बाजुरा । फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशका अन्य ठाउँमा जुलुस, नाराबाजी र घरदैलोको चहलपहल बढेको छ। तर दुर्गम जिल्ला बाजुराका धेरै गाउँमा चुनावको खासै रौनक छैन। न त मतदाताको भीड देखिन्छ, न त पुरानो जस्तो चुनावी उत्साह।
जिल्लामा एउटा मात्रै प्रतिनिधिसभा क्षेत्र छ । स्वतन्त्रसहित ८ उम्मेदवार मैदानमा छन्। उनीहरू विकास, रोजगारी, सडक, पूर्वाधारका प्रतिबद्धता दोहोर्याउँदै गाउँ–गाउँ पुगिरहेका छन्। तर स्थानीयहरू भन्छन्—यी वाचा नयाँ होइनन्, अनुहार मात्र फेरिएका हुन्।
स्थानीय लक्ष्मण बुढाका अनुसार बाजुरा दशकौँदेखि चुनावका बेला ठूला सपना सुनिरह्यो, तर दैनिक जीवनका स–साना आवश्यकता अझै अधुरा छन्। “हामीले सडक, स्वास्थ्य र रोजगारी मागेका हौँ,” उनी भन्छन्, “तर हरेक पटक उही भाषण सुन्छौँ, काम भने देखिँदैन।”
युवाशक्ति गाउँमा नहुनु अर्को ठूलो कारण हो। रोजगारीको खोजीमा धेरै युवा विदेशिएका छन्। कोही अध्ययनका लागि सहर झरेका छन्। गाउँमा वृद्धवृद्धा र बालबालिका मात्रै बाँकी छन्। नागरिक समाजका अगुवा दयाराम पण्डित भन्छन्, “युवा नै नभएपछि चुनावी माहोल कसरी बन्छ? अनि पुराना वाचा पूरा नगरी फेरि उस्तै आश्वासन बोकेर आएपछि कसरी उत्साह आउँछ?”
खप्तड छेडेदह गाउँपालिकाका शेरबहादुर राउत पनि गाउँ रित्तिएको यथार्थ सुनाउँछन्। “मान्छे नै छैनन्। चुनाव कसले गर्ने? कसले सुन्ने?” उनको प्रश्न छ।
त्रिवेणी नगरपालिका–५ किम्नी अझै सडक पहुँचबाट टाढा छ। वर्षौंदेखि सडकको आश्वासन दोहोरिँदै आएको छ। स्थानीय तुली बुढा भन्छिन्, “गाडी चढ्ने सपना अझै अधुरै छ। कसलाई भोट हालेर के हुन्छ र?” उनका अनुसार चुनावपछि फर्केर नआउने नेताहरू फेरि भोट माग्न आइपुग्दा जनताको भरोसा कमजोर बनेको छ।
यस पटक बाजुरामा ८७ हजार ८६१ मतदाता छन् । ससमा पुरुष ४५ हजार ४२८, महिला ४२ हजार ४३१ र अन्य २ जना रहेका छन् । जिल्लामा ७७ मतदान स्थल र ११८ मतदान केन्द्र तोकिएका छन्। संरचना तयार छ, प्रक्रिया अघि बढ्दै छ।
तर बाजुराका हररेकक मतदातामा प्रश्न उही छ मतदान केन्द्रसम्म पुग्ने बाटो त बन्यो, जनताको मनसम्म पुग्ने विश्वास कहिले बन्छ ?
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ९ गते, २०८२ - २१:२८
गोरखा । गोरखाको दशकिलोमा यात्रुबाहक बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु भएको छ । गोरखा नगरपालिका- १२ स्थित दशकिलो बजारमा शनिबार दिउँसो बसले ठक्क...
फाल्गुन ९ गते, २०८२ - २१:१३
धककुटा । कोशी लोकमार्ग अन्तर्गत धनकुटा नगरपालिका-१, निगालेमा शनिबार साँझ हायस गाडी दुर्घटना भएको छ । काठमाडौँबाट हिलेतर्फ जाँदै गरेको ग २ ख १९५७ न...
फाल्गुन ९ गते, २०८२ - २०:५७
काठमाडौँ । नाइजेरियाको उत्तर–पश्चिमस्थित जाम्फारा राज्यमा मोटरसाइकलमा आएका बन्दुकधारीहरूले एक गाउँमा रातभर आक्रमण गर्दा कम्तीमा ५० जनाको ज्यान गएको छ ...
फाल्गुन ९ गते, २०८२ - २०:५३
काठमाडौं । योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दल ...
फाल्गुन ९ गते, २०८२ - २०:५२
काठमााडौं । नाजी तानाशाह एडोल्फ हिटलर जन्मिएको घरलाई अस्ट्रियाले प्रहरी चौकीमा रूपान्तरण गरेपछि उनको गृहनगर ब्राउनाउ एम इनमा बहस चुलिएको छ । सरकार उक्...
फाल्गुन ९ गते, २०८२ - २०:४८
हुम्ला । प्रतिनिधिसभा निर्वाचन आउन अब केही दिन मात्रै बाँकी छन् । तर हिमालपारिको लिमी उपत्यकामा भने चुनावी सरगर्मी होइन, सून्यता छाएको छ। नाम्खा गाउँप...
फाल्गुन ९ गते, २०८२ - २०:४४
काठमाडौँ । महन्थ ठाकुर राष्ट्रिय सभामा पुगेपछि सक्रिय चुनावी राजनीतिबाट औपचारिक रूपमा अलग देखिए पनि महोत्तरी–३ मा भने उनको प्रभाव यथावत् छ। यस पटक उनल...
फाल्गुन ९ गते, २०८२ - २०:३३
बाजुरा । फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशका अन्य ठाउँमा जुलुस, नाराबाजी र घरदैलोको चहलपहल बढेको छ। तर दुर्गम जिल्ला बाजुराका धेरै ...
फाल्गुन ९ गते, २०८२ - २०:२६
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थाापाले ठेकेदारलाई धम्क्याएर वा दण्डित गरेर मात्र सडक निर्माण समयमै सम्पन्न नहुने बताएका छन् । सर्लाही–४ गोडैत...
फाल्गुन ९ गते, २०८२ - २०:२२
रौतहट । रौतहटको गौरमा भएको साम्प्रदायिक घटनापछि गौर नगरपालिका–६ का वडाध्यक्ष अवध विहारी प्रसाद तेलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सबगढा क्षेत्रमा...



प्रतिकृया लेख्नुहोस्: