Khabar Dabali २० जेष्ठ २०८३ बुधबार | 3rd June, 2026 Wed
Investment bank

सल्यानमा अटो दुर्घटना हुँदा १० जना घाइते

खबरडबली संवाददाता

सल्यान। सल्यानको शारदा नगरपालिका –२ खलंगास्थित सिँचाइ कार्यालयनजिक खलंगा–श्रीनगर सडक खण्डमा अटो दुर्घटना हुँदा १० जना घाइते भएका छन् । 

श्रीनगरबाट खलंगातर्फ आउँदैगरेको रा.१ ह २१९५ नम्बरको अटो दिउँसो करिब २ बजे अनियन्त्रित भइ सडकबाट करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । अटोमा चालकसहित ११ जना सवार थिए ।

दुर्घटनामा घाइते भएका १० जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएको छ । घाइतेमध्ये सिद्दकुमाख गाउँपालिका –१ का ७८ वर्षीय टरबहादुर रेउले र ३ वर्षीया सृष्टि बिकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्य घाइतेको अवस्था सामान्यदेखि मध्यम रहेको छ ।

अटो चालक शारदा नगरपालिका –६ का २५ वर्षीय अर्जुन डाँगी सकुशल छन् । चालकसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएको पाइएको र उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक पूर्णबहादुर केसीको कमाण्डमा ९ जनाको प्रहरी टोली घटनास्थलमा खटिएका थिए । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ । घाइते सबैको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक डा। हेमबहादुर केसीले जानकारी दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समर्थन मूल्यभन्दा कममा धान खरिद गरे कारबाही

राजविराज। जिल्ला प्रशासन कार्यालय सप्तरीले सरकारद्वारा निर्धारण गरिएको न्यूनतम समर्थन मूल्यभन्दा कम दरमा धान खरिद नगर्न खरिदकर्ता तथा सरोकारवालालाई सच...

सामान्य अंकले बढ्यो सेयर बजार, निर्जीवन बीमा समूहमा लगानीकर्ताको आकर्षण

काठमाडौं । अघिल्लो कारोबार दिन उल्लेख्य वृद्धि भएको सेयर बजार बुधबार भने सामान्य अंकले मात्र उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक २.६६...

नयाँदिल्लीको एक होटलमा भीषण आगलागी: २१ जनाको मृत्यु

नयाँदिल्ली। भारतको राजधानी नयाँदिल्लीको एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पछिल्लो वर्ष राजधानीम...

पार्टी नेतृत्व नछोड्ने ओलीको घोषणा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेकपा एमालेको नेतृत्वमा निरन्तर रहने स्पष्ट गरेका छन्। राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रम...

सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न राष्ट्रियसभा सदस्यहरूको सुझाव

काठमाडौं । राष्ट्रियसभा सदस्यहरूले नेपाल–भारत सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयासलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। राष्ट्रियसभाको बुधबारको...

नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार: मोदी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार रहेको बताएका छन्। भारत...

रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग नयाँदिल्लीमा भेटवा...

प्रधानमन्त्रीको अभिव्यक्ति असत्य, झुटो र राष्ट्रहितविपरीत: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहको संसद्मा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। एमालेको ‘सदस्यता न...

राष्ट्रपति सरकारको ‘रबरस्ट्याम्प’ बनेर जे मा पनि हस्ताक्षर गरे: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति गम्भीर आपत्ति जनाउँदै उहाँलाई सरकारको “रबरस्ट्याम्प” बनेको ...

चुनावी नतिजा पूर्वनिर्धारित थियो, अरु पार्टीहरूले साँच्चै चुनाव हुन्छ ठाने: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न चुनावको नतिजा पहिले नै निर्धारित रहेको आरोप लगाएका छन्। चुनावपछि पहिलोपटक सार्वजनिक सम्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending