Khabar Dabali ५ श्रावण २०८३ मंगलवार | 21st July, 2026 Tue
Investment bank

मुसहर समुदायको माग: शौचालयसहित सुरक्षित आवास

खबरडबली संवाददाता

लहान। लगभग सतप्रतिशत सुकुम्बासी रहेका लहानका मुसहर समुदायले आसन्न प्रतिनिधिसभा निर्वाचनमा शौचालयसहितको सुरक्षित आवासको माग अघि सारेका छन्।

नहरको किनारमा बसोबास गर्दै आएका लहान–२ का गणपतिया सदायले वर्षायाममा बाढीले बगाउने डर र गर्मीयाममा नहरको फोहोरका कारण बस्नै कठिन हुने अवस्था रहेको बताए। “घर बनाउन घडेरी छैन। यस सङ्कटपूर्ण जीवनबाट आउने पुस्ता कसरी मुक्त हुन्छ भन्ने चिन्ता सधैं मनमा खेलिरहन्छ,” उनले पीडा व्यक्त गरे।

यो समस्या गणपतिया सदायको मात्र नभई लहान वडा नम्बर १ र २ मा बसोबास गर्ने करिब तीन सय परिवारको साझा पीडा हो। मुसहर समुदायका अगुवा सोनिया सदायले भने, “यो आठौँ प्रतिनिधिसभा निर्वाचन हो। शौचालयसहित सुरक्षित आवासको ग्यारेन्टी गर्ने दललाई नै मत दिने निर्णयमा हामी पुगेका छौँ।”

अर्का स्थानीय गेना सदायले भने, “यसपटक दारु–भोज चाहिँदैन, सुरक्षित आवास चाहियो। एउटै सानो घरमा आमा–छोरा, सासू–ससुरा उकुसमुकुस भएर बस्नुपरेको छ। आश्वासन होइन, आवासको ग्यारेन्टी चाहिन्छ। हामी यही मागमा अडिग छौँ।”

भूमिहीन समस्या समाधान आयोग, सिरहाका सदस्य राजेन्द्र साहका अनुसार भूमिहीनलाई घर बनाउन जग्गा व्यवस्थापनका लागि सिरहाका १७ वटै स्थानीय तहसँग पटक–पटक पहल गरिए पनि अपेक्षित चासो नपाइएको छ। उहाँले ऐलानी, पर्ती तथा नदीकिनारका असुरक्षित बस्तीको समस्या समाधानका लागि तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।

दलित जनकल्याण युवा क्लबका अध्यक्ष उमेश विसुन्केले मतदातामा बढ्दो सचेतना र विश्वसनीय घोषणापत्रको खोजी सकारात्मक पक्ष भएको उल्लेख गर्दै मुसहर समुदायका माग जायज रहेको बताए। “लहान नगरपालिकामा झन्डै २० हजार दलितको बसोबास छ, जसमा ९० प्रतिशतभन्दा बढी भूमिहीन छन्। सुकुम्बासी समस्या समाधान यसपटकको निर्वाचनमा प्राथमिकतामा आउनैपर्छ,” उनले भने।

विकन परियोजनाका निर्देशक कविन्द्र पुडासैनीका अनुसार लहानमा चार हजार २०१ परिवारमा शौचालय नहुनुको प्रमुख कारण जग्गा अभाव हो। मुसहर बस्तीमा सुरक्षित आवास र शौचालयको व्यवस्था दलहरूको घोषणापत्रमा समावेश हुनुपर्ने उनको भनाइ छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जानकी मन्दिरबाट किन लखेटिए हर्क सम्पाङका कार्यकर्ता ?

जनकपुरधाम । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न जानकी मन्दिर पुगेका पार्टीका नेता तथा कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार...

कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव फेला, अनुसन्धान सुरु

काठमाडौं । कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आगलागी भएको गाडीबाट एक जना पुरुषको शव फेला परेको छ। बा५च ३०३८ नम्बरको गाडीमा लागेको आगो निभाएपछि प्...

ईपीएस–टोपिक २०२६ का लागि आवेदन खुला

ललितपुर। वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले सन् २०२६ को प्वाइन्ट बेस्ड सेलेक्सन सिस्टमअन्तर्गत पहिलो चरणको कोरियन भाषा परीक्षाका लागि आवेदन खुल...

ताप्लेजुङमा भीरबाट लडेर महिलाको मृत्यु

ताप्लेजुङ। ताप्लेजुङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार यहाँको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुकी ५० वर्षीया सीता बर्देवाको भीरबाट...

मुख्य र सहायक सडक अवरुद्ध, वर्षाले पाँचथरको जनजीवन प्रभावित

फिदिम। तीन दिनदेखि जारी निरन्तरको झरीका कारण आएको बाढी र पहिरोले पाँचथर जिल्लालाई विभिन्न स्थानसम्म जोड्ने मुख्य र सहायक सडकहरु अवरुद्ध भएका छन् । ...

प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका पदाधिकारीसँग आज भेटवार्ता गर्दै छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्...

पर्यटक बोकेर ढोरपाटन जाँदै गरेको स्कर्पियो पहिरोमा पुरियो

गलकोट। बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित सुकुरदुङमा सडक माथिबाट खसेको पहिरोले पर्यटक बोकेको स्कर्पियो पुरिएको छ। सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बुर्...

करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि–२०८३, सक्कली बिलमा लखपति योजना

काठमाडौँ। सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध नागरिकलाई लक्षित गर्दै सक्कली बिल लिने ग्राहकलाई लखपति बनाउने योजना ...

कुशहा–कमला चार लेन सडकको प्रगति ७३ प्रतिशत

लहान। पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सप्तरीको कुशहादेखि सिरहाको कमलासम्मको चार लेन सडक निर्माणको काम ७३ प्रतिशत सम्पन्न भएको छ। तेस्रो पटक म्याद थप ...

पहिरोले गलकोटको गैराखर्क बस्ती जोखिममा

बागलुङ। निरन्तरको वर्षासँगै पहिरो खस्ने क्रम नरोकिएपछि पश्चिम बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित गैराखर्क बस्ती जोखिममा परेको छ। हरिचौर–मल्म–पाण्डवख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending