह निर्वाचनमा पनि राष्ट्रिय जनमोर्चाबाट घोडाघोडी नगरपालिका–१० को वडाध्यक्ष पदमा उम्मेदवारी दिए । त्यहाँ पनि सफल भएनन् ।
गत साउन ३ गतेसम्म राष्ट्रिय जनमोर्चा कैलालीका जिल्ला अध्यक्ष जोशीले आफ्नै अध्यक्षतामा बसेको बैठकबाट राजीनामा दिँदै पार्टी परित्याग गरेका थिए । साउन ४ गते घोडाघोडी नगरपालिका–१० को वडा अधिवेशनमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका जोशीलाई रास्वपाले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाएको थियो ।
जोशीका अनुसार रास्वपाले उम्मेदवार चयन गर्दा लोकतन्त्रमा दिएको योगदान, व्यक्तिगत पृष्ठभूमि, भ्रष्टाचारमा मुछिएको वा नमुछिएको अवस्था, शिक्षा र अनुभवलाई मुख्य आधार बनाउने गरेको छ । सोही मापदण्डका आधारमा आफूलाई टिकट दिइएको उनी बताउँछन् ।
नेपाली राजनीतिमा नैतिकता र इमानदारिताको अभाव रहेको उल्लेख गर्दै आफू इमानदारिता र नैतिकताका आधारमा काम गर्ने जोशीले प्रतिबद्धता व्यक्त गरेका छन् । ‘म नैतिकताको तरबार लिएर अगाडि बढ्छु । अनैतिक र अराजनीतिक काम गर्दिनँ’, उनी भन्छन्, ‘नेपाल र नेपाली जनताको हितमा आफ्नो जिम्मेवारी पूरा गर्ने प्रयास गर्नेछु । ’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २४ गते, २०८२ - ०८:५३
पाँचथर । पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ विजयी भएका छन। आज सम्पन्न मतगणनाअनुसार उहाँ १७ हजार २३३ मत प्र...
फाल्गुन २४ गते, २०८२ - ०८:२९
काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन, हिंसा तथा तोडफोडका घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आज प्रधानमन्त्री सुशीला ...
फाल्गुन २४ गते, २०८२ - ०८:१४
दार्चुला । दार्चुलामा नेकपा एमालेका गणेशसिंह ठगुन्ना विजयी भएका छन्। नेपाली कांग्रेसका धर्मानन्द जोशीलाई ३ हजार ५५ मतले पराजित गर्दै ठगुन्नाले तेस्रोप...
फाल्गुन २४ गते, २०८२ - ०८:०९
सर्लाही । प्रतिनिधिसभा सदस्यतर्फ सर्लाही निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नरेन्द्र साह फराकिलो मतान्तरले विजयी भएका छ...
फाल्गुन २४ गते, २०८२ - ०८:०६
भद्रपुर । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाका पाँचै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका ...
फाल्गुन २४ गते, २०८२ - ०८:०४
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म सय क्षेत्रमा विजयी भएको छ । आज बिहान ६ः१५ बजेसम्मक...
फाल्गुन २४ गते, २०८२ - ०७:५८
सिन्धुपाल्चोक । प्रतिनिधि सभा निर्वाचन २०८२ मा सिन्धुपाल्चोक १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का भरत पराजुली विजयी भएका छन्। पराजुलीले २४...
फाल्गुन २४ गते, २०८२ - ०७:५५
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ मा पाँचथरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अन्तिम निर्वाचन परिणाम अनुसार कांग्रेसका नरेन्द्रकुम...
फाल्गुन २४ गते, २०८२ - ०७:५०
काठमाडौं । बलियो संगठन र स्थायी मताधार भएको एमालेलाई यसपटकको निर्वाचन परिणामले इतिहासकै गम्भीर झड्का दिएको छ । एमाले ०४८ यताकै सबैभन्दा कमजोर अवस्थामा...
फाल्गुन २४ गते, २०८२ - ०७:४६
कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगतप्रसाद जोशी कैलाली क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बझाङको दुर...



प्रतिकृया लेख्नुहोस्: