म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम शिवालयमा महाशिवरात्रि पर्वमा करिब ३० हजारभन्दा बढी धार्मिक पर्यटकहरुले पूजाआरधना गरेका छन् ।
शिवरात्रि पर्वको अवसर पारेर गलेश्वरधाममा भगवान् शिव महादेवको स्वयं उत्पत्ति ज्योतिर्लिङ्गमा पूजाअर्चना गर्न म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, तनहुँ, चितवन, नवलपरासी, रुपन्देही, काठमाडौँ र भारत देखि समेत भक्तजनहरु आएका थिए ।
अघिल्लो वर्षभन्दा यसपाली धेरै धार्मिक पर्यटकहरु पूजा आरधानाका लागि आएका थिए गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले भने, ‘‘पछिल्लो समय गलेश्वर शिवालयको धार्मिक महत्वको बारेमा देश विदेशमा प्रचारप्रसार भएकाले भक्तजनहरु सङ्ख्या बढेको हो । यसपाली करिब ३० हजारभन्दा बढी धार्मिक पर्यटकहरु गलेश्वर शिवालय दर्शनका लागि आएको हाम्रो अनुमान छ ।’’ आइतबार रातभर जाग्राम बसेर महिलाहरुले महाबत्ती बालेको तथा भजनकिर्तन समेत गरेको उनले बताए।
गलेश्वर मन्दिर परिसरमा दिनभरजसो शिवजीको पूजा आराधना गर्ने र रातको समयमा बत्ती बालेर जाग्राम बस्ने, भजनकिर्तन गर्ने, धुनी जगाउने तथा भगवान् शिवको प्रिय मानिने महाप्रसाद ग्रहण गर्ने व्यवस्था मिलाइएको थियो । पर्वलाई भव्य र सभ्य रूपमा मनाउन तथा पूजा व्यवस्थापन गर्नको लागि विभिन्न उपसमितिहरूमार्फत काम गरिएको थियो । यसवर्ष पनि जिल्लास्थित विभिन्न संघसंस्थाहरुले स्वयंसेवा गरेका थिए ।
पवित्र कृष्णागण्डकीवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहिआएको छ ।
गलेश्वर मन्दिर परिसरमा कहिल्यै नसुक्ने पोखरी पनि रहेका छ । गलेश्वरधाममा रहेका ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणि आदि चक्राकार रूपी चिह्न मानवनिर्मित नभई स्वयं उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख गरिएको छ ।
गलेश्वर मन्दिरमा सङ्कलन भएको भेटी तत्कालै गनेर सार्वजनिक गर्ने गरिन्छ । महाशिवरात्रीका अवसरमा भक्तजनले चढाएको भेटी सोमबार बिहानदेखि गणना थालिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ४ गते, २०८२ - १३:४३
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले सेना दिवसको अवसरमा काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा अमेरिकी सेनालाई परेडमा सहभागी गराएको विषयमा विरोध ज...
फाल्गुन ४ गते, २०८२ - १३:२९
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान गर्ने बताएका छन्। सो...
फाल्गुन ४ गते, २०८२ - १३:१७
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकभर निर्वाचनमय वातावरण बन्दै गएको छ । यही फागुन २१ गते हुने निर्वाचनका लागि आ...
फाल्गुन ४ गते, २०८२ - १२:४८
दमक। झापाको क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोल थप तातेको छ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र रास्...
फाल्गुन ४ गते, २०८२ - १२:३१
काठमाडौं । निर्वाचन आयोग ले निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै ‘सेतोपाटी अनलाइन’विरुद्ध कारबाही गर्न प्रेस काउन्सिल नेपाल लाई पत्राचार गरेको छ। ...
फाल्गुन ४ गते, २०८२ - १२:१४
म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम शिवालयमा महाशिवरात्रि पर्वमा करिब ३० हजारभन्दा बढी धार्मिक प...
फाल्गुन ४ गते, २०८२ - १२:०६
काठमाडौँ । आज स्थानीय बजारमा सनचाँदीको मूल्यमा केही कमी आएको छ । सुन रु तीन हजारले र चाँदी रु १२५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका ...
फाल्गुन ४ गते, २०८२ - ११:५६
बुटवल । रुपन्देही–३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार श्रीनिवास यादवले उम्मेदवारी फिर्ता लिएका छन्। उन...
फाल्गुन ४ गते, २०८२ - ११:४०
काठमाडौं । रेनु दाहालले चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारका रूपमा घरदैलो अभियानलाई तीव्र बनाएकी छन्। अभियानका क्रममा आम जनसम...
फाल्गुन ४ गते, २०८२ - ११:१६
जनकपुरधाम। भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले जनकपुरधाममा भोलि (मङ्गलबार) देखि चारदिवसीय जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट...



प्रतिकृया लेख्नुहोस्: