काठमाडौं । झापा–५ का उम्मेदवार रञ्जित तामाङले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध आफ्नो उम्मेदवारी कुनै हालतमा फिर्ता नलिने स्पष्ट पारेका छन्।
आइतबार आयोजित पत्रकार सम्मेलनमा रञ्जित तामाङ ले आफूले कसैलाई छोड्न वा गोप्य सहमति गर्न उम्मेदवारी नदिएको दाबी गरे। “हामीले जनताको मतबाट जित्नका लागि उम्मेदवारी दिएका हौँ। कसैलाई छोड्ने वा पछाडि हट्ने कुरा हुँदैन,” उनले भने।
सामाजिक सञ्जाल तथा केही व्यक्तिहरूले आफू उम्मेदवारी फिर्ता लिँदैछु भन्ने भ्रम फैलाएको भन्दै उनले त्यसको खण्डन गरे। “तालमेल भयो, छोडिदिए भन्ने हल्ला चलाइएको छ। त्यो पूर्णतः निराधार हो,” तामाङले बताए।
उनले थप दाबी गर्दै भने, “जसले सहयोग गरे पनि केपी ओलीले यो पटक चुनाव जित्नुहुन्न। वाम आन्दोलनको रक्षाका लागि मलाई सघाउनुस्।”
झापा–५ मा यस पटकको चुनावी प्रतिस्पर्धा निकै चासोका साथ हेरिएको छ। ओलीसँगै स्वतन्त्र धारका नेताका रूपमा चिनिएका बालेन शाह पनि चुनावी मैदानमा उत्रिएकाले प्रतिस्पर्धा थप रोचक बनेको छ।
निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूबीच आरोप–प्रत्यारोप र शक्ति प्रदर्शन तीव्र बन्दै गएको छ। मतदाता भने यस पटक विकास, सुशासन र राजनीतिक स्थायित्वका मुद्दामा स्पष्ट प्रतिबद्धता खोजिरहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १६ गते, २०८२ - २२:५४
तेहरान । दक्षिणी इरानको मिन्दाब काउन्टीस्थित एक छात्रा विद्यालयमा भएको भनिएको आक्रमणमा मृत्यु हुनेको संख्या कम्तीमा ६३ पुगेको स्थानीय गभर्नरले बताएका ...
फाल्गुन १६ गते, २०८२ - २२:५२
काठमाडौं । झापा–५ का उम्मेदवार रञ्जित तामाङले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध आफ्नो उम्मेदवारी कुनै हालतमा फिर्ता नलिने स्...
फाल्गुन १६ गते, २०८२ - २२:४९
काठमाडाैे । दुबईस्थित विश्वकै अग्लो बुर्ज खलिफा नजिकै इरानले ड्रोन हमला गरेको छ। समाचारअनुसार एउटा इरानी ड्रोन बुर्ज खालिफा नजिकैको अर्को भवनमा ...
फाल्गुन १६ गते, २०८२ - २२:४४
काठमाडौं । कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएको छ । कुवेत नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता अब्दुल्लाह अल–राजीका अनुसार आज एक अज्ञात ड...
फाल्गुन १६ गते, २०८२ - २१:०५
झापा । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ को तीन मतदान केन्द्रको नेतृत्व महिलाले पाएका छन् । भद्रपुर नगरपालिका–८ स्थित मेची रङ...
फाल्गुन १६ गते, २०८२ - २१:०२
काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा चुनावी गतिविधि दिनप्रतिदिन तीव्र बन्दै गएको छ। यसैक्रममा नेकपाक...
फाल्गुन १६ गते, २०८२ - ११:५९
सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिकामा अरुण नदीमाथि हालिएको बेलिब्रिज भाँचिँदा एउटा ट्रक नदीमा खसेको छ। मकालु गाउँपालिका–५ र २ को सिमानास्थि...
फाल्गुन १६ गते, २०८२ - ११:५८
मिटरब्याज, असुली, धम्की र गुन्डागर्दीमा संलग्न रहेको आरोप जेल सजाय भुक्तान गरिसकेका व्यक्ति
फाल्गुन १६ गते, २०८२ - ११:४७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ८३ वटा विद्यालयका ३६ हजार २ सय ८० जना विद्यार्थी, शिक्षक ...
फाल्गुन १६ गते, २०८२ - ११:३४
धनुषा । धनुषामा बिहीबार घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको थियो । सो घटनाको अनुसन्धानका क्रममा धनुषा प्रहरीले प्रेम सम्बन्धका क...



प्रतिकृया लेख्नुहोस्: