Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

बाँकेमा ५६ उम्मेदवारमध्ये आठजनाले मात्रै खोले बैंक खाता

खबरडबली संवाददाता

नेपालगन्ज। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार भएका ५६ जनामध्ये आठ जनाले मात्रै निर्वाचन खर्च परियोजनका लागि बैंक खाता खोलेका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ मा चार, निर्वाचन क्षेत्र नम्बर २ मा दुई र निर्वाचन क्षेत्र नम्बर ३ मा दुई गरी आठ जना उम्मेदवारले मात्र बैंक खाता खोलेको निर्वाचन आचारसंहिता अनुगमन समितिले जनाएको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन समितिका अधिकृत पूर्णबहादुर खत्रीले निर्वाचन खर्च परियोजनका लागि आठ जनाले मात्र बैंक खाता खोलेको जनाउँदै खाता नखोलेका उम्मेदवारहरुलाई खाता खोल्न आग्रह गरिएको बताए।

अधिकृत खत्रीले भने, “बैंकमा खाता नखोलेका उम्मेदवारलाई ताकेता गरिरहेका छौँ, सबैले खाता खोलेर मात्रै खर्च गर्नुपर्ने व्यवस्था हुँदा सोही बमोजिम गर्न लगाउनेछौं ।”

निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारले व्यक्तिगत तथा अन्य खाताबाट खर्च नगरी निर्वाचन प्रयोजनका लागि अलग बैंक खाता प्रयोग गर्नुपर्ने व्यवस्था बाँकेमा कार्यान्वयन भएको वा नभएको विषयमा अनुगमन गरिएको निर्वाचन आचारसंहिता अनुगमन समितिले जनाएको छ ।

अनुगमन अधिृकृत खत्रीले उम्मेदवारको नाम, सम्बन्धित दल, निर्वाचन क्षेत्र र बैंक तथा शाखाको विवरण उल्लेख गरी निर्वाचन आयोगमा अनुगमन प्रतिवेदन पठाइएको जानकारी दिँदै पारदर्शिता कायम गर्न र निर्वाचन खर्चको सही लेखाजोखा राख्न यसले सघाउ पुर्‍याउने बताए।

उनले निर्वाचन खर्चलाई व्यवस्थित र पारदर्शी बनाउन सबै उम्मेदवारले तोकिएको नियमअनुसार छुट्टै खाता प्रयोग गर्नुपर्नेमा जोड दिँदै यसले निर्वाचन खर्च नियन्त्रण, कालोधन प्रयोग न्यूनीकरण तथा स्वच्छ प्रतिस्पर्धा सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको पनि बताए। तीन वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा तीन सिटका लागि ५६ जना उम्मेदवार चुनावी मैदानमा छन्। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेतोपाटीविरुद्ध कारबाही अगाडि बढाउन प्रेस काउन्सिललाई निर्वाचन आयोगको पत्राचार

काठमाडौं । निर्वाचन आयोग ले निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै ‘सेतोपाटी अनलाइन’विरुद्ध कारबाही गर्न प्रेस काउन्सिल नेपाल लाई पत्राचार गरेको छ। ...

महाशिवरात्रीमा गलेश्वरधाम पुगे ३० हजार धार्मिक पर्यटक

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम शिवालयमा महाशिवरात्रि पर्वमा करिब ३० हजारभन्दा बढी धार्मिक प...

सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । आज स्थानीय बजारमा सनचाँदीको मूल्यमा केही कमी आएको छ । सुन रु तीन हजारले र चाँदी रु १२५ ले घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घका ...

रुपन्देही-३ मा जसपा नेपालका उम्मेदवारनै एमाले प्रवेश, उम्मेदवारी फिर्ता

बुटवल । रुपन्देही–३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार श्रीनिवास यादवले उम्मेदवारी फिर्ता लिएका छन्। उन...

चितवन–३ मा जनसमर्थनले उत्साहित बनाएको छ, जित–हारलाई स्वीकार्नुपर्छ : रेनु दाहाल

काठमाडौं । रेनु दाहालले चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारका रूपमा घरदैलो अभियानलाई तीव्र बनाएकी छन्। अभियानका क्रममा आम जनसम...

जनकपुरधाममा भोलिदेखि साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुँदै

जनकपुरधाम। भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले जनकपुरधाममा भोलि (मङ्गलबार) देखि चारदिवसीय जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट...

बाँकेमा ५६ उम्मेदवारमध्ये आठजनाले मात्रै खोले बैंक खाता

नेपालगन्ज। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार भएका ५६ जनामध्ये आठ जनाले मात्रै निर्वाचन खर्च परियोजनका लागि बैंक खाता खोलेका छ...

मिटरव्याजी समस्या समाधानदेखि ‘झापा–२ समृद्ध, न्यायपूर्ण’ बनाउने नेकपाकी चापागाईंको प्रतिबद्धता

दमक। नेकपाकी नेत्री तथा झापा क्षेत्र नं. २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार धर्मशिला चापागाईंले आफ्नो स्थानीय २० बुँदे चुनावी प्रतिबद्धतापत्र सार्वजनिक...

बालबालिकालाई निर्वाचन गतिविधिमा संलग्न नगराउन आग्रह

रौतहट। प्रतिनिधि सभा निर्वाचनमा प्रचारप्रसार गर्नेक्रममा कुनै पनि राजनीतिक दलले बालबालिकाकालाई चुनावी गतिविधिमा संलग्न नगराउन जिल्ला प्रशासन कार्यालय ...

मुसहर समुदायको माग: शौचालयसहित सुरक्षित आवास

लहान। लगभग सतप्रतिशत सुकुम्बासी रहेका लहानका मुसहर समुदायले आसन्न प्रतिनिधिसभा निर्वाचनमा शौचालयसहितको सुरक्षित आवासको माग अघि सारेका छन्। नहरको कि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE