काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा–५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई निर्वाचन आयोगले दोस्रोपटक स्पष्टीकरण सोधेको छ। सादा पोसाकका प्रहरीले भोट माग्दै गरेको श्रव्यदृश्य सामग्री प्राप्त भएको भन्दै आयोगले तीन दिनभित्र जवाफ मागेको हो।
निर्वाचन प्रचारका क्रममा शाहकी श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको विषयमा के भएको हो भन्नेबारे स्पष्टिकरण माग गरिएको आयोगले जनाएको छ।
यसैगरी निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा आयोगले थप ९ जनासँग स्पष्टीकरण सोधेको छ। आयोगका अनुसार शनिबारसम्म २१ र आइतबार–सोमबार थप ९ गरी हालसम्म २९ जनासँग स्पष्टीकरण माग गरिएको छ, जसमा १४ जनाको जवाफ प्राप्त भइसकेको छ।
बाजुराबाट रास्वपाका उम्मेदवार हेमराज थापाले बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँविरुद्ध अपमानजनक तथा धम्कीपूर्ण अभिव्यक्ति दिएको उजुरी परेपछि उनीसँग पनि स्पष्टीकरण सोधिएको छ। थापामाथि निर्वाचन आचारसंहिता, २०८२ का विभिन्न दफाअनुसार तीन दिनभित्र जवाफ दिन निर्देशन दिइएको छ।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीले सिन्धुपाल्चोक–१ को निर्वाचन कार्यालय बाहिर दलको चुनाव चिह्न पेन्ट गरेको आरोपमा स्पष्टीकरण सोधिएको छ। सोही विषयमा उम्मेदवार माधव सापकोटासँग पनि आयोगले जवाफ मागेको छ।
आयोगले भ्रामक तथा अमर्यादित सामग्री प्रकाशन–प्रसारण गर्ने व्यक्ति र सञ्चारमाध्यममाथि कारबाहीका लागि प्रेस काउन्सिल नेपाललाई पत्राचारसमेत गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २० गते, २०८२ - १७:४०
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले देश विकासका भिजन समेटिएको घोषणापत्र तयार गरिरहेको जानकारी दिएका छन्। काठमाडौँ–५ का उम्...
माघ २० गते, २०८२ - १७:१०
काठमाडौँ। राष्ट्रिय सभाको सोमबार बसेको बैठकले मतदाता नामावली ऐन, २०७३ संशोधन अध्यादेश, निर्वाचन (पहिलो संशोधन) अध्यादेश र नेपाल विशेष सेवा ऐन (दोस्रो ...
माघ २० गते, २०८२ - १६:५०
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा–५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई निर्वाचन आयोगले दोस्रोपटक स्पष्टीकरण सोधेको छ। सादा प...
माघ २० गते, २०८२ - १६:३७
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिट सर्वोच्च अदालतको ‘हेर्न नभ्याउने’ सूचीमा परेको छ। न्यायाधीशद...
माघ २० गते, २०८२ - १६:२५
दाङ। सुकुम्वासी र भूमिहीनको समस्या नेकपा (एमाले) ले गर्ने महासचिव शङ्कर पोखरेलले बताएको छन् । दाङ निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार...
माघ २० गते, २०८२ - १६:१७
सल्यान। सल्यानको शारदा नगरपालिका –२ खलंगास्थित सिँचाइ कार्यालयनजिक खलंगा–श्रीनगर सडक खण्डमा अटो दुर्घटना हुँदा १० जना घाइते भएका छन् । श्रीनगरबाट ...
माघ २० गते, २०८२ - १५:३१
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन रिसाएर क्याबिनेटबाट बाहिरिएको जानकारी गराएकी छिन्। सोमबार रा...
माघ २० गते, २०८२ - १५:२७
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापादेखि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसम्मको नाम प्रयोग गरी रकम उठाउने एक अमेरिकी नागरिक पक्राउ परेका छ...
माघ २० गते, २०८२ - १५:१८
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभामा पहिलोपटक सम्बोधन गरेकी छिन्। सोमबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै ...
माघ २० गते, २०८२ - १५:०९
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभामा पहिलोपटक सम्बोधन गरेकी छिन्। केहीबेरदेखि सभालाई सम्बोधन गरिरहेकी प्रधा...



प्रतिकृया लेख्नुहोस्: