सर्लाही । सर्लाहीमा एक समय नियन्त्रणमा आएको मानिएको हात्तीपाइले (फाइलेरिया) रोग फेरि फैलिन थालेपछि स्वास्थ्य निकाय सतर्क बनेका छन्। जिल्लाका १२ वटा स्थानीय तहमा रोग पुनः सक्रिय देखिएसँगै व्यापक औषधि खुवाउने अभियान सुरु गरिएको छ।
जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार जोखिम देखिएका पालिकामा विशेष निगरानीका साथ घर–घरमै पुगेर औषधि सेवन गराउने तयारी गरिएको हो। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गत असोजमा सर्लाहीका सबै २० स्थानीय तहमा नमूना सङ्कलन गरी परीक्षण गरेको थियो।
परीक्षणको नतिजाले जिल्लाको दक्षिणी भेगका १२ पालिकामा हात्तीपाइलेको सङ्क्रमण अझै सक्रिय रहेको देखाएपछि पुनः औषधि खुवाउने निर्णय गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
बलरा नगरपालिका, रामनगर, धन्कौल, बसवरिया, चक्रघट्ट, गोडैता, विष्णु, कौडेना, मलङ्गवा, ब्रह्मपुरी, पर्सा र हरिपुर्वा पालिकामा गरिएको परीक्षणमा ३०० नमूनामध्ये २८ जनामा सङ्क्रमण पुष्टि भएको थियो। तीमध्ये राति सङ्कलन गरिएको नमूनामा पाँच जना सक्रिय सङ्क्रमित भेटिनु चिन्ताको विषय बनेको छ।
यद्यपि, जिल्लाका उत्तरी भेगका बाँकी आठ पालिकामा भने रोग फैलिने क्रम नियन्त्रणमा आएको स्वास्थ्य कार्यालयले जनाएको छ।
अभियानअन्तर्गत पहिलो चरणमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई तालिम दिइँदैछ। तालिमपछि उनीहरू घरघरमै पुगेर औषधि खुवाउनेछन्। मलङ्गवा नगरपालिकामा माघ ८ गतेदेखि औषधि वितरण सुरु भइसकेको छ भने अन्य पालिकामा तालिमको काम जारी छ।
हात्तीपाइलेविरुद्धको औषधि दुई वर्षभन्दा माथिका सबै नागरिकलाई खुवाइनेछ। अभियानमार्फत १२ पालिकाका करिब ८० प्रतिशत जनसंख्या, अर्थात् ४ लाख ३० हजार ९४१ जनालाई औषधि खुवाउने लक्ष्य राखिएको छ।
स्वास्थ्यकर्मीहरूले हात्तीपाइले दीर्घकालीन र अपाङ्गता निम्त्याउन सक्ने रोग भएकाले औषधि सेवनमा लापरवाही नगर्न नागरिकलाई आग्रह गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: