काठमाडौँ । आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपालले लगातार दोस्रो अभ्यास खेलमा जित निकालेको छ । भारतको एमसिए प्रेसिडेन्ट–११ विरुद्ध शनिबार ४८ रनको जित निकालेको हो । यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले सात विकेटको जित निकालेको थियो ।
शनिबार भएको खेलम टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले पाँच विकेटको क्षतिमा १८३ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले अर्धशतक बनाए । शेखले ४२ बलको सामना गर्दै नटआउट ६६ रन बनाएको हो । सन्दीप जोराले २६ बलमा ३१ रन जोडे भने आशिफ शेखले २५, गुल्सन झा २३ रनमा आउट हुँदा लोकेश बमले १५ र बसिर अहमेदले ९ रन थप्नुभयो । पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा नेपालले १८३ रन बनाएको हो ।
१८४ रन पछ्याएको एमसिएका लागि मुलचन्दनीले सर्वाधिक ४७ रन बनाउनुभयो भने अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् । पूरै २० ओभर खेल्दै आठ विकेटको क्षतिमा एमसिएले १३८ रन मात्र बनाउन सक्यो । एमसिएलाई सस्तैमा समेट्न नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट हात पार्नुभयो भने ललित राजवंशी र गुल्सन झाले दुईदुई विकेट लिए।
यसअघि शुक्रबार राति भएको पहिलो खेलमा एक सय ४३ रनको लक्ष्य नेपालले १७।२ ओभरमा तीन विकेटको क्षतिमा भेट्टाएको थियो थियो ।
उक्त खेलमा नेपालका लागि कप्तान रोहित पौडेलले अविजित सर्वाधिक ५० रन बनाएको थिए भने ओपनर कुशल भुर्तेलले ३८, दीपेन्द्रसिंह ऐरीले २८ र आसिफ शेखले १६ रन बनाएको थिए।
पहिलो अभ्यास खेलमा सुरुमा ब्याटिङ गरेको एमसिएले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४२ रन बनाएको थियो । एमसिएका लागि सिद्धार्थ आकरेले सर्वाधिक २८ र परिक्षित वलसंकरले २७ रन बनाएको थिए ।
बलिङमा नेपालका नन्दन यादवले दुई तथा शेर मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा र कुशल भुर्तेलले एक एक विकेट लिएको थिए ।
अब विश्वकप अगाडि नेपालले चेन्नईमा फेब्रुअरी ३ मा संयुक्त अरव इमिरेट्स (युएई) र फेब्रुअरी ५ तारिख क्यानडासँग ‘वार्म अप’ खेल खेल्ने छ । भारत र श्रीलंकामा हुने विश्वकपको सुरुवात नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै सुरु गर्ने छ ।
विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । कठिन मानिएको यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १८ गते, २०८२ - १६:४४
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन देश बनाउने कि जलाउने भन्नेबीचको प्रतिस्पर्धा हुने बताएका छन्। शनिबार काठमाडौंको चाबहि...
माघ १८ गते, २०८२ - १६:३४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७२ वर्षको उमेरमा पनि अझै केही वर्ष सक्रिय राजनीतिमा रहन...
माघ १८ गते, २०८२ - १५:२२
काठमाडौँ । आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपालले लगातार दोस्रो अभ्यास खेलमा जित निकालेको छ । भारतको एमसिए प्रेसिडेन्ट–११ विरुद्ध शनिबार ...
माघ १८ गते, २०८२ - १५:१२
काठमाडौँ । सामान्यता ठूला मानिसलाई हुने ‘ग्यास्ट्रिक’ बालबालिका पनि हुने गर्दछ । बालबालिकालाई ‘एच प्योलोरी’ भन्ने किटाणुको सङ्क्रमणको कारणले ‘ग्यास्ट्...
माघ १८ गते, २०८२ - १५:०१
जियुचुआन। चीनले शनिबार अल्जेरियाका लागि एक उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ । उक्त प्रक्षेपण उत्तरपश्चिम चीनको जियुचुआन उपग्रह प्रक्षेपण केन्द्रबा...
माघ १८ गते, २०८२ - १४:५१
वीरगञ्ज। चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्जबाट रू एक अर्ब ३६ करोड २९ लाख मूल्य बराबरका ४५६ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । गत आवको ...
माघ १८ गते, २०८२ - १४:४३
हुम्ला। कर्णाली करिडोरको सिमकोट गाउँपालिका –५ को कालाढुङ्गा सिमकोट सडक सुचारु भएको छ । गत मङ्गलबार राति परेको हिउले यातायात सेवा अबरुद्ध हुँदा नेपाल प...
माघ १८ गते, २०८२ - १४:३२
दाङ। मतदातासँग प्रत्यक्ष संवाद र चुनावी एजेण्डामा खुला बहसलाई चुनावी अभियानको मुख्य आधार बनाउँदै नेकपा (एमाले) का महासचिव एवम् दाङ क्षेत्र नम्बर २ का ...
माघ १८ गते, २०८२ - १४:२४
काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेक...
माघ १८ गते, २०८२ - १२:३५
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वरिष्ठ नेता हरिबोल गजुरेल र महेश्वर दाहाललाई स्पष्टीकरणसमेत नलिई पार्टीबाट नि...



प्रतिकृया लेख्नुहोस्: