Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

काठमाडौँ -५ मा प्रमुख दलका नेताकै बढी चर्चा

खबरडबली संवाददाता

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकभर निर्वाचनमय वातावरण बन्दै गएको छ । यही फागुन २१ गते हुने निर्वाचनका लागि आजदेखि प्रचारप्रसार गर्ने समय सुरु भएपछि चुनावी माहोल थप तातेको छ ।

सङ्घीय राजधानी काठमाडौँको प्रतिनिधिसभा क्षेत्र नं. ५ मा विगतमा विजयी हासिल गरेका र प्रमुख प्रतिस्पर्धी उम्मेदवारदेखि विभिन्न दलबाट नयाँ र स्वतन्त्र गरी २४ जनाले उम्मेदवारी दिएको छन् । 

यस निर्वाचन क्षेत्रमा उपप्रधानमन्त्रीदेखि मन्त्रीको जिम्मेवारी सम्हालिसकेका र पार्टीको प्रमुखदेखि वरिष्ठ उपाध्यक्ष, महामन्त्रीलगायत पद सम्हालेका व्यक्तिले उम्मेदवारी दिएको छन् । 

काठमाडौँ–५ मा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, नेकपा ९एमाले० का वरिष्ठ नेता ईश्वर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा, नेपाल कम्युनिस्ट पार्टीका कल्पना शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेल उम्मेदवार छन्। 

यस निर्वाचन क्षेत्रमा २०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका पौडेल १५ हजार २६९ मत प्राप्त गरी विजयी भएको थिए। उक्त निर्वाचनमा एमालेका पोखरेल १० हजार १९० मत प्राप्त गरी निकटतम् प्रतिस्पर्धी बनेको थिए । रास्वपाका डा। प्रणयशम्शेर राणाले पाँच हजार ४७७ मत प्राप्त गरेको थिए भने राप्रपाका रामप्रसाद उप्रेतीले तीन हजार १६२ मत पाएको थिए ।

कांग्रेस महामन्त्रीसमेत रहनुभएका पौडेलले जेनजी पुस्तालगायत आमनागरिकले उठाउँदै आएका सुशासन, आर्थिक विकास, समाजिक न्याय, सांस्कृतिक  पहिचान जस्ता सवाललाई प्राथमिकतामा राखेको बनाउनुभयो । “प्रविधियुक्त र जीवनोपयोगी शिक्षा, सबैका लागि व्यवस्थित सार्वजनिक पार्क,  खुला र सुरक्षित सडक, सहज, सुलभ र प्रविधिमैत्री स्वास्थ्य प्रणाली: सबैका लागि स्वास्थ्य बिमा, हाम्रो सम्पदा, हाम्रो पहिचान: कला–संस्कृतिको संरक्षण र पर्यटन प्रवर्धन हाम्रा प्राथमिकतामा छन्”, उनले भने, “त्यस्तै खानेपानी र ढल निकास स् एकीकृत र दिगो व्यवस्थापन, युवा रोजगारी र उद्यमशीलता: नवपर्वतन र व्यावसायिक उत्थान, सामाजिक न्याय र सार्वजनिक सेवा प्रभावकारी बनाउनेलगायत विषय पनि हाम्रा मुद्दा हुन् ।”

एमालेको गत मङ्सिर २७ गतेदेखि भएको ११औँ महाविधेशनमा अध्यक्षमा निकटतम् प्रतिस्पर्धी रहिसक्नुभएका वरिष्ठ नेता पोखरेलले शैक्षिक र स्वास्थ्य संस्थाको पँहुच तथा गुणस्तर अभिवृद्धिका लागि व्यवस्थित गर्नुपर्नेलगायत विषय आफ्नो प्राथमिकतामा रहेको बताए। पूर्वउपप्रधानमन्त्रीसमेत रहेका उनले भने, “उत्पादन र रोजगारीलाई प्रत्यक्ष रूपमा जनतासँग जोड्नुपर्ने छ, सहरी सुविधा व्यवस्थापनका लागि अधुरा भौतिक पूर्वाधार सम्पन्न गर्नुपर्ने र थप निर्माण गर्नुपर्ने विषय हाम्रो एजेन्डामा छन् ।”

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका राप्रपाका उम्मेदवार थापाले राष्ट्रियता र भ्रष्टाचार नियन्त्रणका लागि हिन्दु राष्ट्र र राजसंस्था पुन:र्स्थापनाको विषयलाई मुख्य एजेन्डा बनाएको छन् । “हाँडीगाउँ र टोखालाई सांस्कृतिक नगरका रूपमा विकास गर्ने छौँ, विष्णुमति, धोबिखोला कोरिडोरलगायतका बस्तीलाई व्यवस्थित बनाउँने छौँ”, उनले भने ।

नेकपाका उम्मेदवार शर्माले भ्रष्टाचार नियन्त्रण र सुशासन आफ्नो प्रमुख मुद्दा भएको बताए। शिक्षा र स्वास्थ्यमा समयानुकूल परिमार्जन र सहज पँहुचको विषयलाई  चुनावी मुद्दा बनाएका उनले भने, “सामाजिक न्याय र सेवा प्रवाहलाई प्रभावकारी र चुस्त बनाउनु हाम्रो प्राथमिकताको विषय हो, समयानुकूल कानुुन निर्माण र संशोधन अपरिहार्य छ, त्यसका लागि हामी तालिकासहित अघि बढ्ने छौँ ।”

रास्वपाका पोखरेलले उत्तरदायित्व, पारदर्शिता र प्रत्यक्ष संवादमार्फत जवाफदेही प्रतिनिधित्व स्थापित गर्ने अठोट व्यक्त गरे। यस निर्वाचन क्षेत्रका सबै वडामा, प्रत्येक महिनामा एक वडा केन्द्रित गर्दै सुनुवाइ सञ्चालन गर्ने उल्लेख गर्दै उनले भने, “स्थानीयका गुनासा, सुझाव, अपेक्षा र प्राथमिकतालाई प्रत्यक्ष रूपमा अभिलेखीकरण गरी, तिनलाई संसद्मा नीतिगत बहस र कार्यक्रम निर्माणसँग जोड्ने छौँ ।”

आगामी निर्वाचनका लागि यस क्षेत्रमा जनता समाजवादी पार्टी नेपालबाट दानिन्द्र जोशी, नेपाल मजदुर किसान पार्टीबाट शोभालाल श्रेष्ठ, राष्ट्रिय जनमोर्चाबाट अशोक बिक्रम जिसी, प्रगति लोकतान्त्रिक पार्टी विष्णु श्रेष्ठ, मङ्गोल नेसनल अर्गनाइजेसनबाट मीरा गुरुङ, संयुक्त नागरिक पार्टीबाट स्याम काजी सुनुवार उम्मेदवारी दिएको छन् ।

नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) निमेस खनाल, गतिशील लोकतान्त्रिक पार्टीबाट नीशा अधिकारी, जय मातृभूमि पार्टीबाट वसन्तराज कुँवर, श्रम संस्कृति पार्टीबाट अमित थापा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट ज्ञानेन्द्र प्रजापति, उज्यालो नेपाल पार्टीबाट श्रीराम गुरुङ, त्रिमूल नेपालबाट रमेश तामाङ, नेपाल कम्युनिस्ट पार्टी (माक्सवादी) (एकल चुनाव चिह्न) बाट युवराज काफ्ले, आम जनता पार्टी (एकल चुनाव चिह्न) बाट कोमल पौडेलले उम्मेदवारी दिएको छन्। स्वतन्त्र उम्मेदवारका रूपमा क्यामुना मिजार, ढकबहादुर कार्की, धर्म डङ्गोल, प्रभा श्रेष्ठ र रमिता सापकोटा छन्।

समानुपातिकतर्फ गत निर्वाचनमा रास्वपाले ११ हजार ६४७, कांग्रेसले १० हजार ४३, एमालेले नौ हजार ६५२, राप्रपाले सात हजार २०१, माओवादी केन्द्रले एक हजार २२४ मत प्राप्त गरेको थियो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ मुुलुकभर ६५ राजनीतिक दलले ६१ निर्वाचन चिह्नमा प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा छन्। 

त्यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ ६३ राजनीतिक दलले ५७ निर्वाचन चिह्नमा चुनाव लड्दैछन् । त्यसप्रणालीका लागि महिला एक हजार ७७२ र पुरुष एक हजार ३६३ उम्मेदवार गरी तीन हजार १३५ उम्मेदवारको नाम बन्द सूचीमा समावेश छ । निर्वाचन आयोगले यही माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागु गरेको छ ।

यसपटकको निर्वाचनका लागि ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २०० अन्य गरी कूल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम रहेका छन् । निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभाको बैठकमा तीन वटा अध्यादेश पेश गरेको छन्। फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनपछि बिहीवार बसेको प्रत...

प्रदेश संरचना खारेज गरे राप्रपाले समर्थन गर्छ - ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख समेत रहेका सांसद ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बह...

साताको अन्तिम दिन नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ। यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ८२ अङ्...

विद्युत् खरिद सम्झौता र अनुमतिपत्रको अध्ययन गर्न दुई समिति गठन

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् खरिद सम्झौता (पीपीए) र विद्युत् उत्पादन अनुमतिपत्रहरूको विस्तृत अध्ययन तथा समीक्षा गर्न दुईवट...

हामी सरकारलाई रचनात्मक सहयोग गर्छौं : नेकपा सांसद पुन

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सांसद वर्षमान पुनले पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने बताएको छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको...

सांसद साम्पाङले संसद्मा विभेदको विषय उठाए, बोल्ने समय सबैलाई बराबर हुनुपर्ने

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ) ले संसद्भित्रै विभेद रहेको टिप्पणी गरेका छन्। बिहीबार नयाँ प्रतिनिधिसभाको...

अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न सांसद साम्पाङको माग

काठमाडौं। श्रम, संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङ ले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन्। प्रतिनिधिसभाको प...

एमालेको आरोप: रास्वपाले चुनाव जित्नुमा नेपाली सेना, बारबरा फाउन्डेसन र सरकारी निकाय जिम्मेवार

काठमाडौं । नेकपा एमालेले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपा पहिलो पार्टी बन्ने प्रक्रियामा विभिन्न क्षेत्रलाई दोषी ठहराएको छ। ...

यो सरकारको काम बोल्ने छ : सभापति लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले यो सरकार कामले बोल्ने भाषण कम गर्ने बताएको छन्।  प्रतिनिधिसभाको ब...

रवि लामिछानेले मागे सदनबाटै दलित समुदायसँग माफी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी मागेका छन्। बिहीबारको प्रत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending