काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० ले झापाका सुकुमवासीसँग भेटघाट गरेका छन् । झापा–५ का उम्मेदवारसमेत रहेका बालेन मंगलबार बिहान झापाको कमल गाउँपालिकास्थित सुकुमवासी बस्तीमा पुगेका हुन् ।
बालेन बस्तीमा पुगेपछि स्थानीय सुकुमवासीले काठमाडौंका सुकुमवासी बस्तीमा डोजर चलाइएको प्रसंग उठाउँदै चिन्ता व्यक्त गरेका थिए । ‘बालेन आएपछि झापामै बसिरहेका सुकुमवासीलाई पनि उठाइदिन्छन् कि’ भन्ने हल्ला आफूहरूले सुनेको भन्दै उनीहरूले बालेनसमक्ष जिज्ञासा राखेका थिए ।
यसको जवाफमा बालेनले काठमाडौंमा डोजर चलाइनु सुकुमवासीको ज्यान जोगाउनका लागि भएको दाबी गरे । ‘काठमाडौंमा खोला छेउको सार्वजनिक जग्गा हो । बाढी आउँदा त्यहाँ डुबान हुन्छ । असारमा बाढी आउँदा उहाँहरूलाई त्यहाँबाट उठाएर अन्यत्र सुरक्षित स्थानमा लैजानुपर्छ,’ उनले भने, ‘त्यसैले सुरक्षित ठाउँमा राख्न खोज्दा गलत न्यारेटिभ बनेर डोजर जस्तो देखिएको हो । वास्तवमा ज्यान जोगाउन खोला छेउबाट हटाउन खोजिएको हो ।’
तर झापाका सुकुमवासी भने वास्तविक रहेको बालेनले बताए । ‘यहाँको त रियल हो नि त, ४०–५० वर्षदेखि बसेको,’ उनले भने ।
बालेनसँगै सुकुमवासी बस्ती पुगेका उनका सल्लाहकार कुमान व्यञ्जनकार ९कुमार वेन० ले २०४८ सालदेखि २३ वटा आयोग बने पनि सुकुमवासीको समस्या समाधान हुन नसकेको बताए ।
त्यसक्रममा एक सुकुमवासीले आफ्नो गुनासो सुनाउँदै भने, ‘लगत उठाउँछन्, कर लान्छन् । अस्ती पनि आयोगले सबै कागज लगेको छ, तर अहिलेसम्म केही भएको छैन ।’
भूमि आयोगका नाममा आफ्नै कार्यकर्ता भर्ती हुने र वास्तविक सुकुमवासीले लालपूर्जा नपाउने समस्या देखिएकाले त्यसो नहोस् भन्ने आफूले चाहेको बालेनले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - १७:१६
काठमाडौँ । नेपाल बीमा प्राधिकरण ले बीमा ऐन २०७९ का प्रावधानहरू पालना नगर्ने आठ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ। प्राधिकरणका अनुसार ऐनले निर्दिष्ट ग...
चैत्र ९ गते, २०८२ - १६:५७
काठमाडौं । कपिलवस्तु मा जारी गरिएको निषेधाज्ञा तीन दिन बित्दा पनि अझै कायम रहेको छ। कपिलवस्तुको महाराजगञ्ज बर्गदवा क्षेत्रमा दुई समुदायबीच भएको झडप...
चैत्र ९ गते, २०८२ - १६:४३
काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो शफिकुर रहमानले शिष्टाचार भेट गरेको छन् । लैनचौरस्थित उपराष्ट्रपतिको...
चैत्र ९ गते, २०८२ - १६:२९
काठमाडौँ । वरिष्ठ अर्थविद् केशव आचार्य को निधन भएको छ। उनको सोमबार अन्नपूर्ण न्यूरो हस्पिटल मा उपचारका क्रममा निधन भएको हो। उनका भाइ मदन आचार्य का ...
चैत्र ९ गते, २०८२ - १६:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा हेर्ने) चिरञ्जीवी चटौतले जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायत चरम मौसमजन्य घटनाहरू बढ्...
चैत्र ९ गते, २०८२ - १६:१०
काठमाडौँ। यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन सामान्य अङ्कले बढेको छ । आज नेप्से परिस...
चैत्र ९ गते, २०८२ - १६:०६
काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ। निगमका अनुसार काठमाडौं–दुबई उडान २५ मार्चमा सञ्चालन हुनेछ भने दुबई–क...
चैत्र ९ गते, २०८२ - १५:५७
काठमाडौँ। सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेका छन् । ...
चैत्र ९ गते, २०८२ - १५:५२
काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...
चैत्र ९ गते, २०८२ - १५:५२
काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...


प्रतिकृया लेख्नुहोस्: