सोलुखुम्बु। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका कोशी प्रदेसकै पहिलो तथा देशकै चौथो उत्कृष्ट स्थानीय तह भएको छ ।
आर्थिक वर्ष २०८१/८२ का लागि गरिएको मूल्याङ्कनमा ७५३ स्थानीय तह मध्ये सोलुदुधकुण्ड नगरपालिकाले ७८.५० अंक प्राप्त गर्दै प्रदेश तथा जिल्लामै उत्कृष्ट स्थानमा परेको हो ।
आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि २०७८ को दफा ७ बमोजिम १७ वटा सूचकका आधारमा मूल्याङ्कन गरेको जनाएको छ । सोही मूल्याङ्कनमा थुलुङ दुधकोशी गाउँपालिकाले ६३.७९ अंक सहित दोस्रो भएको छ ।
त्यस्तै, माप्य दुधकोशी गाउँपालिका ६३.० अङ्कसहित तेस्रो स्थानमा छ भने खुम्बु पासाङल्हामु गाउँपालिकाले ६२.३६ अंक प्राप्त गरेका छन् । यसैगरी महाकुलुङ गाउँपालिकाले ५७.८१, लिखुपिके गाउँपालिकाले ५४.४३, नेचासल्यान गाउँपालिकाले ५१.६३ र सोताङ गाउँपालिकाले ५१.३४ अंक प्राप्त गरेका छन् ।
कार्यसम्पादन मूल्याङ्कनमा आयोगले स्थानीय तहको मूल्याङ्कन गर्दा विभिन्न १७ वटा सूचकलाई आधार बनाएको छ । सोलुदुधकुण्ड नगरपालिका देसका ७५३ स्थानीय तहमा चौथो र कोशी प्रदेसमा पहिलो भएपछि आफूहरू सेवा प्रवाह तथा विकास निर्माण नियमसङ्गत रूपमा काम गरिरहेकोले प्रतिफल राम्रो आएको मेयर नाम्गेलजाङ्बु शेर्पाले बताउनुभयो ।
‘यो उपलब्धि कुनै संयोग नभई सक्षम, जिम्मेवार र जनताप्रति प्रतिबद्ध नेतृत्वको प्रतिफल हो । हाम्रो नेतृत्व लोकतान्त्रिक अभ्यासमा आधारित छ, जसले पारदर्शिता, सेवा–मुखी शासन र जनउत्तरदायी प्रशासनलाई प्राथमिकतामा राखेको छ,’ नगरप्रमुख शेर्पाले भपे।
सकारात्मक सोचका धनी आम नगरवासी, जिम्मेवार जनप्रतिनिधि तथा मेहनती र इमान्दार कर्मचारीहरूको साझा प्रयास, समर्पण र निरन्तर योगदान तथा सबैको सहकार्य, एकता र अटल प्रतिवद्धताकै परिणामस्वरूप यो गौरवपूर्ण उपलब्धि सम्भव भएको उहाँको भनाइ छ ।
नगर प्रवक्ता फुर्वाग्याल्जेन शेर्पाले प्रेस विज्ञप्ती प्रकाशन गर्दै सोलुदुधकुण्ड नगरपालिकाले विगतदेखि नै कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट नतिजा हासिल गर्दै, बेरुजु शून्य कायम राख्दै, प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्दै तथा गुणस्तरीय विकास–निर्माणका कार्यहरू सफलतापूर्वक सम्पन्न गर्दै आएको बताउनुभएको छ । यस उपलब्धिले नगरपालिकाको सुशासन, पारदर्शिता र उत्तरदायित्वप्रति देखाएको दृढ प्रतिबद्धतालाई थप पुष्टि गरेको विज्ञप्तीमा उल्लेख छ ।
यसअघि महालेखा परीक्षकको ६२ औँ वार्षिक प्रतिवेदन अनुसार बेरुजु कम गर्दै देशभरका ७५३ स्थानीय तह मध्ये राष्ट्रियस्तरमा दोस्रो र कोशी प्रदेशमा पहिलो भएको थियो । नगरपालिकाको कुल एक अर्ब ५८ करोड २२ लाख ४५ हजार रुपियाँ बजेटको लेखापरीक्षण गर्दा जम्मा ०.०१ प्रतिशत, अर्थात् एक लाख २१ हजार आठ सय रुपियाँ मात्र बेरुजु देखिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १ गते, २०८२ - १५:२५
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले फागुन २१ को चुनावलाई लक्षित गर्दै आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित पत्रका...
फाल्गुन १ गते, २०८२ - १५:१२
काठमाडौं। अर्थमन्त्री रामेश्वर खनाल अर्थतन्त्र सही ढङ्गले सञ्चालन हुन सही सूचना समयमै प्रवाह हुन अत्यावश्यक रहेको बताएको छन् । मिडियामा सूचनाको हक प्र...
फाल्गुन १ गते, २०८२ - १४:५४
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो घोषणापत्र शनिबार सार्वजनिक गर्ने भएको छ। घोषणापत्रको अन्तरवस्तुबारे शुक्रब...
फाल्गुन १ गते, २०८२ - १४:३७
काठमाडौं । वीर अस्पतालले स्वास्थ्य बीमा मार्फत उपलब्ध हुने सेवामा कटौती गरेको छ। दीर्घरोगका बिरामीलाई बीमा मार्फत तीन महिनासम्म औषधि उपलब्ध गराउने व्य...
फाल्गुन १ गते, २०८२ - १४:२५
काठमाडौँ । राष्ट्रियसभा सांसदहरुले यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारको ध्यानाकर्षण ...
फाल्गुन १ गते, २०८२ - १४:१०
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन्। उनलाई समर्थकहरूले विमानस्थल गेटबाट विभिन्न नारा लगाउँदै स्वागत ग...
फाल्गुन १ गते, २०८२ - १४:०२
ढाका। बङ्गलादेशमा सम्पन्न जनमतसङ्ग्रहमा ६५.३ प्रतिशत मत संवैधानिक सुधारको पक्षमा परेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । यसले सन् २०२४ को विद्रोहपछि...
फाल्गुन १ गते, २०८२ - १३:५३
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाहिर राजावादीहरूको प्रदर्शन जारी छ। पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि भएको प्रदर्शनमा ‘राष...
फाल्गुन १ गते, २०८२ - १३:३९
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आउनेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपरको अवस्था अस्तव्यस्त बनेको छ। राजावादी समर्थकहरू गेटब...
फाल्गुन १ गते, २०८२ - १३:२९
ताप्लेजुङ। प्रधानमन्त्री सुशीला कार्कीले ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतस्थित स्थानीय सुरक्षा प्रमुखसँग निर्वाचनबारे परामर्श गरेको छिन् । शुक्रब...



प्रतिकृया लेख्नुहोस्: