सर्लाही । सर्लाहीमा एक समय नियन्त्रणमा आएको मानिएको हात्तीपाइले (फाइलेरिया) रोग फेरि फैलिन थालेपछि स्वास्थ्य निकाय सतर्क बनेका छन्। जिल्लाका १२ वटा स्थानीय तहमा रोग पुनः सक्रिय देखिएसँगै व्यापक औषधि खुवाउने अभियान सुरु गरिएको छ।
जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार जोखिम देखिएका पालिकामा विशेष निगरानीका साथ घर–घरमै पुगेर औषधि सेवन गराउने तयारी गरिएको हो। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गत असोजमा सर्लाहीका सबै २० स्थानीय तहमा नमूना सङ्कलन गरी परीक्षण गरेको थियो।
परीक्षणको नतिजाले जिल्लाको दक्षिणी भेगका १२ पालिकामा हात्तीपाइलेको सङ्क्रमण अझै सक्रिय रहेको देखाएपछि पुनः औषधि खुवाउने निर्णय गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
बलरा नगरपालिका, रामनगर, धन्कौल, बसवरिया, चक्रघट्ट, गोडैता, विष्णु, कौडेना, मलङ्गवा, ब्रह्मपुरी, पर्सा र हरिपुर्वा पालिकामा गरिएको परीक्षणमा ३०० नमूनामध्ये २८ जनामा सङ्क्रमण पुष्टि भएको थियो। तीमध्ये राति सङ्कलन गरिएको नमूनामा पाँच जना सक्रिय सङ्क्रमित भेटिनु चिन्ताको विषय बनेको छ।
यद्यपि, जिल्लाका उत्तरी भेगका बाँकी आठ पालिकामा भने रोग फैलिने क्रम नियन्त्रणमा आएको स्वास्थ्य कार्यालयले जनाएको छ।
अभियानअन्तर्गत पहिलो चरणमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई तालिम दिइँदैछ। तालिमपछि उनीहरू घरघरमै पुगेर औषधि खुवाउनेछन्। मलङ्गवा नगरपालिकामा माघ ८ गतेदेखि औषधि वितरण सुरु भइसकेको छ भने अन्य पालिकामा तालिमको काम जारी छ।
हात्तीपाइलेविरुद्धको औषधि दुई वर्षभन्दा माथिका सबै नागरिकलाई खुवाइनेछ। अभियानमार्फत १२ पालिकाका करिब ८० प्रतिशत जनसंख्या, अर्थात् ४ लाख ३० हजार ९४१ जनालाई औषधि खुवाउने लक्ष्य राखिएको छ।
स्वास्थ्यकर्मीहरूले हात्तीपाइले दीर्घकालीन र अपाङ्गता निम्त्याउन सक्ने रोग भएकाले औषधि सेवनमा लापरवाही नगर्न नागरिकलाई आग्रह गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०८२ - २०:३६
ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरमा श्रीमान्ले चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ। घटनापछि ३० वर्षीय विनोद ता...
माघ १७ गते, २०८२ - १९:०५
सिरहा । सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज अज्ञात व्यक्तिले गोली हानी एक युवकको हत्या गरेका छन् । सिरहा नगरपालिका–१ का ४० वर्षीय प्रेमनाथ य...
माघ १७ गते, २०८२ - १९:०२
तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ मा तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । निजविरुद्ध सात दिनको म...
माघ १७ गते, २०८२ - १९:००
काठमाडौँ । पतिको निरन्तर यौन हिंसाले शरीर र जीवन दुवै च्यातिएकी ३४ वर्षीया शान्ता बन्जाडे आज अस्पतालको शय्यामा जीवन फर्काउने प्रयासमा छिन्। अर्घाखाँची...
माघ १७ गते, २०८२ - १८:५२
सर्लाही । सर्लाहीमा एक समय नियन्त्रणमा आएको मानिएको हात्तीपाइले (फाइलेरिया) रोग फेरि फैलिन थालेपछि स्वास्थ्य निकाय सतर्क बनेका छन्। जिल्लाका १२ वटा स्...
माघ १७ गते, २०८२ - १८:४९
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र गुटको राजनीति समाप्त भएको दाबी गर्दै कांग्रेस अब एउटै सोच र एउटै लक्ष्यका साथ अघि बढेको बता...
माघ १७ गते, २०८२ - १८:४५
काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति गगन थापाले नेपाली काङ्ग्रेस एक ढिक्का भएर फागुन २१ गतेको निर्वाचन तर्फ अगाडि बढि रहेको बताएका छन् । मधेश प्रदेश क...
माघ १७ गते, २०८२ - १८:४३
सिन्धुपाल्चोक । २१ फागुन नजिकिँदै गर्दा सिन्धुपाल्चोक–१ फेरि एकपटक राजनीतिक बहसको केन्द्रमा आएको छ। चिया पसलदेखि टोल–टोलका भेला, सामाजिक सञ्जालदेखि घर...
माघ १७ गते, २०८२ - १८:२४
काठमाडौँ । १० वर्षे जनयुद्धका सहयात्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’ आज नेपाली कम्युनिष्ट आन्दोलनका दुई फरक धारको नेतृत्व गरिरह...
माघ १७ गते, २०८२ - १८:१९
काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लाई कम्युनिष्ट आ...




प्रतिकृया लेख्नुहोस्: