काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालैका जेनजी आन्दोलनलाई राष्ट्रको सार्वभौमसत्ता र अस्तित्वमाथिको योजनाबद्ध हमला भएको आरोप लगाएका छन्।
ओलीले भदौ २४ गतेको घटनालाई अप्रत्यासित नभई, राष्ट्रविरुद्धको महाअपराधको रूपमा वर्णन गर्दै भनेका छन्, “राष्ट्रका विरुद्ध यति ठूलो महाअपराधको अनुहार छोप्न घटनामा सामेल केही तत्वहरूले ‘नयाँ शक्ति’को मुखुण्डो लगाएका छन्। हामीले तिनलाई चिन्न ढिलो गर्नु हुँदैन।”
उनले यस आन्दोलनलाई पुस्तान्तर र अन्तरपुस्ता द्वन्द्वको रूपमा देखाउने प्रयासलाई पनि अस्वीकार गर्दै भनेका छन्, “यो देश पुस्ताहरूबीचको द्वन्द्वले बनेको होइन, र द्वन्द्वले बन्दैन पनि।”
अर्कोतर्फ, ओलीले देश निर्माणमा युवाको ऊर्जा र अनुभवी पुस्ताको मार्गदर्शन दुवै आवश्यक भएको कुरा जोड दिएका छन्। उनले भनेका छन्, “देश बनाउनका लागि युवाको जोश, सपना र हिम्मत चाहिन्छ, तर सँगसँगै अनुभवी पुस्ताको बुद्धि, संयम र मार्गदर्शन पनि चाहिन्छ जसले युवा लड्खडाउँदा भरोसा दिन्छ।”
यो टिप्पणी नेपाली राजनीतिमा हालको युवा‑नेतृत्व आन्दोलनको मूल्याङ्कन र त्यसले देशमा पार्ने प्रभावमाथि भएको बहसको बीचमा आएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ७ गते, २०८२ - १६:२४
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षभित्र भ्रष्टाचारमुक्त नेपाल बनाउन चाहेको बताएको छन । काठमाडौँको राष्ट्रिय सभागृहमा ‘...
फाल्गुन ७ गते, २०८२ - १६:०१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेको छ। बिहीबार कर्ण...
फाल्गुन ७ गते, २०८२ - १५:४९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुनावी बहसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति ग...
फाल्गुन ७ गते, २०८२ - १५:३९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले कर्णालीको विकास र पहिचान बोकेर संसद्मा जाने प्रतिवद्धता व्यक्त गरेका छन्। ...
फाल्गुन ७ गते, २०८२ - १५:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिले जनता जागेको समयमा अन्य दलका नेता–कार्यकर्ताले कचकच गरेको भन्दै आलोचना गरेका छन्। ...
फाल्गुन ७ गते, २०८२ - १५:२४
सर्लाही। सर्लाही सदरमुकाम मलंगवामा बिहीबार दिउँसो पेस्तोल पड्किँदा एक बालक घाइते भएका छन्। मलंगवा नगरपालिका–४ ढाँका बोर्डर टोलमा बस्ने १५ वर्षीय आक...
फाल्गुन ७ गते, २०८२ - १५:१६
काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाहले कर्णाली प्रदेशको पीडा र आवश्यकता बुझ्ने पार्टी आफ्नो रहेको दाबी गरेका छन्। सुर्खेतमा आयोजित चुनावी सभाला...
फाल्गुन ७ गते, २०८२ - १५:०३
भदौ २४ गतेको घटनालाई अप्रत्यासित नभई, राष्ट्रविरुद्धको महाअपराध
फाल्गुन ७ गते, २०८२ - १४:४०
काठमाडौं। नेपाली कांग्रेसले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउने योजना सार्वजनिक गरेको छ। बिहीबार पार्टीको चुनावी प्रतिज्ञापत्र क...
फाल्गुन ७ गते, २०८२ - १४:१३
काठमाडौं। गगन थापाले अब बन्ने कांग्रेस नेतृत्वको सरकार स्वदेश तथा विदेशमा रहेका सबै नेपालीको बराबर अभिभावक हुने प्रतिबद्धता व्यक्त गरेका छन्। बिहीब...



प्रतिकृया लेख्नुहोस्: