Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

झापाबाट काठमाडौँ आउँदै गरेकी रोशनी विमानस्थलमा पक्राउ, सुरुवालको गोजीमा भेटियो लागूऔषध

सांकेतिक तस्विर
खबरडबली संवाददाता

काठमाडौं । काठमाडौँ आउन लागेकी एक युवती झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट लागूऔषधसहित पक्राउ परेकी छन्। पक्राउ पर्नेमा हुम्ला खार्पुनाथ गाउँपालिका–२ की २६ वर्षीया रोशनी बुढा रहेकी छन्।

प्रहरीका अनुसार उनी यति एयरलायन्सको उडान नम्बर ९२६ मार्फत काठमाडौँ आउन विमानस्थल पुगेकी थिइन्। नियमित सुरक्षा जाँचका क्रममा उनको सुरुवालको गोजीबाट १४४ ग्राम ४०० मिलिग्राम खैरो हिरोइन फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

रोशनीको बयानका आधारमा काठमाडौँमा उनलाई लिन प्रतीक्षारत दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–६ का ३० वर्षीय सन्तोष बञ्जारा र रामेछाप दोरम्बा गाउँपालिका–५ का २१ वर्षीय थोर्मस तामाङ रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मधेशमा किन बढ्दै छ शृंखलाबद्ध हत्या ? के गर्दै छ प्रहरी ?

जनकपुरधाम । मधेशका जिल्लाहरू पछिल्ला दिनमा एकपछि अर्को जघन्य हत्याका घटनाले तर्सिएका छन्। ४८ घन्टाभित्र सिरहा, महोत्तरी र बारामा भएका तीन फरक प्रकृतिक...

चुनावी भ्रामकता रोक्न आयोग–टिकटक समझदारी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सामग्रीलाई नियन्त्रण गर्न निर्वाचन आयोगले टिकटकसँग औपचारिक समझदारी...

बागलुङ–१ : विरासत जोगाउने पुराना, पहिचान बनाउने नयाँको असली परीक्षा

बागलुङ । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा बागलुङ क्षेत्र नम्बर १ मा राजनीतिक तापक्रम क्रमशः उकालो लागिरहेको छ। जिल्ला सदरमुकाम बागलुङ बजार ...

सडकमा टिपर आतंक : दमकमा मोटरसाइकल सवार दुई युवकको मृत्यु

झापा । झापाको दमकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। दमकबाट रामचोकतर्फ जाँदै गरेको मे १ ख २८८४ नम्बरको टिपरले प्र १–०१–०१८ प ८...

काभ्रेमा सुन्तला उत्पादन उकालो लाग्ने संकेत, १०–१५ प्रतिशत वृद्धि हुने अनुमान

काभ्रेपलाञ्चोक । यस वर्ष काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० देखि १५ प्रतिशतसम्म बढ्ने प्रक्षेपण गरिएको छ। गत वर्ष बाढीपहिरोका कारण करिब सात प्रतिशतले...

पाँचखालमा बस–मोटरसाइकल ठक्कर, एक युवकको ज्यान गयो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–४ लामिडाँडामा बस र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ। बुधबार दिउँसो धुलिखेलबाट...

झापाबाट काठमाडौँ आउँदै गरेकी रोशनी विमानस्थलमा पक्राउ, सुरुवालको गोजीमा भेटियो लागूऔषध

काठमाडौं । काठमाडौँ आउन लागेकी एक युवती झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट लागूऔषधसहित पक्राउ परेकी छन्। पक्राउ पर्नेमा हुम्ला खार्पुनाथ गाउँप...

सामाजिक सुरक्षा कोषको पहलमा श्रमिकको आश्रित परिवारले पायो २० लाखभन्दा बढी आर्थिक सहायता

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध नगराइएका श्रमिकको निधनपछि उनका आश्रित परिवारलाई सम्बन्धित रोजगारदाताब...

मेची–काली चुनावी मैदान तात्दै: तीव्र राजनीतिक भिडन्त सुरु

पुराना नेता, नयाँ स्टार र परिवारिक प्रतिष्पर्धा

पेस्तोलसहित ललितपुरबाट तीन जना पक्राउ

ललितपुर । पेस्तोलसहित ललितपुरबाट प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्यूरोले ललितपुरबाट तीन जनालाई नियन्त्रणमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE