सिड्नी। अष्ट्रेलियामा १६ वर्ष मुनिका प्रयोग कर्ताको सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने कानुन अनुसार स्न्याप च्याटले चार लाख १५ हजार खाता बन्द गरेको कम्पनीले सोमबार जनाएको छ । तर कम्पनीले केही किशोरले उमेर प्रमाणिकरण प्रणाली छल्न सक्ने चेतावनी दिएको छ ।
कम्पनीले अष्ट्रेलियाली निकायलाई एप्लिकेसन मार्फत प्रयोग कर्ताको उमेर जाँच गर्न बाध्य गर्न आग्रह गरेको छ, जसलाई कम्पनीले ‘थप सुरक्षा उपाय’ भनेको छ । स्न्याप च्याट, मेटा, टिकटक र युट्युब जस्ता प्लेटफर्मले नयाँ कानूनअनुसार नाबालिग प्रयोग कर्ताको खाता रोक्नु पर्छ । उक्त कानून १० डिसेम्बर सन् २०२५ मा लागु भएको थियो । कम्पनीले कानून पालना नगरेमा करिब ४९ करोड ५० लाख अष्ट्रेलियन डलर जरिवाना तिर्नुपर्ने छ ।
अष्ट्रेलियाको अनलाइन सुरक्षा नियामकले गत महिनामा प्रविधि कम्पनीले चार लाख ७० हजार खाता पहिले नै ब्लक गरेको बताएको थियो । जनवरी अन्त्यसम्म, स्न्याप च्याटले १६ वर्ष मुनिका चार लाख १५ हजार खाता बन्द गरेको जनाएको छ । कम्पनीले भनेको छ, “हामी दैनिक रूपमा अझ धेरै खाता बन्द गर्दैछौँ ।” तर कम्पनीले कानूनमा ‘महत्त्वपूर्ण कमजोरी’ रहेको र उमेर अनुमान प्रणालीले दुई(तीन वर्षको दायरामा मात्र सही नतिजा दिन सक्ने बताएको छ ।
यसको अर्थ, केही १६ वर्ष मुनिका किशोरले सुरक्षा प्रणाली छल्न सक्छन् भने केही १६ वर्षभन्दा बढी उमेरका प्रयोगकर्ताले अनावश्यक रूपमा पहुँच गुमाउन सक्छन् । स्न्याप च्याटले मेटासँग मिलेर अष्ट्रेलियालाई एप्लिकेसन पसलमा उमेर जाँच अनिवार्य गर्न सुझाव दिएको छ । कम्पनीका अनुसार केन्द्रित प्रमाणिकरण प्रणालीले सुरक्षा थप मजबुत बनाउने छ ।
कम्पनीले पूर्ण प्रतिबन्ध उपयुक्त उपाय नभएको र आफ्नो प्लेटफर्मलाई सामाजिक सञ्जाल प्रतिबन्धको दायरामा राख्नु आवश्यक नभएको बताएको छ । स्न्याप च्याटले भनेको छ, “हाम्रो एप मुख्यत: युवा प्रयोग कर्तालाई नजिकका साथी र परिवारसँग जडित राख्न प्रयोग हुन्छ । ती सम्बन्ध काट्दा उनीहरू सुरक्षित, खुशी वा फाइदाजनक हुने छैनन् ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८२ - १७:४६
काठमाडौं। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो दलले जेन-जी आन्दोलनको भावनालाई समर्थन गरे पनि हिंसात्मक गतिविधिमा संलग्न नरहेको बताएका छन्। भदौ...
चैत्र ११ गते, २०८२ - १७:२६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले जाँचबुझ आयोगमा दिएको बयानमा भदौ २४ गते भएको विध्वंसात्मक घटनामा आफ्नो पार्टी स...
चैत्र ११ गते, २०८२ - १७:२०
काठमाडौं। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीमाथि विभागीय कारबाही गर...
चैत्र ११ गते, २०८२ - १७:११
काठमाडौं। यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थमा भएको हालैको मूल्यवृद्धिलाई आधार मानी सार्वजनिक यातायातको भाडा वृद्धि गर्न सरकारलाई सिफारिस गरेक...
चैत्र ११ गते, २०८२ - १६:४३
काठमाडौं। काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र (बालेन) शाहले गत २३ भदौको शान्तिपूर्ण र्यालीमा आफ्नो समर्थन रहेको तर आन्दोलनमा प्रत्यक्ष संलग्न ...
चैत्र ११ गते, २०८२ - १६:३३
काठमाडौं। २३ भदौमा कर्फ्यु जारी हुनुअगावै चार घण्टासम्म प्रदर्शनकारी र सुरक्षा निकायबीच भएको ‘भीडन्त’ रोक्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृह...
चैत्र ११ गते, २०८२ - १५:५८
१०८ जना बटुकले स्वस्तिवाचन गर्ने, १६ जना भिक्षुले अष्ठमंगल पाठ गर्ने
चैत्र ११ गते, २०८२ - १५:४९
सुर्खेत। नेपाल प्रहरीले १६ वर्षीया बालिका इनिसा विकको मृत्यु प्रकरणको अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। जिल्ला ...
चैत्र ११ गते, २०८२ - १५:२०
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराउने क्रममा निर्वाचन आयोगले कायम गरेको मानक आगामी निर्वाचनमा पनि य...
चैत्र ११ गते, २०८२ - १४:४१
काठमाडौँ। नेपालका आठ जना क्रिकेटरले एकै पटक वेल्जियमको लिग खेल्ने भएका छन् । आगामी जुन ६ देखि १४ तारिखसम्म वेल्जियकमा हुने युरोपियन टी–२० लिगमा नेप...


प्रतिकृया लेख्नुहोस्: