Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

रुपन्देही-३ मा जसपा नेपालका उम्मेदवारनै एमाले प्रवेश, उम्मेदवारी फिर्ता

खबरडबली संवाददाता

बुटवल । रुपन्देही–३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार श्रीनिवास यादवले उम्मेदवारी फिर्ता लिएका छन्।

उनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा समाहित भएको घोषणा गरेका हुन्। यादव जसपा नेपालका केन्द्रीय सदस्यसमेत रहेका थिए।

विज्ञप्तिमा उनले प्रचलित कानुनअनुसार उम्मेदवारी दर्ता गरी मतदाताको घरदैलोमा पुगेको उल्लेख गर्दै वर्तमान विषम राष्ट्रिय परिस्थितिमा मुलुकको राजनीतिक स्थायित्व र निकासका लागि एमाले प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन्।

“आजका मितिदेखि जनता समाजवादी पार्टी (जसपा), नेपालको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै मेरो उम्मेदवारीसमेत फिर्ता लिँदै नेकपा (एमाले) मा समाहित भएको घोषणा गर्दछु,” विज्ञप्तिमा उल्लेख छ।

यादवले आफूलाई विश्वास गर्ने मतदातालाई एमालेको चुनाव चिन्हमा मतदान गर्न आह्वान गरेका छन्। रुपन्देही–३ मा एमालेका तर्फबाट बासुदेव घिमिरे उम्मेदवार रहेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँ -५ मा प्रमुख दलका नेताकै बढी चर्चा

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकभर निर्वाचनमय वातावरण बन्दै गएको छ । यही फागुन २१ गते हुने निर्वाचनका लागि आ...

झापा ५ मा ओली र बालेन साहको एकसाथ घरदैलोमा

दमक। झापाको क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोल थप तातेको छ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र रास्...

सेतोपाटीविरुद्ध कारबाही अगाडि बढाउन प्रेस काउन्सिललाई निर्वाचन आयोगको पत्राचार

काठमाडौं । निर्वाचन आयोग ले निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै ‘सेतोपाटी अनलाइन’विरुद्ध कारबाही गर्न प्रेस काउन्सिल नेपाल लाई पत्राचार गरेको छ। ...

महाशिवरात्रीमा गलेश्वरधाम पुगे ३० हजार धार्मिक पर्यटक

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम शिवालयमा महाशिवरात्रि पर्वमा करिब ३० हजारभन्दा बढी धार्मिक प...

सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । आज स्थानीय बजारमा सनचाँदीको मूल्यमा केही कमी आएको छ । सुन रु तीन हजारले र चाँदी रु १२५ ले घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घका ...

रुपन्देही-३ मा जसपा नेपालका उम्मेदवारनै एमाले प्रवेश, उम्मेदवारी फिर्ता

बुटवल । रुपन्देही–३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार श्रीनिवास यादवले उम्मेदवारी फिर्ता लिएका छन्। उन...

चितवन–३ मा जनसमर्थनले उत्साहित बनाएको छ, जित–हारलाई स्वीकार्नुपर्छ : रेनु दाहाल

काठमाडौं । रेनु दाहालले चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारका रूपमा घरदैलो अभियानलाई तीव्र बनाएकी छन्। अभियानका क्रममा आम जनसम...

जनकपुरधाममा भोलिदेखि साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुँदै

जनकपुरधाम। भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले जनकपुरधाममा भोलि (मङ्गलबार) देखि चारदिवसीय जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट...

बाँकेमा ५६ उम्मेदवारमध्ये आठजनाले मात्रै खोले बैंक खाता

नेपालगन्ज। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार भएका ५६ जनामध्ये आठ जनाले मात्रै निर्वाचन खर्च परियोजनका लागि बैंक खाता खोलेका छ...

मिटरव्याजी समस्या समाधानदेखि ‘झापा–२ समृद्ध, न्यायपूर्ण’ बनाउने नेकपाकी चापागाईंको प्रतिबद्धता

दमक। नेकपाकी नेत्री तथा झापा क्षेत्र नं. २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार धर्मशिला चापागाईंले आफ्नो स्थानीय २० बुँदे चुनावी प्रतिबद्धतापत्र सार्वजनिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE