मोरङ। लगातार दुई वर्षसम्म विवरण नबुझाई निष्क्रिय रहेका कोशी प्रदेशका सात वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले प्रदेश सहकारी ऐन, २०७६ को दफा ७३ को उपदफा (३) बमोजिम ती सहकारी संस्थाको दर्ता खारेज गरेको प्रदेश सहकारी रजिष्ट्रार भूपेन्द्र खनालले जानकारी दिए।
कार्यालयका अनुसार सम्बन्धित सहकारी संस्थालाई अद्यावधिक हुन आग्रह गर्दै २०८२ भदौ २ गते ३५ दिने र २०८२ पुस २ गते २१ दिने सूचना जारी गरिएको थियो । त्यसपछि पनि आवश्यक प्रक्रिया पूरा नगरेपछि ती संस्थाको स्थलगत अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा ती सहकारी संस्था कानुनी प्रक्रिया पूरा नगरी लामो समयदेखि बन्द अवस्थामा रहेको पाइएको कार्यालयले जनाएको छ । त्यसपछि २०८३ असार ३ गते गोरखापत्रमार्फत १५ दिने अन्तिम सूचना प्रकाशित गरी दर्ता खारेज गर्नु नपर्ने आधारसहित स्पष्टीकरण पेस गर्न भनिएको थियो । तर, कुनै पनि संस्थाले स्पष्टीकरण नदिएपछि दर्ता खारेज गरिएको कार्यालयले जनाएको छ ।
दर्ता खारेज भएसँगै ती संस्थाको दर्ता प्रमाणपत्र स्वत: रद्द भएको प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले जनाएको छ ।
दर्ता खारेज गरिएका सहकारी संस्थामा मोरङका कोशेली बचत तथा ऋण सहकारी संस्था र नवजागरण बहुउद्देश्यीय सहकारी संस्था तथा सुनसरीका निलकण्ठ कृषि सहकारी संस्था, आरोग्य स्वास्थ्य सेवा (अस्पताल) सहकारी संस्था, जब्दी महिला कृषक बचत तथा ऋण सहकारी संस्था, आदर्श कृषि सहकारी संस्था र तिनकुने महिला बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १ गते, २०८३ - १२:००
काठमाडौँ । सरकारले सरकारी सेवाबाट अवकाश लिएर निवृत्तिभरण ९पेन्सन० वा उपदान प्राप्त गरिसकेका कर्मचारीलाई पुन: करार सेवामा राख्न नपाइने निर्णय गरेको छ।...
श्रावण १ गते, २०८३ - ११:३१
काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच जारी वार्ता अन्तिम चरणमा पुगेको छ। सिंहदरबारमा भइरहेको छलफल सकारात्मक निष्कर्षमा पुगेमा दुवै पक्षबीच आ...
श्रावण १ गते, २०८३ - १०:३७
मोरङ। लगातार दुई वर्षसम्म विवरण नबुझाई निष्क्रिय रहेका कोशी प्रदेशका सात वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयअ...
श्रावण १ गते, २०८३ - १०:१५
काठमाडौँ। मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा वर्षाको सम्भावना बढेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो र...
श्रावण १ गते, २०८३ - १०:०४
काठमाडौँ । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सरोकार भएका तथा सर्वसाधारणबाट सुझाव माग ग...
श्रावण १ गते, २०८३ - ०९:४९
काठमाडौँ। लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)को छपाइ कार्य पूर्ण रूपमा सम्पन्न भएको छ । यससँगै अब नयाँ सवारी चा...
आषाढ़ ३२ गते, २०८३ - १७:४६
काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का नेता विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालत...
आषाढ़ ३२ गते, २०८३ - १७:४०
यस्ता छन् अन्य सात निर्णयहरु
आषाढ़ ३२ गते, २०८३ - १७:२८
काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि १ हजार १ सय १५ जना नेपाली श्रमिक छनोट गरेको छ। छनोटमा परेका श्रमिकहरूको वर...
आषाढ़ ३२ गते, २०८३ - १७:२८
काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि १ हजार १ सय १५ जना नेपाली श्रमिक छनोट गरेको छ। छनोटमा परेका श्रमिकहरूको वर...



प्रतिकृया लेख्नुहोस्: