काठमाडौँ । सामान्यता ठूला मानिसलाई हुने ‘ग्यास्ट्रिक’ बालबालिका पनि हुने गर्दछ । बालबालिकालाई ‘एच प्योलोरी’ भन्ने किटाणुको सङ्क्रमणको कारणले ‘ग्यास्ट्रिक’ हुन्छ । यो कीटाणुको सङ्क्रमण बच्चादेखि नै हुन्छ । जब बच्चा चिल्लोपिरो, जङ्कफुड खाने गर्दछन् तव ‘ग्यास्ट्रिक’ हुन्छ ।
यस्तै ‘पेनकिलर’ले पनि बच्चालाई ‘ग्यास्ट्रिक’ बनाउने गरेको कान्ति बाल अस्पतालका बच्चाको पेटसम्बन्धी चिकित्सक डा सुमित अग्रवालले जानकारी दिए । बयस्क मानिसलाई ‘ग्यास्ट्रिक’ले पेट दुख्ने, खाना नरुच्ने, मुखमा अमिलो आउने गर्दछ ।
बालबालिकालाई भने पनि मुखबाट अमिलो पानी आउने, बिहान र साँझ पेट दुख्ने, कसैलाई खाना खाएपछि धेरै पेट दुख्ने, कसैलाई खाना खाएपछि कम हुने, लगातार बान्ता आउने, पेट फुल्नेजस्ता समस्या देखा पर्दछन् । यसपछि बच्चाको आहार घट्दै जान्छ र उपचार ढिला हुँदा विस्तारै तौल घट्दै जान्छ ।
समयमा उपचार नगरे ग्यास्ट्रिकले पेटको दुखाइको मात्रा बढेपछि मुखबाट रगतसमेत आउन सक्ने, पेटको सानो आन्द्राको प्वाल खुम्च्याउने, सानो आन्द्राको पहिलो भागमा अल्सरजस्ता समस्या देखापर्ने उनले बताए । उनका अनुसार कान्ति अस्पतालमा दिनमा दुइ–तीन ‘ग्यास्ट्रिक’ भएका बालबालिका आउने गर्दछन् । यस्तै रगत नै बान्ता गर्ने बिरामी हप्तामा एकरदुई जना अस्पताल आउने गरेका छन् ।
चिकित्सक डा अग्रवालले हप्तामा तीनदेखि पाँचको इन्डोस्कोपी गरेपछि ७५ प्रतिशतमा बालबालिकामा ‘एच प्योलोरी’ किटाणुको सङ्क्रमण हुने गरेको बताए । शरीरमा चाहिनेभन्दा बढी मात्रामा एसिड उत्पादन हुनुलाई सामान्यतया ग्यास्ट्रिक भनिन्छ ।
उनका अनुसार सामान्यता १८ महिनादेखि १४ वर्ष मुनिका बालबालिकामा ‘एच प्योलोरी’ किटाणुको सङ्क्रमण हुने र ‘ग्यास्ट्रिक’ देखिने गर्दछ । एच प्योलोरी भन्ने किटाणुका कीटाणु सानै उमेरदेखि शरीरमा भए पनि सातरआठ वर्ष नाघेपछि मात्रै यसको लक्षण देखा पर्छ । डा अग्रवालले ‘एच प्योलोरी’ जिवाणु औषधि दुई हप्ता खाएपछि निको हुने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २७ गते, २०८३ - १७:१९
हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियालाई पदबाट हटाउने प्रक्रिया अघि बढाइएको छ। एमाले प्रदेश संसदीय दलको कार्यालयम...
श्रावण २७ गते, २०८३ - १७:१०
सल्यान। भेरी नदीमा जिप खस्दा गाडीसहित बेपत्ता भएका दुई जनाको पहिचान खुलेको छ। पश्चिम सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित छिन्चु–जाजरकोट सडक...
श्रावण २७ गते, २०८३ - १७:०७
मलङ्गवा । सर्लाही प्रहरीले स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिरअगाडि भेल...
श्रावण २७ गते, २०८३ - १६:५९
काठमाडौं । सर्वोच्च अदालतले निजी जग्गा प्राप्तिसम्बन्धी पुरानो कानून समयानुकूल संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ। ओखलढुंगाका चोपिन्द्रबहादुर ता...
श्रावण २७ गते, २०८३ - १६:४८
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफाले) अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेपछि नेपाली फुटबलको अन्तर्राष्ट्रिय गतिविधि प्रभावित भएको छ।...
श्रावण २७ गते, २०८३ - १६:३९
काठमाडौँ। सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको ...
श्रावण २७ गते, २०८३ - १६:२३
काठमाडौँ । गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम), २०८३ मार्फत मन्त्रालयअन्तर्गतका विभिन्न निकायको कर्मचारी दरबन्दी पुनरावलोकन गरेको...
श्रावण २७ गते, २०८३ - १५:४६
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप–३१ मा सहभागी हुन टर्कीका राष्ट्रपतिबा...
श्रावण २७ गते, २०८३ - १५:३१
काठमाडौँ। सरकारी कार्यालयबाट सेवा लिन नागरिकले पेस गर्ने निवेदनको ढाँचामा अब एकरूपता कायम हुने भएको छ। सरकारले निवेदन प्रक्रियालाई सरल बनाउँदै सार्वजन...
श्रावण २७ गते, २०८३ - १५:२८
सुर्खेत । छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बाङ्गिरहनजिकै जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन्। दुर्घटनामा जिपमा सवार अन्य दुई जना भने ...



प्रतिकृया लेख्नुहोस्: