नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रणनीतिक, व्यापारिक र रक्षा सहकार्यलाई अझ सुदृढ बनाउने लक्ष्यसहित बुधबार दुई दिने भ्रमणका लागि इजरायल पुगेको छ । मध्यपूर्वमा बदलिँदो भूराजनीतिक सन्तुलनबिच उनको यो भ्रमणलाई द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा लैजाने प्रयासका रूपमा हेरिएको छ ।
प्रस्थानअघि जारी वक्तव्यमा प्रधानमन्त्री मोदीले भारत र इजरायलबिच ‘बलियो र बहुआयामिक रणनीतिक साझेदारी’ रहेको उल्लेख गरे। उनले समकक्षी बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गर्ने र इजरायलको संसद् नेसेटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए। “विगत केही वर्षमा हाम्रो सम्बन्ध उल्लेखनीय रूपमा सुदृढ भएको छ”, उनले भने।
सन् १९९२ मा पूर्ण कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबिचको सहकार्य क्रमश: विस्तार हुँदै आएको छ । सन् २०१४ मा मोदी पदमा आएपछि सम्बन्ध अझ घनिष्ठ बनेको विश्लेषण गरिन्छ । उनले सन् २०१७ मा प्रधानमन्त्रीका रूपमा इजरायल भ्रमण गर्नु भएको थियो भने त्यसपछि नेतान्याहुले भारतको भ्रमण गरेको थिए। दुवै नेताले सार्वजनिक रूपमा एकअर्कालाई ‘मित्र’ को संज्ञा दिँदै आएको छन् ।
नयाँदिल्लीले रक्षा, कृषि, प्रविधि र साइबर सुरक्षा जस्ता क्षेत्रमा इजरायलसँग सहकार्य बढाउँदै आएको छ । सोमबारदेखि भारत/इजरायल स्वतन्त्र व्यापार सम्झौता सम्बन्धी वार्ता नयाँदिल्लीमा सुरु भएको छ । भारत सरकारका अनुसार सन् २०२४/२०२५ मा दुई देशबिचको कुल व्यापार तीन अर्ब ६२ करोड अमेरिकी डलर पुगेको छ ।
प्रधानमन्त्री मोदीले नेतान्याहुसँग सहकार्यलाई थप मजबुत बनाउने उपायबारे छलफल गर्ने र इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग पनि भेट गर्ने कार्यक्रम तय भएको छ । सेप्टेम्बर २०२३ मा भारत(मध्यपूर्व(युरोप आर्थिक करिडोरको महत्त्वाकांक्षी योजना सार्वजनिक गरिएको थियो । यसमा रेलवे, बन्दरगाह, ऊर्जा र डाटा सञ्जाल विकासका परियोजना समावेश थिए ।
तर अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमण र त्यसपछिको गाजा युद्धले ती योजनामा अवरोध पुर्याएको थियो। भ्रमणअघि भारतभित्र पनि राजनीतिक प्रतिक्रिया देखिएको छ । काङ्ग्रेस नेतृ प्रियङ्का गान्धीले प्रधानमन्त्री मोदीले नेसेटलाई सम्बोधन गर्दा ‘गाजामा हजारौँ निर्दोष नागरिकको हत्या’ बारे पनि उल्लेख गर्नुपर्ने अपेक्षा व्यक्त गर्नु भएको छ । भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो । भारतमा करिब २२ करोड भारतीय मुस्लिम समुदायका रहेका छन् ।
भारतले इजरायलसँग सम्बन्ध विस्तार गर्दै गर्दा खाडी राष्ट्र र इरानसँग पनि सन्तुलित सम्बन्ध कायम राखेको छ । अडानी समूहले हाइफाको बन्दरगाह सञ्चालन गरिरहेको छ भने इजरायली ड्रोन प्रविधिले मे २०२५ मा पाकिस्तानसँगको भिडन्तमा महत्त्वपूर्ण भूमिका खेलेको थियो । साथै भारतले इरानको चाबहार बन्दरगाह विकासमा पनि संलग्नता जनाउँदै अफगानिस्तानसँगको व्यापार पहुँच सुदृढ गर्ने प्रयास गरिरहेको छ । प्रधानमन्त्री मोदीको यो भ्रमणले रक्षा र व्यापार साझेदारी मात्र नभई, क्षेत्रीय कूटनीतिक सन्तुलनमा भारतको सक्रिय भूमिकालाई पनि पुन: उजागर गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १३ गते, २०८२ - १६:००
काठमाडौँ। परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट गरेको छन् । मन्त्री शर्माको कार्यकक्षमा भएको उ...
फाल्गुन १३ गते, २०८२ - १५:५१
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सार्वजनिक बहस बिना नै मत माग्ने प्रवृत्तिको आलोचना गर्दै नीति र एजेन्डामाथि घनीभूत छलफल गरेर मात...
फाल्गुन १३ गते, २०८२ - १५:४३
बिर्तामोड। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी बढेको छ। कनकाई नगरपाल...
फाल्गुन १३ गते, २०८२ - १५:२७
काभ्रेपलाञ्चोक। सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले लिएको ऋण तत्काल तिर्न अनुरोध गरेको छ । यहाँका द...
फाल्गुन १३ गते, २०८२ - १५:१८
हेटौँडा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका –१९ बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । ब...
फाल्गुन १३ गते, २०८२ - १५:११
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले तराई, पहाड र हिमाललाई अलग गरेर राजनीति गर्ने प्रवृत्तिको अन्त्य हुने बताएका ...
फाल्गुन १३ गते, २०८२ - १४:५५
नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रणनीतिक, व्यापारिक र रक्षा सहकार्यलाई अझ सुदृढ बनाउने लक्ष्यसहित बुधबार दुई दिने भ्रमणका लागि इजरायल प...
फाल्गुन १३ गते, २०८२ - १४:४५
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियान का संयोजक दुर्गा प्रसाईं थुनामुक्त भएका छन्। मंगलबार सर्वोच्च अदालतका न्यायाध...
फाल्गुन १३ गते, २०८२ - १४:३८
वासिङ्टन। संयुक्त राज्य अमेरिकाको मिसौरी राज्यको काउन्टीमा भएको गोली हानाहानमा दुई जना प्रहरी अधिकारीको मृत्यु भएको जनाइएको छ । क्रिश्चियन काउन्टी शेर...
फाल्गुन १३ गते, २०८२ - १४:३५
दमक। निवर्तमान सभामुख देवराज घिमिरेले लोकतान्त्रिक अभ्यासमा उम्मेदवारहरूले आफ्ना कार्यक्रम र एजेन्डा प्रस्तुत गर्नुपर्ने उल्लेख गर्दै घृणा, व्यक्तिगत ...



प्रतिकृया लेख्नुहोस्: