Khabar Dabali १ श्रावण २०८३ शुक्रबार | 17th July, 2026 Fri
Investment bank

भक्तपुर सृजनानगरमा नेकपाको क्षेत्रीय कार्यालय उद्घाटन, जनसमर्थन बढ्दै गएको दाबी

खबरडबली संवाददाता

भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले भक्तपुरको सृजनानगरमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय निर्वाचन परिचालन कार्यालय उद्घाटन गरेको छ। कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार **रामप्रसाद सापकोटा ‘दीपशिखा’**ले भक्तपुर क्षेत्र नं. २ मा पार्टीप्रति जनसमर्थन तीव्र रूपमा बढ्दै गएको दाबी गरे। टोल–टोलमा भएका भेटघाट, छलफल र अन्तरक्रियाबाट आम नागरिकमा परिवर्तनको चाहना स्पष्ट देखिएको उनले बताए।

सापकोटाले देशमा बढ्दो महँगी, बेरोजगारी, भ्रष्टाचार र राजनीतिक अस्थिरताले जनता निराश बनेको उल्लेख गर्दै भने, “जनताको पीडा बुझ्ने, श्रमिक, किसान र युवाको पक्षमा उभिने नेतृत्व आजको आवश्यकता हो। त्यसका लागि जनताले क्रान्तिकारी विकल्प रोज्नुपर्ने समय आएको छ।”

उनले शिक्षा, स्वास्थ्य, रोजगारीको अवसर, भ्रष्टाचार नियन्त्रण तथा स्थानीय उत्पादनको संरक्षणलाई आफ्नो प्रमुख एजेन्डा बनाएको स्पष्ट पार्दै संसदमा पुगेपछि मजदुर, किसान र सीमान्तकृत समुदायको आवाज बुलन्द गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सहभागी समानुपातिक उम्मेदवार दिलीप प्रजापतिले प्रचण्ड प्रधानमन्त्री रहेका बेला भ्रष्टाचारविरुद्ध भएका पहल र सुशासनका प्रयास स्मरण गराउँदै अन्य दलहरूले जनअपेक्षा पूरा गर्न नसकेको बताए। उनले जनताले नयाँ राजनीतिक विकल्प खोजिरहेको उल्लेख गरे।

कार्यक्रममा बागमती प्रदेश सरकारका पूर्व मन्त्री राजेन्द्रमान श्रेष्ठ, पार्टी केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य सुनिल गोठे बासु, श्याम बस्नेत, भवानी खड्का, बागमती प्रदेश सदस्य युवराज आचार्य, सूर्यविनायक नगर समिति अध्यक्ष सानुकान्छा आलेमगर, सचिव सनिश लागेजु, वाइसीएल नेपाल बागमती प्रदेश समिति अध्यक्ष नरेश रन्जित, केन्द्रीय सदस्य राजु कुटुलगायतको उपस्थिति रहेको वाइसीएल नेपाल भक्तपुरका पूर्व अध्यक्ष सरराज उप्रेतीले जानकारी दिए।

पार्टीले क्षेत्रीय कार्यालय सञ्चालनसँगै निर्वाचन केन्द्रित गतिविधि तीव्र बनाउने जनाएको छ।

May be an image of one or more people and textMay be an image of one or more people and textMay be an image of one or more people and textMay be an image of one or more peopleMay be an image of one or more people and text

तस्विर साैजन्यः दिपशिखा सचिवालय

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिरोले थुनियो पृथ्वी राजमार्ग, अर्को सूचना नआएसम्म सबै सवारी आवागमन बन्द

काठमाडौं । धादिङमा निरन्तर पहिरो खसिरहेपछि देशकै व्यस्त पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। प्रशासनले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै अर्को स...

श्रीमती कुटपिटको आरोपमा बुद्ध एयरका पाइलट पक्राउ, पाँच दिनदेखि प्रहरी हिरासतमा

ललितपुर । बुद्ध एयरका पाइलट आदित्य कसजु पत्नीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। उनी हाल ललितपुरको प्रहरी वृत्त, सातदोबाटोको हिरासतमा रहेका छन्...

स्कुलबाट घर फर्किरहेका विद्यार्थीमाथि बाँदरको आक्रमण, हातमा ८ टाँका

अर्घाखाँची । अर्घाखाँचीमा विद्यालयबाट घर फर्किरहेका एक विद्यार्थीमाथि बाँदरले आक्रमण गर्दा उनी घाइते भएका छन्। छत्रदेव गाउँपालिका–४ स्थित कालिका बो...

बिरामीमाथि सरकारको नयाँ प्रहार: निजी अस्पतालमा उपचार गराउँदा अब अनिवार्य ३ प्रतिशत थप शुल्क

काठमाडौं । सरकारले साउन १ गतेदेखि देशभरका निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, प्रयोगशाला, निजी मेडिकल कलेज तथा अन्य निजी स्वास्थ्य संस्थामा उपचार ग...

कालीमाटी अपडेट : आज कुन तरकारी कति ? गोलभेडादेखि माछासम्मको थोक मूल्य सार्वजनिक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...

बर्डफ्लुको प्रकोप : डेढ खर्बको कुखुरा उद्योग संकटमा, किसानदेखि उपभोक्तासम्म असर

काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...

रित्तिए गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति

पूर्व टेलिकम प्रमुख पौडेललाई १२ करोड ७५ लाख बिगो, दुई वर्ष कैद

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...

लुम्बिनीमा कांग्रेसले आजै मन्त्री फिर्ता बोलाउने, सरकार संकटमा

  काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, दक्षिण बागलुङ सडक सम्पर्कविहीन

बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending